×

NMB BANK
NIC ASIA

नेपालगन्जमा रहेका २३ जना कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य,

बैशाख २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण देखिएका २३  संक्रमितको स्वास्थ्यावस्था सामान्य  छ ।  

Sagarmatha Cement
Muktinath Bank

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनीहरुलाई  वार्डमा चिकित्सकको निगरानीमा राखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाँकेमा पहिलोपटक एक ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखापरेपछि स्थानीय प्रशासनले पिसिआर पद्धतिबाट परीक्षण शुरू गरेपछि आइतबार १६ र मंगलबार थप सात जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।  पहिलो पटक भेटिएका संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब परीक्षण गर्दा एकै वडाका २२ जनामा संक्रमण भेटिएको थियो ।


Advertisment
Nabil box
Kumari

५६ जनाको स्वाब सङ्कलन
 नेपालगञ्जमा कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका ५६ जनाको स्वाब सङ्कलन गरिएको छ । सङ्क्रमितको सूचनाका आधारमा उनीहरुको सम्पर्कमा रहेका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का  पाँच स्थानबाट गए रातिसम्म तिनको स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन  श्रेष्ठले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

खजुरास्थित कोरोना आइसोलेशन अस्पतालमा राखिएका सङ्क्रमितले भनेअनुसार उनीहरुको सम्पर्कमा रहेकाहरुको स्वाव लिइएको हो । स्वास्थ्यकर्मीले गए राति अबेरसम्म बसेर कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरेका हुन् ।
 राति अबेर भएपछि ससाना बालबालिका घर गएका थिए । बाँकी १५ जनाको आज स्वाब सङ्कलन गरिने श्रेष्ठले जानकारी दिए । नेपालगञ्ज– ८ को जोलाहनपुरुवा टोलबाट २२ सङ्क्रमित फेला परेपछि उनीहरुको सम्पर्कमा रहेका आसपासका टोलमा समुदायस्तरबाट स्वाब सङ्कलन शुरू गरिएको हो । गए राति सङ्कलित स्वाब आज परीक्षण गरिने छ । 

यही वैशाख १९ गते ६० वर्षीय एक जनामा सङ्क्रमण देखिएपछि उनको सम्पर्कमा रहेका ९४ जनाको परीक्षण गर्दा २२  सङ्क्रमित फेला परेका थिए । अहिले २३ जनाको सम्पर्कमा रहेका व्यक्तिको खोजी गर्दै स्वाब लिने काम भइरहेको फोकल पर्सन श्रेष्ठको भनाइ छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य सङ्ठन र प्रदेशको सामाजिक विकास मन्त्रालयको टोलीको प्रत्यक्ष निगरानीमा स्वाब सङ्कलन शुरू गरिएको श्रेष्ठले जानकारी दिए ।

यसैबीच पहिलोपटक कोरोना भाइरस पोजेटिभ भेटिएका नेपालगञ्ज–७ का ६० वर्षीय पुरुषको घरपरिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

पहिलो पटक सङ्क्रमण पुष्टि भएका सङ्क्रमितलाई पछ्याउँदै परिवारका सदस्य, उनले पढाएका बालबालिका र सम्पर्कमा आएका ९४ जनाको स्वाब सङ्कलन गरिएकामा २२ जनामा कोरोना पोजेटिभ पुष्टि हुँदा घरपरिवारका सदस्यको नतिजा भने नेगेटिभ आएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए ।

सङ्क्रमितका श्रीमती, बुहारीसहित चार दाजुभाइको रिपोर्ट नेगेटिभ आएको हो । परिवारको रिपोर्ट नेगेटिभ आएपछि टोलबासीले उनीहरुलाई फूलमाला लगाएर  स्वागत गरेका थिए ।

गत शुक्रबार ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि उनको परिवारलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइमा राखिएको थियो । मेसु थापाका अनुसार आठ घरका २३ जनामा कोरोना संक्रमण फैलिएको छ । पहिलो सङ्क्रमितबाटै कोरोना फैलिएको हो वा अरु सङ्क्रमित पहिलो थियो भन्नेबारे थप अनुसन्धान गर्नुपर्ने देखिएको डा थापाको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x