×

NMB BANK
NIC ASIA

कोरोनाको सुरक्षा मापदण्ड नअपनाए उद्योग सञ्चालन अनुमति रद्द हुने

बैशाख २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रेपलाञ्चोकमा न्यूनतम स्वास्थ्य–सुरक्षा मापदण्ड नअपनाउने उद्योगको सञ्चालन अनुमति तत्काल रद्द गरिने भएको छ । 

Muktinath Bank

जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएको भन्दै न्यूनतम स्वास्थ्य–सुरक्षा मापदण्ड नअपनाइएका उद्योगको सञ्चालन अनुमति तत्काल रद्ध गरिने भएको हो । यसका लागि केन्द्रले उद्योगहरुमा स्वास्थ्य–सुरक्षा मापदण्ड लागू भए नभएको त्यसको अनुगमन गर्ने छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई खतिवडाको संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरेको केन्द्रले जनाएको छ । समितिले उद्योगका कामदारको आवास व्यवस्थापन तथा उद्योगमा स्वास्थ्य–सुरक्षाबारे अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने “समितिलाई अगुगमनका क्रममा उद्योगमा न्यूनतम स्वास्थ्य–सुरक्षा अवलम्बन नगरेको देखिए तत्काल सञ्चालन अनुमति रद्द गरिने अधिकार दिइएको छ ।” उनका अनुसार लकडाउन खुकुलो बनाएपछि जिल्लामा उद्योग तथा कलकारखाना सञ्चालनमा आउने भएकाले अनुगमन समिति बनाइएको हो । 


Advertisment
Nabil box
Kumari

जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, व्यवस्थापन कमाण्ड पोष्टले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्ने जनाउँदै काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाकामा नागरिकको आवतजावत बन्द गरिएको एक दिनपछि अर्थात् गत शुक्रबार केन्द्रले लकडाउन खुकुलो बनाउँदै सुरक्षाको मापदण्ड र सामाजिक दूरी कायम गरी विभिन्न उद्योग तथा विकास–निर्माण सम्बन्धित आयोजना सञ्चालन गर्न दिइने निर्णय गरेको थियो । तर, केन्द्रले जिल्लाको कुनै क्षेत्रमा कोराना भाइरसको सङ्क्रमणको जोखिम देखिएमा सो क्षेत्र वा जिल्लाभरि नै निश्चित अवधिसम्मका लागि स्थानीय प्रशासनले सबैमा रोक लगाइने शर्त राखेको छ । 

Vianet communication
Laxmi Bank

केन्द्रका अनुसार कृषि तथा पशुपक्षीजन्य दूध, तरकारी, माछा, कुखुरा, अण्डा र दाना उत्पादन गर्न पाइने छ भने मल तथा बीउबिजका ढुवानी र बिक्री गर्न पाइनेछ । साथै, शीतभण्डारसमेत सञ्चालन गर्न पाइने केन्द्रले निर्णय गरेको छ ।

काभ्रेपलाञ्चोकमा सञ्चालित सडक आयोजना, नदी नियन्त्रणका कार्य तथा शहरी पूर्वाधारका योजनाहरु एक स्थानमा अधिकतम १० भन्दा कम मजदुरले काम गर्ने गरी लकडाउन केही खुकुलो बनाइएको हो । सरकारको गत हप्ताको पत्रानुसार सबै क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सामाजिक सेवातर्फका बैंक, विद्युत्, खानेपानी, सञ्चार, फोहरमैला व्यवस्थापन तथा दमकल सुञ्चालन हुनेछन् । साथै, पानी, ग्यास, पेट्रोलियम पदार्थ बोकेका भन्सार पास भएका सबै प्रकारका सवारी साधन सञ्चालन हुन पाउनेछन् । 

यस्तै, उद्योगतर्फका चामल, चिउरा, पिठो, पाउरोटी, तेल, दाललगायत घरेलु साना उद्योग सञ्चालन हुनेछन् । साथै, बढीमा तीन मजदुर सञ्चालन गर्न पाउने वर्कसप, प्लम्बिङ, इलेक्ट्रोनिकल सेवा सञ्चालन हुने केन्द्रले जनाएको छ । तर, विश्वविद्यालय, क्याम्पस, विद्यालय, सिनेमा हल, होटल, बार र रेष्टुरेन्ट तथा पार्टी प्यालेस, फनपार्क, रङ्गशाला, खेलकूदस्थल, फुटसल, जिमखाना, फिटनेस सेन्टर, सैलुन, ब्यूटिपार्लर सञ्चालन हुन पाउने छैनन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x