×

NMB BANK
NIC ASIA

लकडाउनका कारण खेतमै कुहियो ५ करोडको तरबुजा

बैशाख २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 सिरहा, महोत्तरी तथा रौतहट जिल्लाका किसानले व्यावसायिकरुपमा खेती गरेका तरबुजा बजारसम्म पु¥याउन नसक्दा कुहिन थालेका छन् । 

Muktinath Bank

कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा ती जिल्लाका करिब  पाँच करोड मूल्यबराबरको खरबुजा खेतमै कुहिएको बताइएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 सिरहा नगरपालिका वडा नं १७ का करिब ५०० भूमिहीन किसानले कमलानदीको बगरमा करिब ५०० व्यावसायिकरुपमा तरकारी तथा तरबुजाखेती गर्दै  आएकामा थिए ।   लकडाउनका कारण बजारसम्म लैजान नसक्दा सो जिल्लामा करिब रु दुई करोडभन्दा बढीको क्षति भएको किसान कारिचरण सदाले जानकारी दिए ।  


Advertisment
Nabil box
Kumari

उनले भने–, “ऋण काढेर कमलानदीको बगरमा हरियो तरकारी तथा तरबुजाको खेती गरेका थियौँ ।  बजारसम्म लैजान नसक्दा ऋण पनि थपियो ।  परिश्रम पनि खेर गयो ।” 

Vianet communication
Laxmi Bank

बेमौसमी वर्षा र लकडाउन जारी रहँदा उत्पादित तरकारी बजारसम्म लान नसक्दा किसान मेहनत खेर गएको छ ।  प्रदेश नं २ सरकारले त्यस्ता किसानको पहिचान गरी क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ । 

महोत्तरी जिल्लाको उत्तरी भेग भङ्गहा, गौशाला, बलुवा, लोहारपट्टिलगायत  गाउँका किसानले सयौँ बिघामा व्यावसायिकरुपमा लगाएका तरबुजा समेत बजारसम्म पु¥याउन नसक्दा समस्यामा परेका बताइएको छ । 

पाकेको तरबुजा बजारसम्म पुर्‍याउन नसक्दा आर्थिक मारमा परेको गौशालाका किसान हजारी साहको गुनासो गरे । उनले लकडाउन अझै थपिए किसानले उत्पादन गरेको तरबुजा खेतमा सड्ने र परिश्रम र लगानी खेरजाने बताए । 

तरबुजा स्वास्थ्यको दृष्टिकोणले ज्यादै फाइदाजनक मानिन्छ ।  उत्पादित तरबुजा बजारसम्म जान नसकेको अर्का किसान रामकृष्ण यादवको गुनासो छ । यहाँ उत्पादित तरबुजा स्थानीय बजार, काठमाडौँ, हेटौँडा, वीरगञ्ज, नारायणगढ, नेपालगञ्ज, गोलबजार सिरहा, धरान, विराटनगरसम्म जाने गर्दथ्यो । 

रौतहट जिल्लामा उत्पादित तरबुजा बजारसम्म पुर्‍याउन नसक्दा क्षति बेहोर्नुपरेको  किसानले गुनासो गरेका छन्  । यसवर्ष डेढ बिघामा तरबुजाखेती  गरेका स्थानीय जिँगडियास्थित किसान राजाराम साहले भने, “अघिल्लो साल तरबुजा बिक्रीबाट राम्रो आम्दानी गरेको तर यो वर्ष लकडाउनपछि बजारसम्म पुर्‍याउन नसकेका कारण घाटा व्यहोर्नु पर्‍यो । ”  

बैंकबाट रु चार लाख ५० हजार ऋण लिएर सो खेतीमा लगानी गरेको तर यो वर्ष समयमै बजार पुर्‍याउन नसकेका कारण गोदाम तथा खेतबारीमै  कुहिन थालेको उनले चिन्ता व्यक्त गरे ।

यसपटक उत्पादन भएको १० क्विन्टलभन्दा बढी तरबुजा गोदाममै रहेको उनको भनाइ छ । प्रतिकट्ठा १५ क्विन्टलसम्म तरबुजा फलेको भए पनि लकडाउनका कारण बजार नपाउँदा आर्थिक भार व्यहोर्नु परेको उनले दुखेसो पोखे ।
वीरेन्द्र कर्ण रारास

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x