×

NMB BANK
NIC ASIA

ग्यास बिक्रीमा भारी गिरावट

बैशाख २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालभर दैनिक एक हजार ग्यास सिलिण्डर बिक्री हुँदै आएकामा हाल ६० हजार ग्यास सिलिण्डर मात्र बिक्री भएका छन् ।

Muktinath Bank

लकडाउन लम्बिँदै गएपछि ग्यास किन्ने उपभोक्ता कम हुँदा बिक्री घटेको एलपी ग्यास उद्योग संघले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार लकडाउनका कारण ४० प्रतिशत ग्यास खपत कम भएको छ ।


Advertisment
Nabil box
Kumari

'काठमाडौं उपत्यकालगायत अन्य जिल्लामा सञ्चालन भएका ठूला उद्योग, होटल तथा रेष्टुँरा, विद्यालय जस्ता बढी चहलपहल हुने क्षेत्र बन्द छन्, धेरै उपभोक्ता उपत्यका छाडेर जाँदा ग्यास खपत कम भएको हो', उनले भने, 'सबै ग्यास उद्योगसँग पर्याप्त मात्रामा ग्यास मौज्दात रहेको छ भने आपूर्तिसमेत नियमित भएको छ ।'

Vianet communication
Laxmi Bank

उनकाअनुसार सबै ग्यास उद्योगसँग हाल दश हजार मेट्रिक टन ग्यास मौज्दात छ ।

देशभर रहेका ६२ ग्यास उद्योगसँग सात हजार मेट्रिक टन भण्डारणमा मौज्दात रहेको र बुलेटमा तीन हजार मेट्रिक टन ग्यास मौज्दात  छ ।

उनका अनुसार ६२ उद्योगका एक करोड २३ लाख सिलिण्डर छन् ।

ग्यासको सहज आपूर्ति भएको र  पर्याप्त मात्रामा भण्डारणसमेत भएकाले खाली सिलिण्डर भर्न उनले आग्रह गरे ।

पहिलेको तुलनमा काठमाडौंमा आधा पनि ग्यास सिलिण्डर बिक्री नभएको ग्यास बिक्रेता महासंघका कोषाध्यक्ष राजेश दाहाल बताउँछन् ।

उनका अनुसार लकडाउनअघि काठमाडौं उपत्यकामा मात्र दैनिक ४० हजार ग्यास सिलिण्डर बिक्री हुँदै आएकामा हाल १५ हजारको हाराहारीमा मात्र बिक्री हुने गरेको छ ।

नेपाल आयल निगमको तथ्यांकानुसार मार्चमा सबैभन्दा धेरै ४५ हजार ती सय टन ग्यास आयात भएको थियो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार सोमबार मात्र १०१ ग्यास बुलेट नेपाल प्रवेश गरेका छन् ।

उनका अनुसार वीरगञ्ज भन्सार नाका हुँदै विभिन्न ग्यास उद्योगका ग्यास बुलेट नेपाल प्रवेश गरेका हुन् ।

तिनमा सबैभन्दा धेरै नेपाल ग्यासका ३४, नोबल ग्यासका १४, जानकी, लुम्बिनी र सगरमाथा ग्यास उद्योगका सातसात, भानुका चार बुलेटलगायत अन्य उद्योगका ग्यास बुलेट नेपाल भित्रिएका हुन् ।

ग्याससँगै लकडाउनका कारण पेट्रोलियम पदार्थसमेत बिक्री न्यून रहेको व्यवसायी बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x