×

NMB BANK
NIC ASIA

कोरोना परीक्षणका लागि पीसीआर विधिलाई प्राथमिकता दिएका छौं : मन्त्री ढकाल

बैशाख २६, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले सरकारले कोरोना भाइरस (कोभिड–१९)को पीसीआर प्रविधिबाट परीक्षणलाई प्राथमिकता राखेको बताएका छन् ।

Muktinath Bank

मन्त्रालयमा आज आयोजित सङ्घीय संसद्का सांसदसँग मन्त्रालयको नीति तथा कार्यक्रम सुझाव सङ्कलनका क्रममा उनले पीसीआर परीक्षणका लागि पर्याप्त किट भएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार अहिले सरकारसँग पर्याप्तमात्रामा पीसीआर किट रहेकोे छ । २० हजार चीन र ३० हजार स्विट्जरल्याण्ड सरकारले किट उपलब्ध गराएको छ ।  


Advertisment
Nabil box
Kumari

मन्त्री ढकालले कोभिड–१९ बढी जोखिम देखिएको उदयपुर, पर्सा र नेपालगञ्जमा मन्त्रालयबाट विशेष टोली परिचालन समेत  भएको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

उनले हिजो सांसद्को परीक्षणलाई लिएर सञ्चारमाध्यमा गलत प्रचार भएको बताए ।

'सञ्चारमाध्यमले जनताको परीक्षण नगरेर सांसदको पीसीआर विधिबाट परीक्षण गरेको भनेर प्रकाशित गरे', उनले भने, ‘तर त्यसो होइन । सांसदमा हिजो २१२ जनाको तथा अन्य सुरक्षाकर्मी र कर्मचारीको १७९ गरिएको छ । त्यहाँ सांसद जतिकै अन्यको पनि परीक्षण गरिएको छ ।'

उनले प्रदेशमा समान रुपले परीक्षण किट पठाइएको भन्दै बढी संवेदनशील ठाउँमा केन्द्रबाट नै विशेष टोली खटाइएको बताए ।

सो कार्यक्रममा सांसद जुलीकुमारी महतोले प्रदेश नं २ मा पर्याप्तमात्रामा परीक्षण गर्नुपर्ने बताए । उनले सरकारले नयाँ कार्यक्रमभन्दा पहिलेको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन् ।

सांसद समिना हुसेनले पीसीआर परीक्षण कम भएकाले बढाउनुपर्ने बताइन् ।

सांसद सुरेशचन्द्र दासले भारतमा अलपत्र परेका नेपालीलाई परीक्षण गरेर क्वारेन्टाइनमा राखेर नेपाल भित्र्याउनुपर्ने बताए ।

सांसद सरिताकुमारी गिरी र चाँदतारा कुमारीले टेकुस्थित सरुवा रोग अस्पतालले मुलुकका बिरामीलाई थेग्न नसक्ने भन्दै सातवटै प्रदेशमा सरुवा अस्पताल निर्माण गर्नुपर्ने बताए ।

सांसद लीला श्रेष्ठले स्वास्थ्यका क्षेत्रमा अल्पकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने बताइन् ।

सांसद तुलसाकुमारी दाहालले एक परिवार एक सदस्यलाई पीसीआर विधिबाट कोभिड–१९ परीक्षण गर्नुपर्ने बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x