×

NMB BANK
NIC ASIA

कालापानीमा चीन फ्याक्टर

बैशाख ३०, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानी समस्यामा ‘चीन फ्याक्टर’ महत्वपूर्ण रहेको छ। पूर्वराजदूत मधुरमण आचार्यले लिपुलेक, लिम्पियाधुरा, कालापानीको सीमा समस्या चिनियाँ फ्याक्टर भुल्न नहुने बताए। उनले भने, ‘के चीन सहमतिमा भइरहेको छ, त्यो सोचनीय विषय छ।’ आचार्यले लिपुलेक भारतको मात्र होइन, रणनीतिक स्वार्थ रहेको हुन सक्ने बताए। चीनले यो मार्गलाई साउथ एसियाको प्रवेशको मार्गका रूपमा हेरेको हुन सक्ने औंल्याए।

Muktinath Bank

‘यही बेला भारतको पूर्वसीमा नाथुलामा भारत–चीनको गोली हानाहान हुन्छ, यता लिपुलेकमा भारतका रक्षामन्त्रीले सडक उद्घाटन गर्छन्, लिपुलेक विषयमा चीन बोल्दैन,’ उनले प्रश्न गर्दै भने, ‘के यो चीनकै सहमतिमा बनाएको होइन यो गम्भीर विषय हो।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपाल र भारतले मात्रै यो समस्या समाधान गर्न सक्दैनन्, त्रिदेशीय विन्दु कायम भएको छैन, त्यसले तीनै देशबीच वार्ता गरेर समाधान गर्नुपर्छ,’ सीमासम्बन्धी जानकारी एवं नापी विभाग पूर्वमहानिर्देशक तोयनाथ बराल भन्छन्, ‘अन्तर्राष्ट्रियकरण त जरुरी छैन तर चीन छाडेर यो समस्या समाधान हुँदैन।’


Advertisment
Nabil box
Kumari

सरकार, विपक्षी दललगायत सर्वपक्षीय सहमतिको दस्ताबेजका आधारमा त्रिदेशीय वार्ताबाट मात्रै यो समस्याको उनको धारणा छ। त्रिदेशीय विन्दु कायम नरहेको अवस्थामा लिपुलेक हुँदै उत्तरी जोड्ने सडक भारतले एकतर्फी निर्माण गर्दा चीनको मौनता रणनीतिक देखिन्छ।

Vianet communication
Laxmi Bank

अन्तर्राष्ट्रिय कानुनविद् डा. युवराज संग्रौलाले चीनको व्यापारिकबाहेक अरू स्वार्थ नहुने बताए। भारतको व्यापारिकका मात्र नभई सामरिक दृष्टिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र अतिक्रमण गरिरहेको उनको ठहर छ। ‘व्यापारका लागि मात्र होइन, भारत अझै चीनले आक्रमण गर्ला भनेर डराइरहेको छ, सामरिक दृष्टिले पनि त्यो भूभाग अतिक्रमण गरिरहेको छ,’ उनले भने, ‘तर चीनलाई भारतले आक्रमण गर्ने भन्ने कुनै डर छैन।’

सुगौली सन्धिविपरीत भारतले एकपक्षीय रूपमा नेपाली भूभागमा यसरी सडक बनाउन नपाउने उनको भनाइ छ। भारतीय अनुसन्धानकर्ता धनञ्जय त्रिपाठीले लिपुलेक मानसरोवर सडकको विषयमा चीन पनि महत्वपूर्ण फ्याक्टर रहेको कुरालाई नकार्न नसकिने बताए।

‘तत्काल नक्सा बनाऊ’

लिम्पियाधुरासहितको आधिकारिक नक्सा जारी गरेर मात्रै भारतसँग अन्य कूटनीतिक पहल गर्न विज्ञहरूको सुझाव छ। पूर्वराजदूत खड्गनाथ अधिकारी लिम्पियाधुरासहितको आधिकारिक नक्सा जारी गर्न ढिलाइ नगर्न सरकारलाई सुझाव दिन्छन्।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागले गरेको भिडियो कन्फरेन्समा पूर्वराजदूत अधिकारीले भने, ‘तथ्य प्रमाण, ऐतिहासिक दस्ताबेज र नक्सा सबै हामीसँग छन्, त्यसकारण तत्काल लिम्पियाधुरासहित नक्सा जारी गर्नुपर्छ।’

उनले गम्भीर भएर अहिलेसम्म सीमा विवादमा नेपाल सरकारले कूटनीतिक प्रयास नगरेको दाबी गरेका छन्। ‘यो विषय मौसमी बाजा बनेको छ, चर्चा परिचर्चा हुन्छ, त्योभन्दा अरू केही हुन्न,’ उनले भने, ‘नेपालले अहिलेसम्म औपचारिक रूपमा लिम्पियाधुरा, लिपुलेक र कालापानीको समस्याबारे भारसँग कुरा नै राख्न सकेको छैन।’

नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठले नक्सामार्फत नेपालको भूमि अतिक्रमण थालेको इतिहास कोट्याउँदै पहिला लिम्पियाधुरासहितको नक्सा नेपालले प्रकाशन गरेर प्रतिवाद गर्नुपर्ने बताए। उनले संविधानमा पनि नक्सा नराख्दा यो समस्या आएको उनको भनाइ छ। ‘तत्काल चुच्चे नक्सा जारी होस्, उनले भने, ‘चुच्चे नक्सा जारी गरेर नै हो भारतलाई पहिलो काउन्टर दिने ? ’

उनले भारतद्वारा नेपाली भूभाग लिपुलेक क्षेत्रमा सडक निर्माणलगायत क्रियाकलाप तत्काल रोक्न दबाब दिनुपर्ने बताए। ‘भारतले ८० किमि सडक बनाइसक्यो, अब ५ किमि लिपुलेकमा सडक खन्न बाँकी छ, त्यसलाई ह्यान्ड ब्रेक लगाउनुपर्छ,’ उनले भने।

जलविज्ञानविद् जगतप्रसाद भुसालले काली नदीको उद्गम लिम्पियाधुरा भएको कुरा दुईमत नरहेको बताए। उनले नदी विज्ञानको सिद्धान्तका आधारमा लिम्पियाधुराबाट आउने नदीलाई काली नदी मानेर तत्काल नक्सा जारी गर्नुपर्ने बताए।

नेपालको नक्सामा लिम्पियाधुरा गायब भएको र निसान छापमा भएको नक्सामा लिपुलेक र कालापानी गायब भएको विषयमा अन्नपूर्णले पटक–पटक समाचार प्रकाशन गर्दै आएको छ। सरकारले ०७५ फागुनमा लिपुलेक र कालापानीलाई समेटेर नक्सा जारी पनि गरेको थियो। ०३२ सालदेखि नक्सा बनाउँदै आएको नापी विभागको कुनै पनि नक्सामा लिम्पियाधुरा समावेश छैन। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x