×

NMB BANK
NIC ASIA

कोरोनाका पछिल्ला संक्रमित - चितवनबाट पैदल हिंडेरै सप्तरी, स्वाब संकलनपछि फरार !

बैशाख २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एक जना १८ वर्षीय युवामा कोरोना पोजेटिभ संक्रमण पाइएको छ । नगरपालिकाका प्रमुख शिवनारायण साहले उक्त कुराको पुष्टि गरेका छन् ।

Muktinath Bank

तर संक्रमित युवा अहिले फरार छन् । केही दिनअघि स्वाब संकलन गराएपछि उनी घर फर्केका थिए । उनलाई लिन जाँदा उनी घरमा नभेटिएको प्रहरीले जानकारी दिएको छ । उनी र उनको हजुरआमा दुवै घरमा नभएको प्रहरीले बतायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा स्वाब परीक्षण गर्दा ती युवामा संक्रमण पुष्टि भएको थियो ।


Advertisment
Nabil box
Kumari

प्रमुख साहका अनुसार ती युवा चितवनमा काम गर्थे । लक डाउन भएपछि उनीसँगै करीब १५ देखि १७ जनाको समूहमा पैदल हिंडेर राजमार्ग हुँदै सप्तरी आएका थिए । उनी सप्तरी आएको २० दिन भएको थियो ।

Vianet communication
Laxmi Bank

‘नगरपालिकामा आउनेबित्तिकै ती सबै युवालाई डाक्नेश्वरी नगरपालिकाको एउटा विद्यालयमा संचालित क्वारेनटाइनमा राखेका थियौं,’ साहले भने,‘ त्यसपछि सबै जनाको आरडीटी टेस्ट गरेका थियौं ।’ 

टेस्टमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको थियो । साह भन्छन् – ‘तर, पनि हामीले क्वारेनटाइनमा बसेका ६ जनाको स्वाब संकलन समेत गराएका थियौं ।’

साहले थपे - ‘तर रिपोर्ट आउन समय लागेको कारण ३ दिनअघि ती व्यक्तिलाई क्वारेन्टाइनबाट घर फर्काइएको थियो । उनी घर फर्केपछि आफ्नो घर परिवारका सदस्यहरुसहित विभिन्न मानिसहरूको सम्पर्कमा आएका रहेछन् ।’ त्यो नै सबै भन्दा बढी खतराको बिषय बनेको उनले बताए ।

संक्रमण पुष्टि भएका ती युवाको खोजीमा प्रहरी लागेको छ । ‘संक्रमितको खोजी जारी छ, भेटिएपछि सदरमुकाम राजविराज पठाउने तयारीमा छौं,’ नगर प्रमुख साहले भने,‘अब जिल्लाले नै उपचारका लागि कहाँ पठाउने भन्ने निर्णय गर्ला ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x