वाग्मती प्रदेश सरकारद्वारा अध्यादेश जारी

बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेल।

वाग्मती प्रदेश सरकारले वातावरण संरक्षणको व्यवस्था गर्न बनेको अध्यादेश २०७७ जारी गरेकाे छ।

 


Advertisement

वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा २०२ को उपधारा १ को अधिकार प्रयोग गरी वाग्मती प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरी पठाएको प्रदेशमा वातावरण संरक्षणको व्यवस्था गर्न बनेको अध्यादेश २०७७ लाई साेमबार जारी गरेका हुन्।

 वाग्मती प्रदेशसभाको बैठक हाल सञ्चालनमा नरहेकाले वाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गत वैशाख २२ गते बसेको बैठकले सो अध्यादेश ल्याउन सिफारिस गरेअनुसार साेमबार नै प्रदेश प्रमुख प्रसाईंले सो अध्यादेश जारी गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश तामाङले बताए।


Advertisement

कमेन्ट गर्नुहोस्