×

NMB BANK
NIC ASIA

कृषकलाई मल र बीउको चिन्ता

बैशाख २३, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

यतिबेला दाङका कृषक बीउ र मल जुटाउन लागिपरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरिएका कारण समयमा मल र बीउ नपाउने चिन्ता कृषकलाई छ । हिउँदे बाली गहुँ, तोरी, मसुरो भित्र्याएका किसान बर्खे खेतीका लागि मल र बीउको अभाव हुने डरले अहिलेदेखि नै जोहो गर्ने तयारीमा लागेका हुन् ।

Muktinath Bank

समयमै वर्षा भएपछि खेतबारी जोतेर कृषक मकै र  तरकारी बाली लगाउने तयारीमा छन् तर लकडाउनका कारण बीउ र मल जुटाउन भने समस्या भएको उनीहरु बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषकले बजारका विभिन्न एग्रोभेटमा बर्खे तरकारी बोडी, सिमी, काँक्रा, लौका तथा मकैको  बीउ तथा रासायनिक मलको खोजीका लागि दौडधूप गरेका छन् ।  ‘‘ बारी जोतेर तयार छ, मकैको बीउ किन्न बजार आएको हुँ बजार भने बन्द रहेछ’’, बीउ र मल खोज्न आउनुभएका कृषक सुन्दरकुमार चौधरीले भने । उनले घरमा अदुवा, बेसार र  पिँडालु  लगाउनाका साथै गोठेमल बोकेर सकिएकाले अब मकै रोप्ने तयारी गरिएको बताए । 


Advertisment
Nabil box
Kumari

 कृषक आकाश वलीले मकै र धान बालीका लागि मलको जोहो गर्न लागिएको बताए । ‘‘रासायनिक मल त बजारमा छ भन्छन् तर लकडाउनका कारण कसरी ल्याउने हो। समस्या छ’’ उनले भने।  

Vianet communication
Laxmi Bank

उनी जस्तै कृषक माया पुनले पनि बजारबाट मकैको बीउ किनेर ल्याएको र अब मकै लगाउने तयारी गरिएको बताए । पुनले बिहान बजार खुलेका समयमा एग्रोभेटबाट तरकारी र उन्नत मकैको बीउ ल्याए ।  
लकडाउनका कारण बजारका एग्रोभेट बन्द हुुँदा मकैको बीउ खरिद गर्न नपाइएको  कृषक रमेश केसीले गुनासो गर्नुभयो । बिहान अत्यावश्यक पसल खोल्न दिने निर्णयसँगै एग्रोभेट पसल आंशिक रुपमा खुले पनि धेरैजसो बन्द छन् । जिल्लाका कृषकले जेठको पहिलो सातादेखि मकै छर्न शुरु गर्ने तयारी गरेका छन् । 

यस वर्ष लकडाउन भए पनि हालसम्म रासायनिक मलको अभाव देखिएको छैन । अनुदानको मल ढुवानी र वितरणको जिम्मा लिएको कृषि सामग्री लिमिटेडले जिल्लामा रासायनिक मल प्राप्त भएको र सहकारीलाई  दैनिक मल वितरण गर्दै आएको  लिमिटेड तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले जानकारी दिए ।  

मकै बाली लगाउने समय शुरु भएको र कृषकले पनि त्यसको तयारीस्वरुप बीउ र मलको जोहो गर्न थालेको कृषि प्राविधिक माधव केसी बताउँछन् ।  यता स्थानीय निकायमा  रहेका कृषि सेवा केन्द्रले पनि किसानका लागि अनुदानमा मकैको बीउ धान वितरणका लागि तयारी गरेका छन् । केन्द्रले कृषकलाई आवश्यक पर्ने बीउका लागि लगत संकलन गरेको र केही दिनभित्र ५० प्रतिशत अनुदानमा वितरण गर्ने तयारी गरेको जनाइएको छ ।


