प्रदेश  १ बाट थप दुई कोरोना संक्रमित निको भई घर फर्के

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ थप दुईजना बिरामी आइतबार साँझ निको भई  घर फर्केका छन्। घर फर्केनेमा भोजपुर जिल्ला हतुवागढीका–६ का २६ वर्षीय उपेन्द्र राई र झापा बाह्रदशीका ४० वर्षीय महाजिर आलम छन् । 

यसअघि केन्द्रबाट गत सङ्क्रमितहरु वैशाख २४ गते ६ र वैशाख २६ गते आठजना निको भई घर फर्किसकेका  छन्। घर फर्कने राई गत वैशाख १३ र आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए। उनीहरुको पछिल्लो दुईपटक गरिएको थ्रोट स्वाब (पिसिआर) परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्राले बताइन्।


Advertisement

राईले गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएको बताए भने झापा बाह्रदशीका आलमले  फागुन २७ गते भारतबाट घर आएको जानकारी दिए।  
 
केन्द्रबाट सङ्क्रमित निको भई सोमबार दुईजना गरी जम्मा घर फर्कनेको सङ्ख्या १६ पुगेको छ। केन्द्रमा शनिबार तीन र आइतबार एक गरी जम्मा १९ जना सङ्क्रमितको उपचार भइरहेको सुपरिटेन्डेन्ट डा मिश्राले बताए।


Advertisement

कमेन्ट गर्नुहोस्