×

NMB BANK
NIC ASIA

भारतलाई ‘कूटनीतिक नोट’, कोरोना संकटलगत्तै वार्ता

बैशाख ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले लिपुलेक क्षेत्रबारे नेपालको धारणा स्पष्ट पार्दै तत्काल वार्ताको वातावरण तय गर्न भारतलाई ‘कूटनीतिक नोट’ दिएको छ। लिपुलेक क्षेत्रमा निर्माण गरिएको सडक उद्घाटनबारे नेपालको औपचारिक धारणा व्यक्त गर्न भारतीय राजदूत विनयमोहन क्वात्रालाई परराष्ट्र मन्त्रालयमा बोलाएर उक्त नोट दिइएको हो।

Muktinath Bank

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूतलाई नेपाली भूभागमा निर्माण भएको सडक र लिपुलेक क्षेत्रको विगतदेखिको सबै प्रक्रिया खुलाएर नेपालको स्पष्ट धारणा व्यक्त गर्दै कूटनीतिक नोट दिएको मन्त्रालयले जनाएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजदूतलाई दिइएको उक्त नोट दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख भरतकुमार रेग्मीले नेपाल डेस्क प्रमुख पीयूष श्रीवास्तवलाई पनि हस्तान्तरण गरेका छन्। नियोग उपप्रमुख रेग्मीले श्रीवास्तवलाई नेपाल सरकारको ‘पोजिसन’ स्पष्ट पारिदिएको टेलिफोनमा बताए। परराष्ट्रमन्त्री ज्ञवालीले राजदूतलाई जस्तो धारणा व्यक्त गरेका थिए त्यही धारणा रेम्मीले डेस्कमा राखेका हुन्।


Advertisment
Nabil box
Kumari

अर्को मुलुकले गरेको कार्य चित्त नबुझे वा असैह्य भएमा यस्तो नोट दिइने कूटनीतिक प्रचलन छ। नेपालको भूभाग मिचेर निर्माण गरेको कार्य नेपाललाई स्वीकार्य नभएपछि सरकारले राजदूतलाई ‘सम्मन’ (तत्काल बोलाउने) गर्र्दै यस्तो नोट दिइन्छ। मन्त्रालयले यो नोट दिने प्रक्रियालाई ‘समवन’ को संज्ञा दिएको छैन।

Vianet communication
Laxmi Bank

लिपुलेक नेपालको भूभाग रहेको पुष्टि हुँदाहुँदै त्यस क्षेत्रका भारतद्वारा निर्माण कार्य सम्पन्न गर्दै त्यसमा उद्घाटन भएको विषयलाई लिएर सरकारले राजदूतलाई बोलाएको हो। यो विषय संसद्को दुवै साधनमा पनि उठेको र त्यस क्षेत्रका सांसदले पनि हाम्रो भूभागमा सडक बनाएको जानकारी पहिलेदेखि नै दिएको विषयले नेपाल सरकार निकै गम्भीर रहेको धारणा राजदूतलाई राखेका थिए। निकै असहज परिस्थिति भएपछि त्यसलाई रेकर्डका रूपमा राख्न पनि कूटनीतिक नोट दिइन्छ।

सरकारले सन् १८१६ को सुगौली सन्धि, त्यसपछि बनेका विभिन्न समितिका प्रतिवेदन आदिले पनि त्यो भूभाग नेपालको रहेको स्पष्ट हुँदाहुँदै पनि किन यसरी बलमिच्याइँ गरेको भन्दै धारणा व्यक्त गरेको अधिकारीहरूले बताए। परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको अवस्था स्पष्ट पारेको र छिटो वार्ताका लागि पहल गर्न आवश्यक भएरै राजदूतलाई बोलाइएको जानकारी दिएका छन्। नेपालले यसअघि पनि पटक-पटक यो विषयमा आफ्नो धारणा राखेको र वार्ताका लागि पहलसमेत गरिरहेको अवस्थामा भारतले यस्तो कार्य गरिदिँदा हार्दिक सम्बन्धमा ढुंगा लागेको भन्दै यसमा तत्काल वार्ता आवश्यक भएको धारणा परराष्ट्रमन्त्रीले राखेको मन्त्रालयका अधिकारीले जानकारी दिए।

उक्त विषय दुईपक्षीय तवरमा टुंगो नलागे अन्तर्राष्ट्रियकरण गर्नुपर्ने माग भइरहेको अवस्थामा मन्त्री ज्ञवालीले दुईपक्षीय वार्ताबाट समाधान गरिने बताइरहेका छन्। भारतीय राजदूत क्वात्राले भारतले निर्माण गरेको कार्य भारतीय भूभाग रहेको भारतीय दाबीलाई त्यहाँ दोहो¥याएका थिए। उनले भारतीय विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा आधारित रहेरै आफ्नो धारणा व्यक्त गर्दै उक्त विषयलाई सम्बोधन गर्न कोभिड १९ को महामारीपछि वार्ता गर्ने बताएको जानकारी परराष्ट्रले दिएको छ।

