लूनकरणदास-गङ्गादेवी चौधरी साहित्यकला मन्दिरकाे वार्षिकाेत्सव स्थगित

लूनकरणदास-गङ्गादेवी चौधरी साहित्यकला मन्दिरकाे वार्षिकोत्सव एवं स्रष्टा सम्मान समारोह स्थगित भएको छ।

कोरोना भाइरसका कारण मुलुक नै लकडाउनमा रहेको र यसबाट जनजीवनमा परेको प्रतिकूल असरलाई मध्येनजर गर्दै वार्षिकोत्सव स्थगित गरिएको मन्दिरले जनाएको छ। 
साहित्यकला मन्दिरको वार्षिकोत्सव २५ वर्षदेखि हरेक वर्ष  वैशाख २७ गते हुँदै आएको छ। याे वर्ष २६औँ वार्षिकाेत्सव रहेकाेमा काेराेनाका कारण स्थगित भएको हो। 


Advertisement

साहित्यकला मन्दिरले हरेक वर्ष नेपाली साहित्य, कला, इतिहास र संगीत क्षेत्रका स्रष्टालाई सम्मान गर्दै आएको छ।  यसका अध्यक्ष बसन्त चौधरी हुन्। उनले आफ्ना मातापिताको नाममा साहित्यकला मन्दिर स्थापना गरेका हुन्।  



Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्