×

NMB BANK
NIC ASIA

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो केही समययता देखिएको विवाद नेताहरूको आत्मआलोचनासँगै तत्कालका लागि टरेको छ ।

Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको बैठकमा नेताहरूले आत्मआलोचना गर्दै आ-आफ्नो तर्फबाट भएका कमीकमजोरीको जिम्मेवारी लिने बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'पार्टी, सरकार र सम्बन्धित पक्षबाट के कति कमी कमजोरी भएका छन्, सबैले आ-आफ्नो हकको जिम्मेवारी लिँदै आत्मआलोचित भएर अघि बढ्ने संकल्प बैठकमा नेताहरूले गर्नुभएको छ,' प्रवक्ता श्रेष्ठले भने, 'पार्टी अध्यक्ष एवं प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीले पनि आत्मआलोचना गर्दै आफ्नो हकको जिम्मेवारी लिने बताउनुभएको छ ।'


Advertisment
Nabil box
Kumari

पार्टीको नीति निर्देशनअनुसार सरकार सञ्चालन गर्ने र सरकारले पनि जनपक्षीय काम गर्दै दृढतापूर्वक अघि बढ्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

साथै बैठकले पार्टी एकतालाई थप मजबुत बनाउने र पार्टी एकतामा सबै पक्ष दृढ रहने निर्णय पनि गरेको छ । त्यसैको संकेतस्वरुप आज दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'लाई समानान्तर कुर्सीको व्यवस्था समेत गरिएको थियो ।

'हाम्रो पार्टीको आन्तरिक जीवनमा देखा परेका समस्या र संकटहरूलाई समाधान गर्नेगरी एकताबद्ध भएर पार्टी एकतामा दृढ रहने, पार्टी एकतालाई रक्षा गर्ने र सुदृढ बनाउने तथा एकतालाई कमजोर पार्ने र पार्टीलाई फूटउन्मुख गराउने कुनैपनि क्रियाकलापमा सामेल नहुन पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय पनि भएको छ,' प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीमाझ भने ।

यससँगै प्रधानमन्त्रीको राजीनामा मागिरहेका उनीइतर पक्षका नेताहरू पनि तत्कालका लागि चुप लागेका छन् ।

वामदेवलाई प्रतिनिधि सभामा, माधव नेपाल अध्यक्ष बन्ने च्याप्टर 'क्लोज'

बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

'सचिवालयले पार्टीका उपाध्यक्ष कमरेड वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा उम्मेदवार बनाउने र त्यसका लागि पहल गर्ने निर्णय गरेको छ,' बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।

प्रतिनिधि सभामा आएपछि प्रधानमन्त्री बन्ने ध्येय पनि स्वाभाविक रूपमा यसमा रहेको प्रवक्ता श्रेष्ठले प्रस्ट पारे ।

सचिवालयको अघिल्लो बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई कोरोनासंकट टरेपछि प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए ।

संघीय संसद्को सदस्य नरहेको अवस्थामा कसरी प्रधानमन्त्री बनाउने भन्ने सबाल चौतर्फीरूपमा उठेको थियो । 

राष्ट्रिय सभामा लैजाने हो भने प्रधानमन्त्री बन्न संविधान संशोधन गर्नुपर्ने हुन्छ, प्रतिनिधि सभामा लैजानका लागि उपनिर्वाचन आवश्यक पर्छ ।

अब उपनिर्वाचन हुने संकेत नेकपाको निर्णयले गरेको छ, त्यसका लागि पार्टीका कुनै एक सांसदले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने हुन्छ ।

अघिल्लो बैठकमै प्रधानमन्त्रीले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने गरी गरेको प्रस्ताव भने यसै तुहिएको छ ।

आजको बैठकले यससम्बन्धी कुनै निर्णय नगरेको प्रवक्ता श्रेष्ठले बताए । नेता नेपाल स्वयंले यसमा अनिच्छा प्रकट गरेका थिए ।

२५ गते स्थायी कमिटी बैठक

बैठकले यही वैशाख २५ गते काठमाडौंमा नै बस्नेगरी स्थायी कमिटी बैठक समेत बोलाएको छ । 

स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न त्यसको एकदिन अघि अर्थात् वैशाख २४ गते सचिवालय बैठक समेत बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

आफू अल्पमतमा रहेको स्थायी कमिटी बैठक बोलाउन आनाकानी गरिरहेका प्रधानमन्त्री ओली तत्कालको संकट टरेपछि बैठक बोलाउन सहमत भएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x