कात्तिक २, २०८०
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...
कोभिड–१९ सङ्क्रमण रोक्न जारी बन्दाबन्दीलाई खुकुलो बनाउँदै विकास आयोजना, औद्योगिक प्रतिष्ठान तथा केही व्यवसाय सञ्चालनको अनुमति दिइए पनि पोखराका बैंक तथा वित्तीय संस्थाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ ।
जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सोमबार पोखरामा गरेको अनुगमनका क्रममा अधिकांश बैंक, वित्तीय संस्था, बीमा, धितोपत्र तथा सहकारीहरुबाट पूर्वसावधानी तथा नियन्त्रणका उपाय अवलम्बन गरेको नपाइएकाले पुनः सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अवलम्बन गर्नुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न÷गराउनका लागि सचेत गराइएको छ ।
जिल्ला प्रशासनले सूचना जारी गरी अब उप्रान्त अनिवार्यरूपमा मापदण्डको पालना गर्न आग्रह गर्दैै अन्यथा सिसीएमसी, सुरक्षा निकायका प्रतिनिधि वा जिल्ला प्रशासनका अधिकृतसहितको अनुगमन टोलीले सेवा वा व्यवसाय बन्द गराई सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।
सिसीएमसीका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले सोमबार अनुगमन गरिएका बैंक तथा वित्तीय संस्थामा सङ्क्रमण रोकथामका लागि पालना गर्नुपर्ने सुरक्षा उपायको पालना गरेको नदेखिएको बताए ।
यही वैशाख २७ गतेदेखि सामाजिक दूरी कायम गर्ने÷गराउने पूर्ण जिम्मेवारी बहन गर्ने गरी कार्यालय सञ्चालनका लागि अनुमति दिइएको बताउँदै उहाँले भन्नुभयो, “जति संस्थामा अनुगमन गरियो, त्यहाँ सुरक्षा उपाय अवलम्बन गरिएको पाइएन, त्यस्ता संस्थालाई सचेत गराउँदै मापदण्ड पालनाको निर्देशन दिइएको छ ।”
कार्यस्थलमा नियमित निसङ्क्रमित गर्ने, कार्यस्थलमा प्रवेश गर्नुपूर्व अनिवार्यरूपमा साबुनपानीले हात धुने, ज्वरो मापन गर्ने तथा व्यक्तिगत सुरक्षाका लागि मास्क, पञ्जा लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने र सेवा प्रवाहका बखत सामाजिक दूरी कायम गर्न÷गराउन प्रशासनले सबैमा सचेत गराएको छ ।
त्यसैगरी कार्यालयका जम्मा कर्मचारीको एकतिहाइ सङ्ख्या नबढ्ने गरी सेवा प्रवाहको व्यवस्था मिलाउने, कार्यालय प्रमुखले लकडाउनको अवधिमा काममा खटाइएका कर्मचारीलाई अनिवार्यरूपमा खटाइएको दिन, बार र समय स्पष्ट खुल्ने प्रमाणित कागजात र आफ्नो परिचयपत्र लिई कार्यालय आवतजावत गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...
कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो । बैंकले ...
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...