×

NMB BANK
NIC ASIA

कोरोना परिस्थितिको विश्लेषण गर्दै गम्भीर भएर अघि बढ्नुपर्नेमा विपक्षी दलका नेताको जोड

बैशाख २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले कोरोनाको विश्वव्यापी महामारीबाट नेपाल र नेपालीको रक्षा गर्न गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सङ्घीय संसद्, प्रतिनिधिसभाको आज शुरु भएको छैटौँ अधिवेशन प्रारम्भका अवसरमा उनले कोरोनाविरुद्ध हालसम्म भएका प्रयासको गम्भीर समीक्षा गर्दै विशेष रणनीति बनाएर त्यसलाई कार्यान्वयन गर्न गराउन संसद् चुक्न नहुने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिड–१९ का कारण संसारका विभिन्न देशमा जीवन गुमाएका नेपालीप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नाका साथै कोरोनाका कारण जीवन गुमाएका विश्वभरिका सबैको आत्माको चिरशान्तिको कामना गरे ।


Advertisment
Nabil box
Kumari

उहाँले कोरोना सङ्क्रमित भई उपचाररत नेपालभित्रका सबै नेपाली र विभिन्न देशमा रहेका तीन हजारभन्दा बढी नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पर्याप्त स्वास्थ सामग्री अभावका बाबजुद उच्च मनोबल र उच्च मानवीय भावना साथ ‘फ्रन्ट लाइन’ मा कार्य गरिरहनुभएका सबै स्वास्थकर्मीप्रति सम्मान प्रकट गरे ।

Vianet communication
Laxmi Bank

उंले अहोरात्र आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका सुरक्षाकर्मी, सञ्चारकर्मी एवं सफाइका क्षेत्रमा निरन्तर काम गरिरहेका सबैको प्रशंसा गरे । कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिमा धैर्यपूर्वक त्यसको सामना गरिरहेका स्वदेश र विदेशका समस्त नेपाली दिदीबहिनी दाजुभाइको पनि प्रशंसा गर्दै उनले संयम र एकताका साथ महाव्याधिको सामना गर्न संसद्मार्फत अपिल गरे ।

प्रतिपक्षको सहयोग र खबरदारी कोरोनाको यो सङ्कटका बेला ‘सरकारमा सँगै नरहेर पनि सङ्कटमा सँगै लड्न सकिन्छ’ भन्ने राष्ट्रिय एकताको भावनाले प्रतिपक्षी दल नेपाली काँग्रेसले कार्य गरिरहेको, आफ्नो पार्टीका सबै तहका नेता तथा पार्टी सदस्यलाई कोभिड –१९ को नियन्त्रण र निर्मूल गर्न आआफ्नोतर्फबाट निरन्तर कार्य गर्न आह्वान गरेको जानकारी दिँदै विपक्षी दलका नेता देउवाले कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्न सरकारलाई हरसम्भव सघाउने तर बेथितिविरुद्ध निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गरे

उनले ‘लकडाउन’ का कारण श्रमिक, बेरोजगार र विद्यार्थी समस्यामा परेका बताउँदै कोरानाले रोजगारी गुमेका र राज्यबाट सहजरुपमा राहत पाउनुपर्नेलाई सघाउन आग्रह गरे ।

श्रमिक, बेरोजगार, कृषक, डेरामा बस्ने विद्यार्थी, पत्रकार, मिडिया हाउस, पर्यटन व्यवसायीसहित प्रभावित सबैलाई बृहत् सहायताको व्यवस्था गर्न उनले माग गरे । सुकुम्बासी आयोग गठन, स्वास्थ्य सामग्री अभाव र त्यसको खरीदमा अनियमितता भएको भन्नेबारे सरकारको ध्यानाकर्षण गराउँदै उनले अनियमितता आरोप लागेकालाई पदमुक्त गरेर अनुसन्धानमा सघाउन र कडा कारवाही गर्न माग पनि गरे ।

आगामी आवश्यक सचेतना, अत्यावश्यक स्वास्थ सामग्री, अनिवार्य उपचार, विविध क्षेत्रमा पर्याप्त राहत एवं विदेशमा अप्ठ्यारोमा रहेकाको उद्धार र पुनव्र्यवस्थापनमा अबको बजेट केन्द्रित हुनुपर्नेमा उनले जोड दिए । ‘आज शुरु भएको प्रतिनिधिसभाको यो बैठकले कोरोनामाथि विजय हासिल गर्न आवश्यक पर्ने सबै अत्यावश्यक कदमका बारे मार्गदर्शन गर्न र राष्ट्रिय एकतालाई अभिवृद्धि गर्न गराउन सक्नेछ,’ नेता देउवाले मन्तव्य टुङ्ग्याउँदै भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x