×

NMB BANK
NIC ASIA

घामपानी नभनी सीमामा आइपुगेका हजारौं नेपाली अलपत्र, छिर्न नपाएपछि चोरबाटो रोज्न बाध्य !

बैशाख २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतका विभिन्न शहरमा रोजगारी गर्ने नेपालीहरू सीमा नाकामा आउने क्रम तीव्र रूपमा बढेको छ । भारतमा ‘लकडाउन’ केही खुकुलो भएसँगै घर फर्किने नेपालीको लर्को लागेको हो । 

Muktinath Bank

नेपालीहरू अहिले प्रदेश ५ का विभिन्न सीमा नाकामा आएर थुप्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहिया (सुनौली)का प्रहरी निरीक्षक ईश्वरी अधिकारीका अनुसार सुनौलीमा १ हजार नेपाली आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

‘शनिबार साँझसम्म मात्रै १२/१५ दिन हिँडेर केही ठाउँमा मालबाहक ट्रकमा चढेर सुनौलीसम्म नेपालीहरू आएका छन्, उनीहरूलाई भारतीय प्रहरीले नौतुना क्वारेन्टाइनमा लगेको छ,’ इन्स्पेक्टर अधिकारीले भने ।

Vianet communication
Laxmi Bank

कपिलवस्तुको चारवटा नाकामा आइतबार बिहानसम्म झण्डै १ हजार ५ सयभन्दा बढी नेपालीहरू आइपुगेका छन् ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार जिल्लाका ४ प्रमुख नाका कृष्णनगर, सुठौली, चाकरचौडा र विजयपुर नाकामा उनीहरू जम्मा भएका हुन् । भारतमा कोरोना भाइरस तीव्र रूपमा फैलिँदा धेरैको रोजगारी गुमेपछि उनीहरू आफ्नै देश फर्किन सीमा नाकामा आएका हुन् ।

हावाहुरी र पानीमा भिज्दै उनीहरू नेपाल प्रवेश गर्ने प्रतिक्षामा रहेको भएपनि प्रशासनले चासो नदिएपछि उनीहरू चोरबाट खोज्दैछन् ।

भारतले पनि सीमामा आइपुगेका नेपालीहरूलाई राख्न नसकिने चेतावनी दिइसकेको छ । उनीहरूलाई चोरबाटोबाट नेपाल प्रवेश गराउन भारतीय प्रहरीले सहयोगी भूमिका खेलेको छ । 

भारतका विभिन्न शहरबाट नेपाल आउनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएसँगै चोरबाटो प्रयोग गरेर नेपाल प्रवेश गर्न सक्नेछन् । 

रूपन्देहीका १ जना, कपिलवस्तुका ५ जना कोरोना संक्रमित युवकहरू चोरबाटो हुँदै नेपाल प्रवेश गरेका हुन् । त्यस्तै नेपालगञ्जका पहिलो कोरोना संक्रमित ६० वर्षिय पुरुष पनि भारतबाटै लकडाउनको अवधिमा नेपाल छिरेका हुन् । 
अहिलेसम्म नेपाल–भारत सरकारको सहमतिअनुसार नेपालतर्फ रहेका भारतीय नेपालको क्वारेन्टाइनमा छन्, भने भारततर्फ रहेका नेपाली सुनौलीको क्वारेन्टाइनमा राख्ने सहमति छ । तर, भारतले अब सीमा आउने नेपालीलाई क्वारेन्टाइनमा राख्न नसक्ने चेतावनी दिइसकेको छ ।

सरकारले नेपालस्थित सीमामा आलपत्र नागरिकलाई विशेष सावधानीका साथ नेपाल ल्याएर क्वारेन्टाइनमा राख्न पहल नगरेपछि उनीहरू लुकिछिपी चोरबाटोबाट नेपाल प्रवेश गर्न बाध्य भएका छन्, जसले गर्दा नेपालमा कोरोनो संक्रमणको जोखि उच्च देखिएको छ । रातको समयमा प्रहरीको आँखा छलेर खुला सीमाबाट नेपाल प्रवेश गर्ने गर्छन् ।

सीमा क्षेत्रमा नेपाली आउने क्रम बढेसँगै सुरक्षा शर्तकताका विषयमा सुरक्षा निकाय गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले बताए ।

‘केन्द्रबाट कुनै निर्देशन नआएसम्म जिल्लाबाट ल्याउन मिल्दैन, हामीलाई केही निर्देशन आएको छैन,’ प्रहरी उपरीक्षक थापाले भने । 

प्रजिअ पौडेलले भने, ‘हामीले जिल्लाको अवस्था गृह मन्त्रालयमा जानकारी गराएका छौं ।

सीमामा रोकिएका नागरिकलाई उतै (भारततर्फ) पठाउने कि नेपाल ल्याउने भन्नेबारे भारतीय पक्षसँग छलफल चलिरहेको छ, छिट्टै निर्णय होला ।’  

कपिलवस्तुका सीमा क्षेत्रमा आएका नागरिकहरूलाई त्यहाँका केही पालिकाले खानाको व्यवस्था गरेका छन् । 

भारतमा काम नपाउने र कम्पनीहरू बन्द हुन थालेपछि उनीहरू खान र बस्न समस्या भएको भन्दै नेपाल फर्किन बाध्य भएको बताउँछन् ।

कृष्णनगर नाकामा १ सय १७ जना, हर्दौनामा १ सय १३ जना, मर्यादपुरमा ७० जना, चाकडचौडामा ९४ जना, हथिहवामा १६ जना र भिल्मीमा १ सय २६ जना नेपाली नागरिकलाई सीमा क्षेत्रमा सुरक्षाकर्मीले कडाइका साथ नियन्त्रणमा राखेको सशस्त्र प्रहरीका एसपी जनक पूरीले बताए ।

सीमा क्षेत्रमा ३ सय मिटरको दुरीमा सीमा सुरक्षा बलका सुरक्षाकर्मीहरू खटाइएको छ । त्यस्तै पश्चिम नवलपरासी, बाँके र बर्दियाका सीमा क्षेत्रमा पनि हजारौं नेपालीहरू आइपुगेका छन् । उनीहरू एक सातादेखि सीमामा नै भोकभोकै खुला आकाशमुनि रात बिताउन बाध्य छन् ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रशासकीय अधिकृत सागर गौतमले लुकिछिपी प्रवेश गर्नेलाई पक्राउ गरी क्वारेन्टाइनमा राख्ने गरिएको बताए । उनले दैनिक ५/७ जना जिल्लामा लुकेर प्रवेश गर्ने गरेको भेटिएको उनले बताए । 

परासीमा चारवटै नाका पूर्णरूपमा बन्द छन् । खाद्यान्न र अन्य अत्यावश्यकीय वस्तुहरू पनि रूपन्देहीको बेलहिया नाकाबाट भित्र्याउने गरिएको छ ।

खुला सीमाका कारण प्रदेश ५ कोरोना भाइरसको उच्च जोखिममा छ । अहिलेसम्म प्रदेश ५ मा ३० जनामा कोरोना पुष्टि भइसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x