सीमामा अलपत्र परेकालाई स्वदेश फर्काउन सांसदको माग

फाइल फोटो।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सदस्यहरुले भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन सरकारसँग माग गरेका छन् । सीमा क्षेत्रमा भोकभोकै बस्नुपर्ने अवस्था आएको भन्दै नेकपामा सांसदहरुले तत्काल उद्धार गरी उनीहरुको उचित व्यवस्थापन गर्न आग्रह गरेका हुन्।

नेकपाका सांसद, पूर्वमन्त्री जनार्दन शर्माले सीमा क्षेत्रमा नेपाली अपलत्र परेको भन्दै स्वदेश ल्याउने वातावरण तयार पार्न सरकारसँग आग्रह गरे। नेकपाका अर्का सांसद झपटबहादुर रावलले सीमापारि जोखिम मोलेर नेपाली बस्न बाध्य भएको भन्दै उनीहरुलाई फिर्ता ल्याउन आग्रह गरे।  


Advertisement

नेकपाकै अर्का सांसद वृजेशकुमार गुप्ताले कोरोनाका कारण सीमा क्षेत्रमा अलपत्र अवस्थामा नेपाली बसिरहनु दुःखद भएको बताए। उनीहरुलाई भारतले समेत धपाइरहेकाले अवस्था गम्भीर बनेर भन्दै तत्काल स्वदेश ल्याउनुपर्ने आवश्यकता औँल्याए। सांसद महेश्वरजङ गहतराजले भारतले आफ्नो क्षेत्रबाट क्वारेन्टाइन हटाइसकेको जिकिर गर्दै धेरै नेपाली सीमामा अड्किएर बसेको बताए। अर्का सांसद लक्ष्मीकुमारी चौधरीले सुत्केरी, महिला, अशक्त, गर्भवती तथा किरियापुत्रीसमेत सीमा क्षेत्रमा अलपत्र परेको भन्दै उद्धार गरी स्वदेश ल्याउन माग गरे।

यस विषयमा राज्य व्यवस्था तथा सुशासन समितिले यसअघि दिइएको निर्देशन पालना गर्न सरकारलाई पुनः आग्रह गरेको छ । सोही क्रममा नेपाल र भारतले पनि सीमावर्ती क्षेत्रमा क्वारेन्टाइन बनाएर अलपत्र परेकालाई व्यवस्थापन गर्दै आएको छ । 


Advertisement

कमेन्ट गर्नुहोस्