×

NMB BANK
NIC ASIA

८ सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा पाण्डे

बैशाख २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरसविरुद्ध सचेतना फैलाउँदै आएका डा रवीन्द्र पाण्डेले कोरोनाबाट बच्नका लागि सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

Muktinath Bank

शनिवार सामाजिक सञ्जाल फेसबूकमा एक लेख लेख्दै उनले जथाभावी थुक्ने, फोहोर गर्ने बानी त्याग्न सके कोरोनाबाट बच्न सकिने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेरौं उनले दिएका ८ सुझावहरू
 


Advertisment
Nabil box
Kumari

१. थुक्ने बानी बन्द गरौँ :
सार्वजनिक स्थानमा थुक्नु असभ्यताको परिचय मानिन्छ । अहिले कोरोना संक्रमणको जोखिम बढेको समयमा बाटोमा, चौरमा तथा अन्य स्थानमा थुक्दा संक्रमित व्यक्तिले रोग सार्ने ठूलो माध्यम बन्छ । थुकमा कोरोना भाइरस २४ घण्टासम्म बाँच्न सक्ने अनुसन्धानले देखाएको छ । देखिने थुक तथा नदेखिने कण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । खैनी, पान, गुट्खा, पान मसला, सुपारी, चुंइगम, भित्र दाना भएका साना फल आदि खाएर खुलेआम थुक्ने बानी आजैदेखि बन्द गरौँ ।

Vianet communication
Laxmi Bank

२. मास्क, पंजा आदि जथाभावी नफालौं :
आजकाल बाटो, पार्क, चौर लगायत सार्वजनिक स्थानमा मास्क, पंजा, हात सफा गरेको कपास, चुरोटको ठुटो जथाभावी फ्याँक्ने प्रचलन बढेको छ । ती सामान चरा, कुकुर तथा सवारी साधनले बिभिन्न ठाउँमा पुर्याउन सक्छन । बालबालिकाले समाउने तथा खेल्ने गर्न सक्छन । यो अभ्यासले संक्रमण एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्छ । तसर्थ आफुले प्रयोग गरेका मास्क, पंजा, कपास आदि फोहोर जम्मा गर्ने ठाउँमा वा घरभित्र खाडल खनेर त्यसमा राख्ने अनि नष्ट गर्ने गरौँ ।

३. घरेलु पशुपंक्षीजन्य फोहोरको ब्यबस्थापन गरौँ :
कुकुर, कुखुरा लगायत पशुपंक्षी पाल्ने व्यक्तिले बाटोमा दिशापिशाब गराउने काम नगरौं । कुकुर, कुखुरालाई पनि होम क्वारेन्टाइनमा राखौं । कुकुरका खुट्टाले संक्रमण घरभित्र ल्याउन सक्छ । त्यस्तै मल्मुत्रलाई घरमा खाडल खनेर त्यहि राख्ने गरौँ ।

४. बाटो सफा राखौं :
आफ्नो घर अगाडिको बाटो सफा गर्ने बानी बिकास गरौँ । बाटोमा रहेका सुर्ती, चुरोट, गुट्खा, जंक फुड लगायतका खोल बढारेर एउटा खाडलमा राखौं । हावा तथा पशुपंक्षीले यी खोललाई घरभित्र ल्याउन सक्छ ।

५. जुत्ताचप्पल तथा आफ्नो सबारी साधनको टायर सफा गरौँ :
जुताचप्पल तथा टायरमा संक्रमितको म्युकस, संक्रमितले फालेका मास्क, कपास लगायतका पदार्थ घरभित्र आउन सक्छन । तसर्थ घरबाहिर साबुनपानीले राम्रोसंग जुत्ताचप्पल सफा गरेर घाममा सुकाउने गरौँ । त्यस्तै टायरलाई राम्रोसंग धुने गरौँ ।

६. सुरक्षित बनौं :
घरबाहिर निस्कदा मास्क, चस्मा, पंजा लगाउने बानीको बिकास गरौँ । त्यस्तै विन्डचिटर, ट्राउजर र साबुनपानीले धुन मिल्ने सेन्थेटिकको जुत्ता लगाउने गरौँ । बाहिरबाट घर आएपछि ती कपडा, मास्क, पंजालाई घर बाहिर राख्ने गरौँ ।

७. सफाइका सामान राखौं :
घरको गेटनेर, मुल ढोकानेर, हरेक बाथरुममा, किचनमा, डाइनिंग हल, बेडरुम, बरण्डा आदिमा स्थान अनुसार ह्याण्ड स्यानिटाइजर, साबुनपानी, सफा टावेल अटुट रुपमा राख्ने गरौँ । यी सामान बच्चाको पहुँच नहुने गरि राखौं ।

८. सौचालयको सफाइ :
भारत लगायत धेरै देशमा सौचालयबाट कोरोना फैलिएको समाचार आइरहेका छन् । सम्भव भएसम्म छुट्टाछुट्टै सौचालय प्रयोग गरौँ । प्रयोग गरेपछि सफा गरौँ । कमन ट्वाइलेट भएको ठाउँमा पालो गरेर दिनको ३ पटक साबुनपानी, क्लोरिन झोल र लाइसोलले सफा गरौँ । प्रयोग गरेपछि हरेक व्यक्तिले सफा गरौँ । सार्वजनिक सौचालय, कार्यालयको सौचालय तथा साझा सौचालयमा सरसफाई नियमित गर्ने प्रबन्ध गरौँ । त्यस्ता सौचालयमा साबुन, स्यानिटाइजर राख्ने गरौँ । सौचालयको ह्याण्डील, चुकुल आदि छुनु अघिं र छोएपछि हात धुने / छोएका स्थानलाई स्पिरिटले सफा गर्ने गरौँ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x