क्वारेन्टाइनमा बसेका ७ हजार कोरोना परीक्षण विना नै घर फिर्ता

प्रतिकात्मक तस्वीर

जिल्लाका विभिन्न क्यारेन्टाइनमा राखिएका मानिसलाई स्वास्थ्य परीक्षणविना नै धमाधम घर पठाइएको छ ।

जिल्लाका विभिन्न क्वारेन्टाइमा राखिएका ७ हजार ७२१ सर्वसाधारणलाई कोरोना परीक्षण विना नै घर पठाइएको हो ।


Advertisement

कोरोना परीक्षण गर्ने किट अभाव भएपछि क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य जाँच नगरी घर पठाउन थालिएको वडा नम्बर ४ का वडाध्यक्ष नवराज आचार्यले बताए ।

‘जिल्ला बाहिरबाट आएकाहरूलाई १४ दिन क्वारेन्टाइनमा राखेर १ हप्ता घरमा सेल्फ आइसोलेशनमा रहन भनेका छौं,’ आचार्यले भने । 


Advertisement

कोरोना भाइरस आरडीटी किट अभाव भएपछि सामान्य स्वास्थ्य परीक्षण गरी घर पठाइएको जनस्वास्थ्थ प्रमुख अनिल केसीले बताए । लकडाउन अवधिभर काठमाडौंलगायत अन्य स्थानबाट हजारौं मजदुर जिल्ला आएका थिए ।

कोभिड –१९ को आशंकामा सोमवारसम्म २८ हजार ८८७ जनाको सामान्य जाँच गरिएको छ । १ हजार ५७६ क्वारेन्टाइन बेड रहेको रोल्पामा हालसम्म १८७ महिला र २९२ पुरुष  क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासनले कार्यालयले जनाएको छ ।

मंगलवार मात्रै ३१० जना घर फर्किएका छन् भने १७ जना थपिएका छन् । रोल्पा नगरपालिकाको १० क्यारेन्टाइन बेडमा ३ महिला र ७ पुरुष बसेका छन् । मंगलवार ११२ घर फर्किएका छन् । थवाङ गाउँपालिकामा २०९ क्वारेन्टाइन बेड रहेकामा  २८ महिला र ३० पुरुष बसेका छन् । २४ जना घर फर्किएका छन् । 

सोमवारसम्म र जिल्लाका विभिन्न क्यारेन्टाइनबाट ७ हजार ७२१ जना घर फर्किएको स्वास्थ कार्यालयका तथ्यांक सहायक अरुण भिटुले जानकारी दिए । अहिलेसम्म जिल्लाभर आइसोलेशनमा राखिएका १३ जना घर फर्किसकेको तथा अन्य ५ जनालाई आइसोलेसनमा राखिएको स्वास्थ्थ कार्यालयले जनाएको छ । 

कमेन्ट गर्नुहोस्