×

NMB BANK
NIC ASIA

बाढीले पाइप बगाउँदा खानेपानीको समस्या

बैशाख २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बागलुङ बजारमा वितरण भइरहेको खानेपानीको पाइप बाढीले बगाएको छ । आइतबार राति बागलुङ नगरपालिका–३ मा रहेको भूँदीखोला मुहानको पाइप बाढीले बगाउँदा बागलुङ बजारका केही क्षेत्रमा खानेपानीको आपूर्ति बन्द भएको छ ।

Muktinath Bank

 भूँदीखोलामा आएको बाढीले पाइप बगाएपछि नगरपालिका–२ श्रीनगरटोल र वडा नं ४ को उपल्लाचौरमा खानेपानी आपूर्ति बन्द भएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ । यहाँका झण्डै एक हजार ५०० धारामा पानी बन्द भएको हो । संस्थाले सोमबारदेखि नै पाइप मर्मतको काम थालेको संस्थाका प्रबन्धक हिमाल शर्माले जानकारी दिए ।
 
अप्ठ्यारो ठाउँमा रहेको पाइप बगाएका कारण मर्मत भएर पानी सञ्चालन हुन केही दिन लाग्ने संस्थाले जनाएको छ । लकडाउनका कारण घरभित्रै रहेका बजारवासीलाई पानीको अभाव हुने भएको छ । बागलुङ बजार क्षेत्रभित्र रिठेखोला मुहान, रेशखोला मुहान र भूँदीखोला मुहानबाट पिउनका लागि पानी ल्याइएको छ । अन्य स्थानको पानी बजारमा आए पनि भुँदीको पानी भने पहिरोले पाइप बगाउँदा आइतबारदेखि  पर्याप्त पानी आउन नसकेको शर्माले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 अहिले रिठेखोलाबाट ३.५ लिटर प्रतिसेकेन्ड, रेशबाट १७ लिटर प्रतिसेकेन्ड र भुदीबाट २० लिटर प्रतिसेकेन्ड पानी दैनिक आउने गरेको थियो । तीन वटा मुहानबाट ल्याइएको पानी बजार क्षेत्रभित्र पर्याप्त नभएकाले काठेखोला मुहानबाट लिफ्ट प्रणालीबाट पानी ल्याउने कामसमेत संस्थाले अगाडि बढाएको छ ।


Advertisment
Nabil box
Kumari

नगरपालिकाभित्रका उपभोक्तालाई  सफा र स्वच्छ खानेपानी खुवाउने उद्देश्यले नगरपालिका–३ काँठेखोलाको पानी लिफ्ट प्रणालीबाट बागलुङ बजारमा ल्याउन लागिएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए । नयाँ योजनाबाट प्रतिसेकेन्ड ७० लिटर पानी आउने गरी तयारी भइरहेको श्रेष्ठले बताए। अहिले बजारमा प्रतिसेकेण्ड ३० लिटर पानी आउँछ । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x