×

NMB BANK
NIC ASIA

कोरोना कहर

विरगञ्जमा कोरोना पोजेटिभ देखिएका १७ जना नै एकै परिवारका, संक्रमितबाटै अन्यमा सर्‍यो भाइरस

बैशाख २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पर्साको बिरगंज महानगरपालिकामा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले आज मीडिया ब्रीफिंग गर्दै उक्त कुरा पुष्टी गरेका हुन् । तर,अचम्मको कुरा त के हो भने आज पुष्टी भएका १७ का १७ जना मानिसहरु एकै परिवारका सदस्यहरु हुन् । बिरगंज महानगरपालिकाका बरिष्ठ जनस्वास्थ्य अधिकृत अरुण महतोका अनुसार गत चार दिन अघि संक्रमण भएका एक जना मानिसको परिवारका सदस्यहरु नै छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 ‘४ दिन अघि बिरगंज महानगरपालिका वडा नम्बर ३ स्थित छपकैया टोलका एक जना ३५ बर्षीय मानिसमा संक्रमण पुष्टी भएको थियो,’ महतोले लोकान्तर संग भने,‘कनट्याक्ट ट्रेसिंग गर्दा हामीले कुल ३५ जनाको स्वाब संकलन गरेका थियौं, जस मध्ये १७ जनामा आज थप पुष्टी भएको छ ।’ अहिले सम्म बुझ्दा उहाँको परिवार तथा आफन्तजन नै रहेको  तथा थप उहाँहरुको कण्ट्याक्ट ट्रेसिंगको काम गर्न बाँकी रहेको उनले बताए । 


Advertisment
Nabil box
Kumari

‘हामीले बुझ्दा चार दिन अघि संक्रमित भएका ब्यक्ति वडा नम्बर ३ का वडाध्यक्ष संग राहत वितरण गर्न समेत ठाउँ ठाउँमा जानु भएको कुरा आएको छ,’ महतोले भने,‘अब थप ती ब्यक्तिहरु सँगै आज देखिएका १७ जनाको सम्पर्कमा आएका ब्यक्तिहरुको समेत खोजी गरेर परीक्षण गर्नु पर्ने काममा हामी लागेका छौं । ’ 

Vianet communication
Laxmi Bank

एता उक्त वडाका वडाध्यक्ष बैजु स्वर्णकारले पनि संक्रमित ब्यक्ति राहत वितरण गर्ने बेला एक दिन १० मिनेट र वितरणका लागि बोलाईएको सर्बदलीय समितिको बैठकमा समेत १५ मिनेट जति आएर बसेर गएको कुरा स्वीकार गरेका छन् ।

‘उहाँ साविकमा नेकपा एमाले तथा हाल नेकपाको तर्फबाट जन प्रतिनिधिको रुपमा बैठकमा र वितरण गर्ने बेला आउनु भएको थियो,’ वडाध्यक्ष स्वर्णकारले लोकान्तर संग भने,‘उहाँमाँ संक्रमण पुष्टी भए पछि मैले पनि परीक्षण गराएँ, तर मेरो रिजल्ट निगेटिभ आयो ।’

फर्नीचरको सामान जस्तै पलंग, सोफा, कुर्सी आदि बनाउन लागेर बिक्री गर्ने गरेका ती मानिसको आमा, बुवा तथा उनका दुई महिने छोरा सहित परिवारका १७ जनामा संक्रमण देखिएको छ स्वर्णकारले बताए । ‘उहाँ न त जमाती संग सम्पर्कमा जानु भएको छ, न त भारत वा अन्य देशबाट नै आउनु भएको छ,’ उनले भने,‘तर, उहाँमा कसरी संक्रमण सर्यो भन्ने कुरा हामीले समेत बुझ्न सकेका छैनौं  । ’

चार दिन अघि नै उनलाई नारायणी अस्पताल बिरगंजमा भर्ना गरिएको थियो भने अब पुष्टी भएका १७ जनालाई पनि सोही अस्पतालमाँ भर्ना गरिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x