×

NMB BANK
NIC ASIA

बाग्लुङबाट फर्केर क्वारेन्टाइन बसेको १७ दिनपछि १४ जनामा कोरोना पुष्टि, बसमा थिए ४२ जना

बैशाख ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

२ नम्बर प्रदेशको पर्सा जिल्लामा ३९ र बारा जिल्लामा १ जना गरेर ४० व्यक्तिमा मंगलवार कोरोना संक्रमण पुष्टि भएको छ ।

Muktinath Bank

प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार संक्रमित व्यक्तिमध्ये १४ जना पर्साको छिपहरमाई गाउँपालिका र बाँकी २५ जना वीरगञ्ज महानगरपालिकाका रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैशाख २१ गते वीरगञ्ज–३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ पाइएको थियो । ‘पछि वैशाख २४ गते १७ नम्बर वडा पनि संक्रमण पुष्टि भएको थियो,’ घिमिरेले भने, ‘संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको खोजी गरेर स्वाब संकलन गरेर परीक्षण गराउँदा कोरोना संक्रमण बढेको पाइएको हो ।’


Advertisment
Nabil box
Kumari

बाग्लुङबाट आएका १४ जनामा संक्रमण

Vianet communication
Laxmi Bank

पर्साको छिपहरमाई गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ६२ जना व्यक्तिमध्ये १४ जनामा कोरोना संक्रमण पाइएको छ । गाउँपालिकाका प्रमुख मनोजकुमार गुप्ताका अनुसार संक्रमित १४ जनाको समूह १७ दिनअघि वैशाख १३ गते बस चढ़ेर बाग्लुङबाट पोखरा हुँदै आएका थिए । बसमा ४२ जना आएका थिए ।

संक्रमितहरू बाग्लुङमा काम गर्दै आएका मजदुर हुन् । ‘उनीहरू आएको खबर पाए लगत्तै मैले सबैलाई दायाँबायाँ हुने मौका दिइनँ, सबै जनालाई क्वारेन्टाइनमा राखेको थिएँ,’ प्रमुख गुप्ताले लोकान्तरसँग भने, ‘२ दिनअघि वैशाख २८ गते उहाँहरूको स्वाब संकलन गरिएको थियो ।’

संक्रमितमध्ये १ जना भारतीय नागरिक रहेको, २ जना पर्सा जिल्लाकै धोबिनी गाउँपालिकाका र बाँकी ११ जना छिपहरमाई गाउँपालिकाका रहेका उनले बताए । 

शुरूमै देखिएको थियो १ जनामा लक्षण 

गाउँपालिका प्रमुख गुप्ताका अनुसार बाग्लुङबाट बस चढेर आएका ४२ जना व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने बेलामा नै १ जनामा उच्च ज्वरो देखिएको थियो । ‘४२ जनामध्ये १ जनामा १०२ डिग्री ज्वरो थियो, मलाई त त्यतिबेलै शंका लागेको थियो,’ प्रमुख गुप्ताले भने, ‘त्यसपछि मैले सीडीओ सा’पलाई फोन गरेर सदरमुकामको आइसोलेसनमा राखेर उपचार गराउनुपर्छ भनेर पनि भनेको थिएँ । तर सीडीओ सा’पले पर्दैन, त्यहीँ क्वारेन्टाइनमै राख्नुस् भनेर भन्नुभएको थियो । मैले के गर्ने ? त्यतिबेला नै स्वाब संकलन गरेर परीक्षण गरेको भए आज १४ जनामा संक्रमण नहुन पनि सक्थ्यो ।’

सचिव घिमिरेका अनुसार मंगलवार पुष्टि भएकामध्ये वीरगञ्ज महानगरपालिका–२, ३, ४, १६, १७ र १८ का छन् । १२ वर्षदेखि ५३ वर्ष उमेर समूहका संक्रमित छन् । ४० वर्षका ५ जना र बाँकी युवा छन् । बाराका १ जना विश्रामपुर गाउँपालिका निवासी रहेका उनले बताए ।

बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउतका अनुसार बारामा कोरोना देखिएका १ जना संक्रमित व्यक्ति वीरगञ्जको इनरवा चोकमा नै ग्यास पसल सञ्चालन गर्दै आएको थियो । ‘उनी लकडाउन अवधिमा गाउँ आएका छैनन्, उतैबाट संक्रमण भएको हुनसक्छ,’ उनले भने ।

बारा जिल्लास्थित विश्रामपुर गाउँपालिकाका १४ वर्षीय किशोरमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x