माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
शताब्दीकै ठूलो महामारीले संसारको मानव जीवन सङ्कटमा पारेको छ ।
कोरोना भाइरस (कोभिड–१९) नाम दिइएको भाइरसले लाखौँ मानिसको ज्यान गइसकेको छ । संसारभरि नै मानिस घरभित्र बसेर एक जीवाणुुसँगको हतियारविहीन लडाइँमा छन् । यो भाइरस र एकान्तबासको अवस्था कहिले हटेर जान्छ थाहा छैन ।
विज्ञका अनुसार यसको असर दुई वर्षसम्म रहन सक्छ । यस्तो अवस्थामा कोरोना कहरपछि विश्वका मानिसको आनीबानी, सामाजिक जीवनका व्यवहार र शैली कस्तो होला ? अनुमान भइरहेका छन् । कोरोना महामारी सकिए पनि यसले मानिसको जीवनमा लामो समय असर रहने पक्का छ । अहिले मानिसले चर्चा गरिरहेका विषयमा संस्कार तथा वित्तीय व्यवहार छन् ।
अभिवादन नमस्ते
महामारीको यो हुण्डरीले हाम्रो व्यक्तिगत तथा सामाजिक व्यवहारमा थुप्रै परिवर्तन ल्याएको छ । अँगालो र चुम्बन त परको कुरा, ‘ह्यान्डसेक’बाट समेत वञ्चित भएर बस्नुपर्ने पश्चिमा समाजको विवशता त हामी अनुमान पनि गर्न सक्दैनौँ ।
यसबीच विश्वका ठूला नेताले अभिवादनमा ‘नमस्कार’ अर्थात् ‘नमस्ते’ गरेका कुरा पनि मूलधारका राजनीतिभन्दा कम चर्चित छैनन् । गत मार्चमा ब्रिटिस क्याबिनेटका सदस्यलाई राजकुमार चाल्र्सले गरेको नमस्तेदेखि फ्रान्सका राष्ट्रपति इमानुएल मेक्रोनसम्म नमस्तेका तस्बिर इन्टरनेटमा भाइरल बने ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त नागरिकलाई हात मिलाउनुको सट्टा नमस्ते गर्न अपिल नै गर्नुभयो । नमस्तेको कहानी यत्तिमै सकिँदैन, विश्व शक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसमेतले नमस्तेलाई ‘नन–कन्ट्याक्ट ग्रिटिङ्स’ भनी प्रशंसा गर्नुभयो । कोरोनाबाट बच्न गरिएको ‘नमस्ते’ भविष्यमा स्वच्छ र सभ्य अभिवादनको विश्वव्यापी मानक बन्ला ? विद्वान्बीच चर्चा भइरहेको छ ।
प्रिन्सटन युनिभर्सिटीका मनोविज्ञान प्राध्यापक अल्क वेबर मानिसका बानी र व्यवहार आर्थिक सामाजिक सन्दर्भसँगै परिवर्तन हुन्छन् । स्वास्थ्यका लागि बानी परिवर्तन नहुने कुरै छैन । पश्चिमी जीवनशैली हस्त मिलन अर्थात् ह्यान्डसेकबिना कस्तो होला ? परिचर्चा भइरहेको छ भन्छन् ।
प्रविधिमा बढी निर्भर
हुन त भौतिक तथा प्राविधिक विकासका उच्चतम अवस्थामा पुगेका देशको दैनिक जीवन यसअघि नै ग्याजेटमा कैद भइसकेको छ । कोरोना महामारीमा मानव जाति घरमै थुनिँदा अब साँच्चै डिजिटल डिभाइसको महŒव महसुस भएको हुन सक्छ ।
कोरोना महामारीबीच नै फेसबुकले एउटा इमोटिकनको विकास गरी सार्वजनिक ग¥यो । मायाको भावमा दुई हातले अँगालो हालेको यो इमोको नाम ‘केयर’ दिइएको छ । जसको अर्थ ‘परिस्थितिले टाढा रहे पनि पर्वाह गरेको छु भन्ने हुन्छ ।
विश्वव्यापी श्रम प्रवाहका कारण नेपालजस्ता देशका युवा लाखौँको सङ्ख्यामा विदेशमा छन् तर यस्तो बन्दाबन्दीमा पनि परिवारसँग नजिक गराएको छ, उही फेसबुक, इमो, ह्वाट्सयापले ।
यसरी हेर्दा खुसी, माया, दयाजस्ता कुराको प्रसार र अभिव्यक्ति पनि अब डिजिटलाइज्ड भएको छ । म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीकी प्राध्यापक शेरी टर्कल पनि मानिसले मानवीय गुण डिभाइसमा भरेको विचार राख्छन् ।
नेपालमै बन्दाबन्दीका कारण इन्टरनेट, बिजुली, पानी, टेलिफोन, डिसहोमको बक्यौता तथा शुल्क तिर्न ई–बैङ्किङ सेवा नलिएकोमा पछुतो मान्ने धेरै छन् । गोरखापत्र दैनिकमा खबर छ ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...