×

NMB BANK
NIC ASIA

राहत बोकेर काठमाडौंका कोठा चहार्दै सांसद

बैशाख २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विशाल भट्टराई यतिबेला काठमाडौँका गल्लीगल्लीमा राहत बोकेर खोटाङ्गे जनताको कोठा चहारिराखेका छन् । विभिन्न कामको सिलसिलामा जिल्लाबाट काठमाडौँ गएर बसोबास गर्दै आएका जिल्लावासी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनका कारण जिल्ला फर्कन नपाएर अलपत्र परेकालाई भोकै बस्न नपरोस् भन्दै सांसद भट्टराई खाद्यान्नसहित जनताको कोठामै पुगेर राहत सामग्री वितरण गरिरहेका हुन् ।

Muktinath Bank

 
‘हुनेबाट लिने र नहुनेलाई दिने’ अभियानअन्तर्गत लकडाउनमा परेर काठमाडौँमा बिचल्ली परेका खोटाङ्गे जनतालाई भोकै हुन नदिन उनीहरुको कोठामै राहत पुर्‍याएको सांसद भट्टराईले बताए । ‘लकडाउनका कारण कोही खोटाङ्गे जनता भोकै बस्नु पर्दैन’, उनले भने, “समस्या भयो भने मलाई यो नम्बर ९८५१०६०२८८ मा फोन गर्नुस् । म तपाईँको कोठामै राहत सामग्री लिएर आउने छु ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही दिनदेखि काठमाडौँमा रहेका  विद्यार्थी, मजदुर, अपाङ्ग र असहाय नागरिकलाई अभियानकै रुपमा राहत सङ्कलन गरेर वितरण गरिरहेको सांसद भट्टराईले बताए । आफूले प्रचारमुखी नभइ लकडाउनको मारमा परेका जिल्लावासीलाई थोरै भए पनि सहयोग गर्ने उद्देस्यले राहत वितरण गरेको सांसद भट्टराईको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

 
सासंद भट्टराईले राहत बाँड्दै हिँडेको तस्वीर समाजिक सञ्जाल फेसबुकमा राख्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका उपप्रमुख विणादेवी राईले राहत वितरण गर्ने व्यक्ति तथा संस्थालाई धन्यवाद व्यक्त गरेकी छन् । ’लकडाउनका कारण काठमाडौँमा अलपत्र बनेर रहनुहुने खोटाङ्गे विद्यार्थी र मजदुरलाई ‘हुनेबाट लिने र नहुनेलाई दिने’ अभियानमा खोटाङका प्रतिनिधिसभा सदस्य भट्टराई, समाजसेवी देवान राई, भक्त थापालगायत राहत वितरणमा खटिरहेका मनकारीलाई देख्दा धेरै खुशी लागेको छ’, उनले लेखेर फेसबुक स्टाटसमा भनिएको छ, “कोरोना भाइरसबाट सिर्जित लकडाउनको यो विपद्को घडीमा सकारात्मक सोच राखेर राहत वितरण गर्ने व्यक्ति तथा संस्था सबैलाई मुरीमुरी धन्यवाद ।” 

Vianet communication
Laxmi Bank

 
सांसद भट्टराईले विभिन्न दातालाई अनुरोध गर्दै सङ्कलन गरिएका सामग्री आफैँ प्याकिङ गर्दै गाडीमा हालेर बूढानीलकण्ठ, महाराजगञ्ज, बसुन्धरा, गोङ्गबु, माछापोखरी, कलङ्की, कीर्तिपुर, भक्तपुर थिमिलगायत ठाउँमा अलपत्र खोटाङ्गे जनतालाई वितरण गरिसकेका छन् । लकडाउनका कारण घर फर्कन नपाएर अलपत्र परेकै ठाउँमा राहत सामग्री पाएपछि खोटाङ्गे जनता पनि हर्षित छन् ।

 
विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा क्रियाशील सांसद भट्टराईले यसअघि नै आफूले राज्यबाट पाउने एक महिनाको सेवासुविधा वापतको रकम कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गरेका थिए । दश स्थानीय तह रहेको जिल्लाका कतिपय स्थानीय तहले पनि लकडाउनका कारण काठमाडौँमा रोकिएका आफ्ना जनतालाई सांसद भट्टराईकै हातबाट राहत वितरण गरिरहेका छन् ।

 
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले भने आफैँ गएर आफ्नो जनतालाई राहत उपलब्ध गराएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा अहिले धमाधम राहत वितरणको काम भइरहेको छ । लामो समयको लकडाउनका कारण नियमित औषधि सेवन गर्न नपाएका दीर्घरोगीलाई समेत जिल्लाका सबै स्थानीय तहले निःशुल्क औषधि खरिद गरेर उपलब्ध गराइरहेका छन् । उच्च रक्तचाप, मधुमेह, बाथ, मुटुरोग, ग्यास्ट्रिक, अल्सर, पिसाब पोल्नेलगायत समस्या भएका र नियमित औषधि सेवन गरिरहेका बिरामीलाई स्थानीय तहका जनप्रतिनिधिले उनीहरुको घरैमा लगेर निःशुल्क वितरण गरेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x