×

NMB BANK
NIC ASIA

प्रसूतिका लागि लेबर रूम, अपरेसन थिएटर सहितको जनकपुरमा कोरोना अस्पताल सञ्चालनमा

बैशाख २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरमा पनि अब कोरोना संक्रमित बिरामीहरुको उपचार शुरू भएको छ । प्रदेश नम्बर २ मा यस अघि नारायणी अस्पताल बिरगंजमा मात्रै उपचार हुने गरेकोमा अब जनकपुरमा पनि उपचार शुरू भएको छ । प्रादेशिक अस्पताल जनकपुरकै स्वामित्वमा रहेको नर्सिङ्ग क्याम्पसको हाता भित्र कुल ४२ शय्याको छुट्टै आईसोलेसन वार्ड बनाइएको छ । 

Muktinath Bank

अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा.जामुन प्रसाद सिंहका अनुसार बैशाख २६ गते देखि नयाँ आईसोलेसन वार्ड संचालनमा ल्याईसकिएको छ । अहिले ३ जना पुरुष र १ जना महिला गरी कुल ४ जना कोरोना संदिग्ध बिरामीलाई भर्ना गरेर उपचार शुरू गरिएको छ । यस अघि प्रादेशिक अस्पताल जनकपुरको परिशरमा नै रहेको आइसोलेसन वार्डमा कोरोना संदिग्धको उपचार हुने गरेको भए पनि कोरोना संक्रमितको भने उपचार भईरहेको थिएन। सर्लाहीको समेत कोरोना संक्रमितको उपचारका लागि बिरगंज नै पठाउदा त्यहाँका मेयर बिजय सराबगीले आपत्ति जनाउने गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन वार्डमा भर्ना भएका सर्लाहीका एक युवाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आए पछि उनलाई उपचारका लागि बिरगंज स्थित नारायणी अस्पताल पठाइएको थियो । प्रदेशको अस्थाई राजधानी जनकपुरलाई स्थाई राजधानी बनाउने कुरा गरे पनि कोरोनाको उपचार समेत गर्न नसक्ने जनकपुरको पूर्वाधार प्रति बिरगंजका मेयर सराबगीले आलोचना गर्दै भनेका थिए,‘राजधानी भएको जनकपुर बाट समेत कोरोनाको उपचारका लागि बिरगंज नै पठाउनु उपयुक्त भएन, उतै व्यवस्था मिलाउनु पर्छ । ’


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

तर, अब भने तत्काल धनुषा, महोत्तरी र सर्लाही जिल्लाका कोरोना पोजेटिभ बिरामीलाई बिरगंज पठाउनु नपर्ने सिंह बताउँछन्। ‘तत्काल जनकपुरमा ती ३ जिल्लाका बिरामीको उपचार गर्नका लागि क्लस्टर बनाईएको छ,’ सिंहले भने,‘ सिराहा र सर्लाहीको बिरामीका लागि सगरमाथा अस्पताल राजबिराज छुटयाइएको भए पनि राजबिराजमा अहिले अस्पताल सुचारु हुन नसकेका कारण उक्त दुई जिल्ला सहित कुल ५ जिल्लाका कोरोना पोजेटिभ बिरामीको यहाँ उपचार हुनेछ । ’

 अहिले संचालनान आएको आईसोलेसनमा पुरुष र महिलाको छुट्टा छुट्टै वार्ड बनाईएको छ । यस अघि प्रादेशिक अस्पतालमै बनाईएको वार्डमा भने यसरी छुट्याइएको थिएन । हाल सम्म कुल १ सय ९ जना संदिग्धलाई जनकपुरको आइसोलेसनमा उपचार गरी सकिएको छ ।  

 ‘८ शय्याको आईसियु वार्ड बनाईनुका साथै कोरोना संक्रमित प्रसुति महिलालाई यदि शल्यक्रिया नै गर्नु पर्यो भने त्यसका लागि एउटा लेबर रूम समेत छुटयाएका छौं,’ डा. सिंहले लोकान्तर सँग भने,‘कुनै गर्भवति महिलामा समेत कोरोना पोजेटिभ भएको खण्डमा ओप्रेशन गरेर नै डेलिभरी गराउनु पर्ने अबस्था आई हालेको परिस्थितिको लागि पनि तयारी गरेका छौं ।’ त्यसका लागि ओप्रेसन थिएटर समेत तयार गरेर राखिएको उनले बताए । 

कोरोनाको बिरामी सुनिश्चित भई सके पछि एउटा वार्डमा पहिले राखिने, केहि दिनको उपचार पछि परीक्षण गर्दा निगेटिभ आए अर्को वार्डमा छुट्टै राखेर उपचार गर्ने ब्यबस्था मिलाइएको छ । लगातार ४ पटक सम्म परीक्षण गर्दा निगेटिभ आए मात्र डिस्चार्ज गरिने सिंहले बताए । बिरामीहरुलाई नुहाउनका लागि छुट्टै बाथरुम बनाईएको छ । कपडा सुकाउन समेत भित्र नै एउटा कोठा बनाइएको छ । छत माथि कपडा सुकाउँदा कपडा खसेर हावामा अन्यत्र गएको खण्डमा कपडा सँगै कोरोना भाईरस समेत जान सक्ने हुँदा कोठा भित्र नै सुकाउने व्यवस्था मिलाइएको छ ।

प्रदेश २ मा हाल सम्म कुल ३१ जना कोरोनाको पोजेटिभ बिरामीहरुको बिरगंजमा  नै उपचार भई रहेको छ।  धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लामा संक्रमण पाइएको छैन । तर, पनि भारत सँग खुल्ला सीमा सँग जोडिएको जिल्ला भएकाले उच्च जोखिममा भने छ  ।  बारा, पर्सा, रौतहट गरी तीन जिल्लामा कोरोना संक्रमण पाइएकोमा सबै भन्दा बढी पर्सा जिल्लामा पाइएको छ । 

    
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x