×

NMB BANK
NIC ASIA

किम जोङ उनको जीवनमा प्रभाव जमाउने तीन महिला को हुन् ?

बैशाख २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो योजनाका विषयमा मानिसहरूलाई अनुमानमा भुलाउने गरेका छन् । अनि उनको जीवनमा रहेका महिलाहरूका विषयमा पनि किमले विश्लेषकहरूलाई रनभुल्ल पार्ने गरेका छन् । 

Muktinath Bank

किमको भित्री वृत्तमा तीनजना बलिया तथा सुन्दर महिला छन् । तीमध्ये एकजना उत्तर कोरियाकी पपस्टार हुन् र किमकी प्रेमिका समेत हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालैका दिनमा किमकी बहिनी किम यो जोङले मिडियाको निकै ध्यान आकर्षण गरिन् । शक्तिशाली संगठन तथा निर्देशन विभागकी प्रमुख यो जोङ किमको मृत्यु भएमा वा उनी काम गर्न नसक्ने गरी बिरामी भएमा देशको अर्को नेता हुने विभिन्न समाचार आए । 


Advertisment
Nabil box
Kumari

तर किमकी पत्नी री सोल–जुको प्रभाव पनि बढिरहेको छ र उनले कुनै यो प्रभाव हल्लाखल्ला नगरिकन अनि कसैको ध्यान आकर्षण नगराइकन हासिल गरेकी हुन् । कुनै बेलाकी गायिका रीको किमसँग मागी विवाह भएको हो । 

Vianet communication
Laxmi Bank

‘किमकी पत्नीलाई राजनीतिक खेलाडी बन्ने कुनै महत्त्वाकांक्षा छैन तर सम्भ्रान्त वर्गले उनको सम्मान गर्छ,’ उत्तर कोरियाको विश्लेषण गर्ने ब्रुस बेख्तोलले बताए । उनी अमेरिकाको डिफेन्स इन्टेलिजेन्स एजेन्सीका पूर्व सदस्य हुन् । 

‘उनी अत्यन्तै राम्री छिन् र किमलाई केही भइहाले पनि आफू र आफ्ना सन्तान सुरक्षित हुने उनलाई थाहा छ । उनीहरूले रीलाई मार्दैनन्, बढी नै गरे भने देशबाट बाहिर पठाउँछन् होला ।’

तर यी दुईबाहेक किमको जीवनमा अर्की एक महिला छिन् । किमकी प्रेमिका मानिने ह्योन सोङ–वोल मोरानबोङ सांगीतिक समूहकी गायिका हुन् । उनी पनि कुनै बेलामा मरेको ठानिएको थियो । 

तर उनी मरेको खबर झूटो ठहरियो । अहिले उनी किमकी निकट सहयोगी हुन् र किमकी बहिनीले कुनै बेलामा ओगटेको डाइरेक्टर अफ दी इभेन्ट पद उनले सम्हालिरहेकी छन् । 

केही समाचारहरूमा किमलाई ह्योनसँग विवाह गर्न किम जोङ इलले रोकेको तर उनको मृत्युपछि दुईजनाबीच रोमान्टिक सम्बन्ध पुनः कायम भएको लेखिएको छ ।

‘ह्योन शक्तिशाली महिला हुन्,’ उत्तर कोरियाबाट भागेर अमेरिकामा बसिरहेका जेसन ली बताउँछन् । ‘उनी किमपत्नी रीभन्दा शक्तिशाली छिन् तर बहिनी यो जोङ जति शक्तिशाली चाहिँ हैनन् ।’

‘किम आफ्नी पत्नीलाई माया गर्छन्,’ एनके लीडरशिप वाचका निर्देशक तथा संस्थापक माइकल म्याड्डेनले बताए । ‘तर ह्योनको संलग्नता पनि एक हदसम्म बलियो छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x