कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
आगामी वर्षको बजेटलाई कोरोना महामारी (कोभिड–१९)ले सिर्जना गरेको असरलाई सम्बोधन गर्ने गरी तर्जुमा गर्न प्रतिनिधिसभाका सांसदहरूले सुझाव दिएका छन् । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले सरकारद्वारा प्रस्तुत प्राथमिकता सामयिक नभएको भन्दै प्राथमिकीकरण गर्न सुझाव दिएका हुन् ।
परम्परागत ढङ्गको बजेटले कोरोनाको असर सम्बोधन गर्न नसक्ने भन्दै सामयिक बनाउन सुझाव दिइएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले हाललाई सङ्क्षिप्त बजेट ल्याएर कोरोना प्रभावको अध्ययनपछि पूरक अनुमान पेस गर्न पनि सुझाव दिएको छ ।
छलफलमा भाग लिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद ओनसरी घर्तीले स्वास्थ्य र शिक्षा क्षेत्रमा हालको अवस्थालाई यथास्थितिमा राखेर समाजवादको यात्रा तय नहुने बताउनुभयो । कोरोनाले पारेको असरलाई सम्बोधन गर्ने गरी बजेट तय गर्न उहाँले सुझाव दिनुभयो । यस्तै, नेपाली काँग्रेसका सांसद डा. मीनेन्द्र रिजालले कोरोनाको प्रभावमा नै बजेट केन्द्रित हुनुपर्ने बताए।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद एकवाल मियाँले कोरोना जोखिम न्यूनीकरणमा नै बजेट केन्द्रित हुनुपर्ने बताए । त्यस्तै समाजवादी पार्टीका सांसद सरिता गिरीले कोरोनाले पारेको असरलाई अध्ययन गरेर बजेट केन्द्रित गर्नुपर्ने बताए।
नेकपाकै सांसद जनार्दन शर्माले बजेटलाई कोरोना प्रभावको असर न्यूनीकरणका लागि केन्द्रित हुनुपर्ने बताए। कृषि क्षेत्रमा कम्तीमा १० प्रतिशत बजेट व्यवस्था गर्न सुझाव दिँदै उहाँले हरेक स्थानीय सरकार आत्मनिर्भर बनाउन आफ्नो गाउँ आत्मनिर्भर बन(ाऔँ भन्ने कार्यक्रम ल्याउनुपर्ने शर्माको सुझाव छ ।
काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडू पुरानै अवधारणाबाट सिद्धान्त र प्राथमिकता आएको बताए। पूर्ण बजेटभन्दा पूरक अनुमान गर्ने गरी सङ्क्षिप्त बजेट ल्याउन सुझाव दिँदै उनले भने, ‘‘सिद्धान्त र प्राथमिकता पुरानै अवधारणा र ढङ्गबाट आएको छ । योपटक कोरोना महामारीलाई केन्द्रमा राखेर आउनुपर्छ ।” छलफलमा सोमबार करिब ५० जना सांसदले भाग लिनुभएको थियो । मङ्गलबार पनि छलफल जारी रहने छ । गोरखापत्र दैनिकमा खबर छ ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...