×

NMB BANK
NIC ASIA

कोरोना संक्रमण फैलिएपछि नियन्त्रणका लागि के गरिँदैछ नेपालगञ्जमा ?

बैशाख २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालगञ्जमा कोरोना संक्रमणको जोखिम बढेसँगै बाँकेमा उच्च सतर्कता अपनाइएको छ । 

Sagarmatha Cement
Muktinath Bank

नेपालगञ्जमा  आइतबार थप कोरोना संक्रमित देखिएसँगै सिंगो जिल्लाको सुरक्षा व्यवस्था कडा पारेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिकाको डीएसपी रोड, महेन्द्र पार्क, धम्बोझी र एकलैनी क्षेत्रलाई यसअघि नै पूर्णरूपमा सिल गरिसकेको छ ।


Advertisment
Nabil box
Kumari

उनकाअनुसार संक्रमण पुष्टि भएसँगै संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिको पहिचानका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी ‘कन्ट्रयाकट ट्रेसिङ’मा जुटेको  छन् । 

Vianet communication
Laxmi Bank

प्रजिअ खड्काले भने, 'उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर थप कदमका बारेमा निर्णय लिइन्छ ।'

उनले कोरोना संक्रमणको जोखिम हुन  नदिन उच्च सावधानी अपनाउन र लकडाउनको पूर्ण पालना गर्न सबैमा अपिल गरेका छन् ।

लकडाउनको ३८औं दिन यहाँ संक्रमण देखिएको थियो । 

नेपालगञ्ज–८ स्थित जोलाहनपूर्वास्थित अन्सारी मस्जिदका मोअज्जीन (नमाज पढाउने व्यक्ति)मा पहिलो पटक संक्रमण पुष्टि भएको हो ।

मोअज्जीनलाई कोरोना देखिएपछि पूरै टोललाई सिल गरेर गत शनिबार ९० जनाको स्वाब सङ्कलन गरिएको थियो । तीमध्ये थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । 

कोरोना संक्रमित सबै उनकै टोलका बासिन्दा हुन् । सबैको आइसोलेसनमा राखेर उपचार भइरहेको आइसोलेसन अस्पताल खजुराका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए ।
 
आइसोलेसन सेन्टर रहेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा संक्रमित भर्ना भएसँगै खजुरा गाउँपालिकाले पनि उच्च सतर्कता अपनाएको छ ।

संक्रमितको सङ्ख्या बढेसँगै गाउँपालिकाले सोमबार बिहान ६ बजेदेखि लागु हुने गरी पूरै पालिकालाई सिल गरेको छ । 

संक्रमित थपिएसँगै उनीहरुलाई भेट्न आउने तथा अन्य गतिविधिका कारण जोखिम बढ्न सक्ने भन्दै पूरै पालिका सिल गरिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

गत शुक्रबार एक जना र आइतबार १५ जना संक्रमित पुष्टि भएका १६ जनाको खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसन राखेर उपचार भइरहेको छ । 

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका कारोना स्थानीय स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

पहिलो संक्रमितको एकाघरको परिवारका दुई जनासहित ३५ जनाको अझै रिपोर्ट आएको छैन । आइतबार साँझसम्म ५५ जनाको रिपोर्ट आएको छ । 

नेपालगञ्जमा एकाएक संक्रमितको संख्या बढेपछि खजुरा गाउँपालिकासँगै अन्य स्थानीय तह पनि पूर्णरुपमा सिल गरिएको छ । 

कोहलपुर नगरपालिकाले आफ्नो दक्षिणतर्फको सीमा पूर्णरूपमा सिल गरेको छ । 

नेपालगञ्जसँग जोडिने दक्षिणतर्फको सीमा सिल गर्ने तथा अन्य नाकामा पूर्णरुपमा कडाइ गरिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।

आपत्कालीन सेवाबाहेकका सबै सवारी साधनलाई कोहलपुर प्रवेशमा पूर्णरूपमा रोक लगाएको नगर प्रमुख रावतले जानकारी दिए ।

कोहलपुर नगरपालिका–१५ को चौधरीया गाउँबाट बाहिरी व्यक्ति नगरभित्र प्रवेश गर्ने भएकाले त्यस क्षेत्रमा व्यापकमात्रामा सुरक्षाकर्मी परिचालन गर्ने, नगर क्षेत्रभित्र आयोजना गरिने सबैखालका औपचारिक कार्यक्रम स्थगित गर्ने र भौतिक तथा पूर्वाधार निर्माणका योजनासमेत अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । 

यस्तै राप्तीसोनारी गाउँपालिकाले नेपालगञ्जसँग जोडिएको ६ नं वडाको नाका सिल गरेको छ । सो वडाको नेपालगन्जसँग जोडिएको राप्ती पुललाई पूर्णरुपमा बन्द गरिएको राप्तीसोनारी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष जनकबहादुर थारुले जानकारी दिए । उनका अनुसार नरैनापुरसँगको पूर्वी नाका पनि बन्द गरिएको छ । 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले नेपालगञ्जवासीलाई सावधानी अपनाउन आह्वान गर्दै नगरवासीलाई घर बाहिर ननिस्किन र लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेका छन् । ‘कन्ट्रयाक्ट ट्रेसिङ’मार्फत संक्रमितको सम्पर्कमा पुगेका व्यक्तिको पहिचान भइरहेको पनि उनले जानकारी दिए ।

नगर प्रमुख राणाले सङ्कटका बेला लकडाउनको पूर्णपालना गर्न आग्रह गर्दै भने, 'संकटका बेला नेपालगञ्जवासीले संयमता अपनाउनुपर्छ, हामी आत्तिनु हुँदैन । सरकारले गरेको लकडाउन सबैले पालना गरेर सावधान बनौँ', उनले विज्ञप्ति जारी गर्दै विश्वभर कोरोना महामारी फैलिरहेको अवस्थामा नगरवासीलाई जोखिमबाट बच्न र सचेत हुन आग्रह गरेका छन् । काशीराम शर्मा/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x