×

NMB BANK
NIC ASIA

उपप्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिको भेट

बैशाख २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

उपप्रधान तथा रक्षामन्त्री एवं सरकारबाट गठित कोरोना रोग नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग नेपालका लागि सं‌युक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि (संयोजक) भायालेरि जुलियड तथा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा जोस भान्देलयरले मंगलबार सिंहदरबारमा भेटवार्ता गरेका छन्।

Sagarmatha Cement
Muktinath Bank

उपप्रधानमन्त्री पोखरेलले कोरोना भाइरसको सङ्क्रमणलाई नेपालमा फैलन नदिन नेपाल सरकारले उच्च सतर्कता अपनाएको र यस विषयमा विभिन्न तहमा समिति बनाई गम्भीरताका साथ कार्य गरिरहेको बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले गरिरहेका कार्यहरूको सराहना तथा यससम्बन्धी विषयमा दिनुभएका  सुझावलाई धन्यवाद व्यक्त गर्दै उनले सरकारले गरेको लकडाउन, सीमा नियन्त्रण, विभिन्न प्रदेशबाट कोरोनाको जाँच र परीक्षणको अवस्था, कोरोना रोगको उपचारका लागि निश्चित अस्पतालको व्यवस्थाबारे जानकारी गराए।


Advertisment
Nabil box
Kumari

उपप्रधानमन्त्री पोखरेलले विदेशबाट आएका र सङ्क्रमणको सम्भावना भएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने जस्ता कार्यले मुलुकमा कोरोनाको सङ्क्रमणलाई हालसम्म नियन्त्रणमा राख्न सफलता मिलेको बताए। उनले लकडाउनको अवधिमा जनतालाई अत्यावश्यक वस्तु तथा सेवाको उचित वितरण मिलाउन र अभावको महसुस हुन नदिन सरकारले प्रदेश तथा स्थानीय सरकारसँग समेत समन्वय गरिरहेको बताए।

Vianet communication
Laxmi Bank

उनले सरकारले सीमित साधन स्रोतको बाबजुद विभिन्न तहमा समन्वय मिलाई कोरोना रोगको रोकथामका लागि सक्दो प्रयास गरिरहेको र नेपालमा मानवीय सहायतालगायत विभिन्न वस्तुको ढुवानी गर्ने हवाई साधनलाई आवश्यक प्रक्रिया पूरा गरी सहमति दिने गरिएको जानकारी गराए।

उपप्रधानमन्त्री पोखरेलले मानवीय सहायताअन्तर्गत प्राप्त औषधि, स्वास्थ्योपकरण लगायतका वस्तुलाई प्राथमिकता साथ भन्सार जाँचपास हुने व्यवस्था मिलाइएको बताए। उनले सरकारले तत्काललाई कृषि उत्पादनसँग जोडिएको उद्योग, साना तथा मझौला व्यवसाय, जलविद्युत् आयोजनालाई प्राथमिकतामा राखेर आवश्यक सहजीकरण गर्न सकिने स्पष्ट पारे।  
    
संयुक्त राष्ट्रसङ्घ एवं विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न नेपाल सरकारले चालेको लकडाउन, सीमा नाकाबाट हुने मानिसको आवतजावतमा नियन्त्रण, सङ्क्रमणको आशङ्का भएका मानिसलाई परीक्षण गरी निश्चित अवधिसम्म क्वारेन्टाइनमा राख्नेलगायतका उपायहरूको सराहना गर्दै यसबाट कोरोना रोगलाई नियन्त्रणमा राख्न सफलता मिलेकोप्रति प्रशंसा गरे।

प्रतिनिधिले लकडाउनको अवधिमा बालबच्चाको पठनपाठनलाई अवरुद्ध हुन नदिन उपयुक्त उपाय अवलम्बन गर्न पनि आवश्यक रहेको र लकडाउनको अवधिमा सरकारले वितरण प्रणालीलाई सुचारु राख्न अवलम्बन गरेका उपायहरूको प्रशंसा गरे। साथै, भौतिक र सामाजिक दूरी कायम राख्ने विषयलाई अझ कडाइका साथ पालन गर्न आवश्यक रहेको उनीहरुले सुझाव दिएका थिए।    

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x