×

NMB BANK
NIC ASIA

अमेरिकाले आफूविरुद्ध लगाएको आरोपको खण्डन गर्दै चीनले लेख्यो ११ हजार शब्दको लेख

बैशाख २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाले कोरोनाभाइरस व्यवस्थापका सम्बन्धमा आफूमाथि २४ वटा व्यर्थ आरोप लगाएको भन्दै चीनले लामो खण्डन आलेख प्रकाशन गरेको छ । 

Muktinath Bank

तीस पृष्ठ लामो अनि ११ हजार शब्दको उक्त लेख चीनको परराष्ट्र मन्त्रालयको वेबसाइटमा शनिवार पोस्ट गरिएको हो । चीनले प्रेस ब्रीफिङहरूमा गर्ने खण्डनलाई नै यसमा दोहोर्‍याइएको र विस्तार गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अमेरिकाका परराष्ट्रमन्त्री पम्पेओ, मन्त्रालयका प्रवक्ता र अन्यले अन्तर्वार्ताहरू दिइरहेका छन् र त्यसक्रममा कोभिड–१९ का सम्बन्धकमा चीनमाथि अनावश्यक आक्रमण गरिरहेका छन् । चीनले महाव्याधि रोक्न शीघ्र कदम नचालेको र सही आँकडा उपलब्ध नगराएको र उसलाई जवाफदेही बनाउनका लागि अनुसन्धान गर्न भनी अमेरिकाले आह्वान गरेको छ । हामीले आफ्नो अडान स्पष्ट पारिसकेका छौं । तर अमेरिकाले झूटहरू लगातार दोहोर्‍याइरहेको छ ।


Advertisment
Nabil box
Kumari

संसारले तथ्यमार्फत सत्य देख्नका लागि हामीहरूले प्रयास गरिरहनुपर्छ,’ चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले बताइन् । 

Vianet communication
Laxmi Bank

आरोपका बारमा बोल्दै उनले भनिन्, ‘उनीहरूले चीनले तत्काल काम नगरेको दाबी गरे । कोभिड–१९ ले शुरूमै चीनलाई शुरूमै असर पारेको थियो । हामीहरूले महाव्याधि व्यवस्थापनमा गरेको कामको समयरेखा लगातार सार्वजनिक गरिरहेका छौं । उनीहरूले चीनको संक्रमित तथा मृतक संख्याको तथ्यपरकतामा प्रश्न उठाएका छन् । आफ्नो मृतक संख्या अन्य देशको भन्दा कम देखाउनका लागि कसैले झूट बोल्छ भनी सोच्नु मानसिक रोग हो । यो केटाकेटीको खेल हैन ।’

वुहानमा पुष्टि हुनुअघि अमेरिकीहरूलाई भाइरसको संक्रमण भइसकेको हो भन्ने समाचारलाई पनि चीनको आलेखमा उद्धृत गरिएको छ । तर यस विषयमा कुनै प्रमाण उसले प्रस्तुत गरेको छैन । 

अनि वुहानको प्रयोगशालामा भाइरस बनाइएको भन्ने आरोपको खण्डन गर्दै चीनले उक्त प्रयोगशालामा भाइरसलाई सिन्थेसाइज गर्ने क्षमता नरहेको र भाइरस मानिसले बनाएको हैन भनी पुष्टि गरिसकिएको बताएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x