×

NMB BANK
NIC ASIA

अमेरिका र चीनबीच विचारधाराको भन्दा पनि प्रविधिको स्वामित्वका लागि युद्ध हुने सम्भावना

बैशाख २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

संसारका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको तनाव बढ्दै गएको छ । डरलाग्दो कुरा चाहिँ दुवै देशका राष्ट्रवादीहरूसँग तनाव चर्काउनका लागि आआफ्नै कारण विद्यमान छन् । 

Sagarmatha Cement
Muktinath Bank

कोरोनाभाइरस संकटका विषयमा अपमान र आरोपहरू बढ्दै जाँदा संसारको सबभन्दा महत्त्वपूर्ण सम्बन्ध निकै ओरालो लागेको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले महाव्याधि रोक्न विफल भएपछि चीनलाई बलिको बोको बनाइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेइजिङ चाहिँ देशभित्रको असन्तुष्टिबाट ध्यान मोड्नका लागि अमेरिकासँग जोरी खोजिरहेको छ र अमेरिकाले कोरोनाभाइरस व्यवस्थापनमा देखाएको लाचारीका कारण आफ्नो राजनीतिक प्रणाली श्रेष्ठ रहेको प्रचारबाजी गर्दैछ । 


Advertisment
Nabil box
Kumari

तर राजनीतिक भिडन्तले कमजोर बनेको भूराजनीतिक सन्तुलनमा अपूरणीय क्षति पुर्‍याउने सम्भावना छ । त्यससँगै ताइवान वा दक्षिण चीन समुद्र लगायतका स्थानमा गलत निर्णय लिँदा युद्ध भड्किने सम्भावना छ । 

Vianet communication
Laxmi Bank

यससँगै २१औं शताब्दीलाई नै परिभाषित गर्ने गरी अमेरिका र चीनबीच शीतयुद्धको सम्भावना रहेको भनी तात्तातो बहस हुन थालेको छ । 

तर दोस्रो विश्वयुद्धपछि आणविक शक्तिसम्पन्न दुई मुलुक अमेरिका र सोभियत रुसबीचको शीतयुद्ध अहिले अमेरिका र चीनबीचको द्वन्द्वसँग तुलना गर्न मिल्दैन । अबको भिडन्त विचारधारामा भन्दा पनि प्रविधि, उत्पादन, व्यापार, भौतिक संरचना र कृत्रिम बौद्धिकता, विदेशी बजार, सैन्य श्रेष्डता तथा एसियामा रणनीतिक प्रभुत्वमा सक्रिय प्रतिस्पर्धामा केन्द्रित हुनेछ । 

वाशिङटनले विगत ५० वर्षदेखि चीनलाई शान्तिपूर्ण रूपमा महाशक्ति बनाउनका लागि काम गर्ने नीति लिएको थियो । तर ट्रम्पले चीनसँग भिडन्तको बाटो अपनाएका छन् । पुरानो नीतिका कारण अमेरिकी प्रभुत्वमा खतरनाक जोखिम आइलागेको तर्क उनले गरेका छन् । 

आफ्नो शक्तिमा गर्व गर्दै चीनले पश्चिमी मुलुकहरूको नियम नअपनाउने नीति अंगीकार गरेको छ । पश्चिमका ती नियमहरूलाई चीनले साम्राज्यावादका दृष्टिमा हेर्ने गरेको छ । 

‘दुवै पक्ष भिडन्तमा जान चाहन्छन् जस्तो मलाई लाग्दैन,’ सेन्टर फर स्ट्राटेजिक यान्ड इन्टरनेसनल स्टडीजका जुड ब्लान्चेट भन्छन् । ‘आफूहरू शक्तिशाली रहेको थाहा पाएर नै यो भिडन्तको स्थिति बनिरहेको हो जस्तो मलाई लाग्छ । त्यो नौलो कुरा हो ।’

सीएनएनबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x