कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
सङ्घीय संसद्को महत्वपूर्ण समिति राज्य व्यवस्था तथा सुशासन समितिले भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी उद्घाटन गर्नुले भारतको नीति अतिक्रमणकारी भएको ठहर गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले मुलुकको सार्वभौमिकतामाथि हस्तक्षप र थिचोमिचो गरी तेस्रो मुलुक पुग्ने सडक निर्माण गर्नु अतिक्रमणकारी नीति भएको ठहर गर्दै भारत सरकारको यस कदमप्रति भत्सर्ना र खेद प्रकट गरेको छ।
समितिले गत कात्तिक २५ गते विवादित क्षेत्रका विषयमा मुलुकको सीमा रक्षाका लागि नेपाल सरकारलाई दिएको सातबुँदे निर्देशन दृढतापूर्वक पालना गर्न र वैशाख ७ गते दिएको १५ बुँदे सुझावसमेत कार्यान्वयन गर्नसमेत भनेको छ। भारतले ८ मार्च २०२० मा पिथौरागढबाट नेपालको कालापानीको गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी उद्घाटन गरेको थियो।
भारत सरकार स्वयंले उक्त स्थान नेपाल–भारतबीच विवादित भूभाग भनी दुई पक्षीय समझदारीद्वारा हल गर्नुपर्ने स्वीकार गरिसकेको अवस्थामा अहिले एकलौटी सडक निर्माण गर्नु नेपाली सार्र्वभौमिकतामाथिकै प्रहार भएको समितिका सभापति शशी श्रेष्ठले बताइन्। सन् १८१६ को सुगौली सन्धिअनुसार भौगोलिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक प्रमाण, लिखत, नक्सा, तथ्य र महाकाली पूर्वको भूभाग नेपालको अखण्ड सार्वभौमिकताभित्र रहेको प्रमाणित छ। त्यसमा काली नदीको मुहान लिम्पियाधुरा रहेको र उक्त स्थान नेपाल, भारत र चीनबीचको त्रिदेशीय विन्दु रहेको सत्य हो।
समितिले लिम्पियाधुरादेखि पूर्व कालापानी, लिपुलेक लगायतका सम्पूर्ण भागबाट भारतीय सैनिक फिर्ता गरी नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको सम्मान गर्न, अतिक्रमणकारी कदम त्याग्न, छिमेकीसँगको मैत्रीपूर्ण सम्बन्धको सम्मान गर्न, पञ्चशीलको सिद्धान्तका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धको कार्यान्वयन गर्न भारत सरकारलाई आग्रहसमेत गरेको छ। ‘यस सम्बन्धमा आफ्नो सार्वभौम क्षेत्रको रक्षाका लागि संवादद्वारा पहल गर्न सरकारलाई निर्देशन गर्दछ, अन्यथा भएमा उक्त विषय अन्तर्राष्ट्रियकरण गर्न सुझाव प्रदान गर्दछ,’ समितिको निष्कर्ष सुनाउँदै सभापति श्रेष्ठले भने।
बैठकको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू, देवेन्द्रराज पाण्डे, अमरेशकुमार सिंह, डिला सङ्ग्रौलाले सुगौली सन्धिका आधारमा छलफल अघि बढाउनुपर्नेमा जोड दिए। सांसद बडूले भने, ‘यस विषयमा सरकारले विगतमा पनि गम्भीर ढङ्गले पहल गर्न सकेन, अहिले पनि सडक उद्घाटन गर्दासमेत सरकार बेखबर जस्तो बन्नु दुःखद हो, हामी साथ दिन तयार छौँ, के परिस्थिति आयो, के समस्या भयो, प्रधानमन्त्रीले जवाफ दिनुप¥यो।’
नेकपाका सांसद जनार्दन शर्मा, लालबाबु पण्डित, झपडबहादुर रावल, रेखा शर्मा, नवराज सिलवाल, यशोदा सुवेदी, वृजेशकुमार गुप्ता, महेश्वरजङ्ग गहतराजले सडक निर्माण भएर उद्घाटन गर्दासमेत कुनै पहल नथालिनु दुःखद भएको बताए। कोरोना महामारीको अवस्थामा मौका छोपेर भारतले सडक उद्घाटन गर्नु खेदजनक भएको समितिका सदस्य तथा नेकपाका सांसद शर्माले बताए। उनले सीमा रक्षाका लागि सबै उपाए अपनाउन सरकारसँग अनुरोध गरे। ‘यस बारेमा भारतीय जनतालाई पनि नेपाली भूमि मिचिएको हो भनेर सूसुचित गराउनुपर्छ, सरकारले नोट जारी गरेर मात्रै पुग्दैन, सबै खाले उपाय अपनाउनुपर्छ,’ शर्माले भने। कतिपय सांसदले समस्यालाई अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्नेमा जोड दिएका थिए।
बैठकमा समितिका अन्य सदस्यहरु प्रेम सुवाल, रामशाहप्रसाद यादव, लक्ष्मीकुमारी चौधरीले नेपालको भूमि जोगाउन जस्तोसुकै परिस्थिति आए पनि सामनाका लागि सरकारको साथ रहने भन्दै ठोस कदम उठाउन आग्रह गरेका थिए। गत कात्तिक १८ मा लिम्पियाधुरा, लिपुलेकलाई समाहित गरेर भारतले एकतर्फी रुपमा राजनीतिक नक्सा जारी गरेको थियो । त्यसको २३ गते बसेको बैठकमा सीमाको विषयमा संयुक्त राजनीतिक सहमति जुटेको थियो । त्यसपछि सचिवस्तरीय बैठक बसेर पहल गर्ने भनिए पनि हुन सकेको थिएन । अहिले फेरि सडक निर्माण गरेर सीमा समस्या थप पेचिलो बन्न पुगेको छ ।
भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा अतिक्रमण भएको जनाइएको छ । सन् १८१६ मार्च ५ को सुगौली सन्धिको धारा ५ मा लिम्पियाधुराभन्दा पूर्वको भूभाग नेपालको हो भनेर लेखिएको सबैभन्दा ठूलो प्रमाण छ । नेपालको ४७२ वर्गकिलोमिटर भूभाग हडप्ने खालको स्थिति सह्य हुन नसक्ने नेकपाका सांसद नवराज सिलवाल बताउँछन्।
सन् २०१४ को अगस्त ४ मा भारतका प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा भएको ३५ बुँदे सहमतिको १२औँ बुँदामा कालापानी र सुस्ताको विषय विवादित भएको भनेर भारतले स्वीकार गरिसकेको अवस्थामा २०१५ को मे १५ मा भारत र चीनबीच उक्त सडक निर्माणको सम्झौता भएको थियो । त्यसको विरुद्धमा नेपालले आफ्नो कूटनीतिक नोट पठाएर आपत्ति जनाइसकेको थियो । तर पनि भारतले सीमा अतिक्रमण रोकेको थिएन भने नेपालबाट थप कूटनीतिक प्रयास कमजोर भएको देखिन्छ । –नारायण ढुङ्गाना/ रासस
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...