राजदूत क्वात्राले भारतसमेत हेर्ने डेस्क प्रमुख, परराष्ट्र सचिवलगायतसँग भेट गर्दै राजदूतले परराष्ट्रमन्त्री ज्ञवालीसँग छलफल गरेका थिए। जारी लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे नेपालको शनिबार जारी गरेको वक्तव्यको आधारमै आफ्नो व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। राजदूत क्वात्रासँग सोमबार भएको उक्त भेटवार्ताबारे परराष्ट्र मन्त्रालयले ट्विटमार्फत जानकारी दिएको हो। सीमाको विषयमा भारतसँग उच्चस्तरीय वार्ताको तयारी भइरहे पनि भारतले कोभिड-१९ को संकटपछि मात्र कुराकानी गर्ने भनेपछि नेपालले तत्काल वार्ताको वातावरण तय गर्न पनि उनलाई भनेको छ।

साथै, लिपुलेक पासलाई व्यापारिक मार्ग बनाउन भारत र चीनले ०७२ जेठ १ मा गरेको समझदारीको त्यतिबेला नै कूटनीतिक नोटबाट विरोध गरेको थियो। पछिल्लो विवाद सतहमा आएपछि भारतले नेपाली भूमिमा आफूले सडक नबनाएको प्रतिक्रिया दिएको छ। उसले उत्तराखण्डको पिथौरागढ जिल्लामा सडक बनाइएको उल्लेख गर्दै त्यो आफ्नो भूभाग रहेको र अन्य विषयमा भने नेपालसँग वार्ता गर्न तयार रहेको जनाएको छ। गत कात्तिकमा कालापानी सहितका क्षेत्रलाई भारतले आफ्नो राजनीतिक नक्सामा समेटेपछि नेपालले तत्काल ‘कूटनीतिक नोट’ पठाउँदै त्यसप्रति विरोध जनाएको थियो। त्यही बेलादेखि नेपालले परराष्ट्रसचिव स्तरको वार्ताको पहल गरे पनि सफलता पाउन सकेको थिएन।

पुनः सञ्चारमाध्यमले यो अवस्थालाई बाहिर ल्याएपछि नेपालले वार्ताद्वारा सीमा विवाद हल गर्न प्रस्ताव गरेकामा भारतीय पक्षले कोभिड-१९ का कारण उत्पन्न संकटकालीन अवस्था पार लागेपछि परराष्ट्र सचिवको तहमा वार्ता गरिने बताएपछि नेपाल अन्योलमा छ। परराष्ट्रमन्त्री ज्ञवालीले लिपुलेक विवादबारे जुनसुकै तहमा भारतसँग कुरा गर्न र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न सरकार इच्छुक रहेको जानकारी राजदूतमार्फत मात्र होइन, अनौपचारिक च्यानलमार्फत दिएका छन्।

भारतसँग छलफलपछि चीनसँग वार्ता

परराष्ट्रमन्त्री ज्ञवालीले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा नेपाल-भारतबीच सीमा समस्या समाधान गरेपछि चीनसँग छलफल गर्ने धारणा पनि व्यक्त गरेका छन्। परराष्ट्र मन्त्रालयले भारतीय राजदूतसँग छलफल गरेको केही समयमा चिनियाँ राजदूत होउ यान्छीलाई पनि लिपुलेक पासबारे गरेको भारत-चीन सम्झौताबारे थप जानकारी लिने भने पनि पहिला भारतसँग छलफल अगाडि बढेपछि चीनसँग पनि छलफल गर्ने तयारी परराष्ट्रको छ।

परराष्ट्रमन्त्री ज्ञवालीले लिपुलेकमा भारतले सडक निर्माण गरेकोबारे तत्काल चीनसँग छलफल गर्न नहुने पनि बताए। गत शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन्। तर, यसको समहति भारत र चीनबीच भएर काम अघि बढेको र त्रिपक्षीय विन्दुसमेत तय नहुँदा यस विषयमा चीनलाई पनि सोध्नुपर्ने माग सांसदहरूको छ।

चीनले सगरमाथामा फाइभजीको डिभाइस राखेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको र चिनियाँ सञ्चारमाध्यमले सगरमाथा चीनतर्फ रहेको भन्दै गरेको प्रचारका विषयलगायतमा चीनसँग छलफल गर्न परराष्ट्र मन्त्रालयले अध्ययन गरिरहेको एक अधिकारीले गरे। नेपालको भूभागमा भारत चीनको दुईपक्षीय सहकार्य र नेपाललाई बेखबर राखेको विषयमा पनि परराष्ट्रले अध्ययन गरिरहेको जनाएको छ। ०७२ जेठमा परराष्ट्रले भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएर दुईपक्षीय नाका खोल्ने सहकार्यको विरोध गरेको थियो। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x