×

NMB BANK
NIC ASIA

फोहर व्यवस्थापन गर्न अल्पकालीन स्थलको खोजी गरिँदै

बैशाख ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

निर्धारित समयमै फोहर विसर्जनस्थल निर्माण नहुँदा काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्नका लागि अल्पकालीनरूपमा स्थानको खोजीकार्य शुरू गरेको छ ।

Muktinath Bank

उपत्यकावासीको आगामी आर्थिक वर्षको शुरुआतीदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा व्यवस्थापन गर्ने भने पनि निर्माणको काम पूरा नभएको र सिसडोल पूर्णरूपमा भरिसकेकाले कामपाले अन्य स्थानको खोजी गर्न लागेको हो ।
 
विश्वभरि फैलिएको कोभिड–१९ का कारण दुई महिनादेखि सरकारले देशभरि लकडाउन गरे पनि दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम भएको थियो । निर्माणको काम यस आर्थिक वर्षको अन्त्यसम्ममा पनि पूरा नहुने भएपछि कामपाले अन्य स्थानको खोजी गर्नुपरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गर्दै आएको स्थान नुवाकोटको सिसडोल भरिएकाले र दीर्घकालीन फोहर विसर्जनस्थल निर्माण सम्पन्न पूरा नभएकाले आगामी दिनमा फोहर व्यवस्थापनको काम थप समस्याको विषय बनेको छ । धादिङ र नुवाकोट जिल्लाको सिमाना बञ्चरेडाँडामा निर्माण भइरहेको ल्याण्डफिलसाइट छिटो सञ्चालनमा ल्याउन शहरी विकास मन्त्रालय र कामपाबाट संयुक्त प्रयास भने भइरहेको छ ।
 
'अन्य समयमा भन्दा बर्खाको समयमा फोहर उत्पादन बढी हुन्छ । यसअघि फोहर व्यवस्थापन भइरहेको स्थानमा फोहर राख्न मिल्ने अवस्था छैन । यसै हप्ता नुवाकोटकै अन्य स्थानमा अल्पकालीन फोहर व्यवस्थापन स्थलको टुङ्गो लगाउने तयारी छ', कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने। 
      
बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । यसरी निर्माण पक्षबाट समयमा काम नभएपछि ल्याण्डफिल साइट निर्माण कहिले सम्पन्न हुने भन्नेमा अन्योल भएको छ ।  निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलमा एक हजार ७९२ रोपनी जग्गा छ ।
 
काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहर उत्पादन हुन्छ । सबैभन्दा बढी कामपाबाट र अन्य अरु १७ स्थानीय तहबाट फोहर नुवाकोट लगिने गरिएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको सिसडोल १३ वर्षअघि कामपाले दुई वर्षका लागि भन्दै उपभोग गर्दै आएको हो । क्षमताभन्दा बढी र तोकिएको समयभन्दा बढी समय फोहर व्यवस्थापन गर्दै आएको भन्दै सिसडोलका स्थानीयवासीले यसअघि नै विरोध गर्दै आएका छन् ।  
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x