गहुँ बिक्री गर्दै किसान 

राजापुर– बर्दियाको राजापुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गहुँ खरीद शुरु गरेको छ । स्थानीय प्राथमिक खरीद समितिको निर्णयानुसार सामाजिक दूरी कायम गरेर गहुँ खरीदका लागि काँटा लगाइएको छ । 
 स्थानीय खरीद समितिको बैठक बसेर खरीद शुरु गरिएको काराखानाका प्रमुख रेवन्त रावलले बताए । यस वर्ष  राजापुरमा १० हजार क्विन्टल गहुँ खरीद गरिने प्रवक्ता शर्मिला न्यौपानेले बताए । बन्दाबन्दीका समयमा सामाजिक दूरी कायम गरेर सावधानीपूर्वक खरीद थालिएको कम्पनीले जनाएको छ । 

प्युठानमा मकै रोप्ने चटारो
झिमरुक–  प्युठानका किसानले मकै रोप्न शुरु गरेका छन् । केही समयअघि गहुँ भित्र्याएका  यस क्षेत्रका किसानले अहिले मकै रोप्न थालेका हुन् । लकडाउनका समयमा सरकारले परिवारको सहभागितामा अन्नबाली भित्र्याउन र लगाउन छुट दिएसँगै जिल्लाका किसान खेती लगाउन व्यस्त भएका हुन् ।  

लकडाउनका कारण मकैको बीउ वितरण गर्न नसकिए पनि किसानले मकै छर्न शुरु गरेको ऐरावती गाउँपालिका कृषि शाखा प्रमुख सरोज घर्तीले बताए । पहाडी क्षेत्र भएकाले यहाँ मनकामना ३, देउती, शीतला, मनकामना ५ लगायत पोषिलो जातका  मकै लगाइन्छ ।  

नौबहिनी गाउँपालिकाका केही क्षेत्रमा यसभन्दा पहिले नै मकै छरिए पनि अन्य स्थानीय तहमा यस समयमा छर्न शुरु गरिएको हो । आकाशे पानीमा निर्भर हुने हुनाले वैशाख पहिलो हप्तादेखि जेठको पहिलो हप्तासम्म मकै छर्ने समय रहेको शाखा प्रमुख घर्तीले बताए । 

जिल्लाका किसानले परम्परागत साधन (हलो) र आधुनिक प्रविधिको मिनिटिलरका माध्यममार्फत मकै रोप्न थालेका छन् । गोरु हलोको सट्टा किसान आधुनिक प्रविधितर्फ आकर्षित भएको प्युठान नगरपालिका –७ टिकुरीका पृथ्वी एग्रोभेट सेन्टरका सञ्चालक वासुदेव थापाले बताए । 

मिनिटिलरमार्फत सहज र समयको समेत बचत हुने भएकाले यसबाटै मकै रोप्ने काम गरिएको मल्लरानी गाउँपालिका–४ कसेरीका किसान दामोदर शर्माले बताए । जिल्लाका नौ वटै स्थानीय तहका किसान पछिल्लो समय प्रविधिसँग जोडिएका छन् । 
गोलभेंडा बिक्री भएपछि  खुशी 
कपिलवस्तु– बोटमै कुहिएर खेर गइरहेको गोलभेंडा बिक्री हुन थालेपछि यहाँका कृषक खुशी भएका छन् । लकडाउनका कारण बोटमै खेर गइरहेको गोलभेंडा बाहिरी जिल्लामा पठाउने व्यवस्था भएपछि कृषकको समस्या टरेको छ । दैनिक सय क्विन्टल गोलभेंडा जिल्ला बाहिर निकासी भइरहेको कृषक गणेश चौहानले बताए । अहिले दैनिक एक ट्रकभन्दा बढी गोलभेंडा रुपन्देही, अर्घाखाँची, पाल्पा, कास्कीलगायत जिल्लामा निकासी भइरहेको अर्का कृषक राधेश्याम मुराउले जानकारी दिए ।
पाल्पाबाट युवा संघले दैनिक रुपमा गोलभेँडा किन्नका लागि कपिलवस्तुको केवलपुरमा ठूलो ट्रक ल्याउने गरेको छ । यस्तै अन्य व्यापारीले डिसिएम गाडी ल्याई गोलभेंडा किनेर लैजाने गरेको कृषक मुराउले बताए ।  केवलपुर, धनकोली, राजपुर, भलवाड, बाणगंगालगायत विभिन्न स्थानमा उत्पादित गोलभेंडा धमाधम जिल्ला बाहिर निकासी भइरहेको अगुवा कृषक बालदीन केवटले जानकारी दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x