×

NMB BANK
NIC ASIA

'बजेटमा जीवनरक्षा पहिलो प्राथमिकता'

बैशाख ३०, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ आर्थिक वर्षको बजेटको पहिलो प्राथमिकता जीवनरक्षा भएको बताएका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम गर्ने प्रयासमा अर्थतन्त्रमा देखिएका समस्याहरूको निराकरणसँगै नागरिकको जीवनरक्षा गर्न सरकार प्रतिबद्ध भएकोले त्यसलाई बजेटमा प्राथमिकता दिइने उनले स्पष्ट पारे ।

Sagarmatha Cement
Muktinath Bank

आर्थिक गतिविधि र स्वास्थ्य सुरक्षालाई सँगसँगै अगाडि बढाउन खोजिएको प्रसङ्ग जोड्दै उनले भने, 'यी दुवैको सन्तुलन मिलाउन खोजेका छौँ ।' अर्थमन्त्री डा. खतिवडाले राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रिबजेट छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए । सोमबारको बैठकमा उनले बजेटको प्राथमिकताका विस्तृत पक्ष स्पष्ट पारे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगामी बजेटमा स्वास्थ्य र कृषि क्षेत्रमा लगानी बढाउँदै यी क्षेत्रलाई बलियो पारिने बताउँदै उनले कृषि उत्पादन बढाएर बजार र उपभोक्तासम्म जोड्नेतर्फ बजेट केन्द्रित हुने आश्वस्त गरे। विदेशमा रहेका नेपाली फर्केर आउँदा ग्रामीण कृषिमा संलग्न गराएर रोजगारी र उत्पादन बढाउँदै आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्न खोजिएको उनले स्पष्ट गरे।


Advertisment
Nabil box
Kumari

उनले भने, 'कृषकले आफ्नो उत्पादनको सही मूल्य पाउने अवस्था सिर्जना गर्न बजार र कृषि उत्पादनको माग बढाउन सक्नुपर्छ त्यसका लागि क्रय शक्ति बढाउने गरी बजेट ल्याउने छ । सन्तुलित विकास भनेको पनि यही हो । त्यसतर्फ बजेट परिलक्षित हुनेछ ।' 'बजेटको सिद्धान्त र प्राथमिकताहरू समय सन्दर्भ, बदलिँदो विश्व परिस्थिति, नयाँ आकाङ्क्षा र आवश्यकताका आधारमा शैली र बाटो पनि परिवर्तन गर्दै जानुपर्ने छ,’’ उनले भने, 'नयाँ परिवर्तित अवस्थाले प्राथमिकता फेरिएका छन् ।'

Vianet communication
Laxmi Bank

प्रदेश र स्थानीय तहलाई बलियो बनाउँदै लैजाने गरी साधन स्रोतको विनियोजन गर्ने र सङ्गठन संरचनालगायतका क्षमता विकास गरिने उनले स्पष्ट पारे । उनले भने, 'ती क्षेत्रहरू सेवा प्रवाहका आधारभूत क्षेत्रका रूपमा विकास गर्ने गरी आगामी आर्थिक वर्षको बजेट अघि बढ्नेछ ।'

कोरोना महामारी, स्वास्थ्य सुरक्षा, राहत र जनआकाङ्क्षा पूरा गर्ने सन्दर्भमा प्रदेश र स्थानीय तहको भूमिका प्रखर रूपमा अभिव्यक्त भएको बताउँदै उनले भने, 'त्यसले हामी सङ्घीयतामा गएको महìवको पुष्टि भएको छ ।' सीमा सुरक्षाको विषयलाई बजेटको प्राथमिकतामा नै सम्बोधन गरिएको चर्चा गर्दै उनले भने,'सीमा सुरक्षाको सन्दर्भमा सरकार गम्भीर छ ।'

कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर पुगेको हुँदा केही आधारभूत आर्थिक क्षेत्रलाई चलायमान बनाउन लागिएको उनले बताए ।

विदेशमा रहेका नेपालीप्रति सचेत
अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाले विदेशमा रहेका नेपाली नागरिकलाई त्यहीँ सुरक्षित राख्न उच्च कूटनीतिक तहमा छलफल भइरहेको स्पष्ट पारे ।

नेपालमा रहेका अन्य देशका नागरिकको जिम्मेवारी नेपाल सरकारले लिइरहेको चर्चा गर्दै उनले भने, 'हाम्रा नागरिक पनि जहाँ जहाँ हुनुहुन्छ तपाईंहरूले राखिदिनुस् भनेर उच्च कूटनीतिक तहमा छलफल भइरहेको छ ।'

कोरोना महामारीका कारण विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन सरकारले चासो नदिएको सांसदहरूले प्रश्न उठाउनुभएको थियो । विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई आफ्नै कूटनीतिक नियोगमार्फत राहत पु¥याइने पनि बताउँदै उनले आवागमन खोल्ने कुरा अहिले जोखिमयुक्त हुने भएकाले रोगको सङ्क्रमणबाट सबैलाई बचाउनका लागि यसो गरिएको पनि स्पष्ट पारे ।

बजेटको आकार नघटाउन आग्रह
त्यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नारायणकाजी श्रेष्ठले आगामी बजेटको आकार घटाउन नहुने सुझाव दिनुभएको छ । आर्थिक वृद्धिदर घट्ने भएका कारण बजेटको आकार घटाउने प्रसङ्ग चलेको सन्दर्भ जोड्दै उनले भने, 'ठूलो आकारको आजको आवश्यकतासँग मेल खाने खालको ल्याउनुपर्छ । बजेटलाई अहिलेको परिस्थिति चलायमान गराउने गरी अगाडि बढाउनुपर्छ ।'

आगामी बजेटको मुख्य प्राथमिकता कृषि हुनुपर्ने धारणा व्यक्त गर्दै उनले भने, 'आम किसानको रक्षा र उत्थान हुने गरी कृषि क्रान्ति गर्नुपर्छ ।' यसैगरी कोरोना रोकथाम, नियन्त्रण र उपचार, विपद् जोखिम न्यूनीकरण व्यवस्थापनमा, गरिबका लागि राहत प्याकेज र आर्थिक पुनरुत्थानमा बजेट केन्द्रित हुनुपर्ने सुझाव उनले दिए। गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x