सामाजिक विकास मन्त्रालयद्वारा आयुर्वेदिक औषधि हस्तान्तरण

File Photo

प्रदेश नं १ मा कोरोना भाइरसको केन्द्रविन्दु मानिएको उदयपुरको भुल्केका एक हजार ४०० व्यक्तिका लागि मंगलबार आयुर्वेदिक औषधि हस्तान्तरण गरिएको छ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका डा सरोजप्रसाद विशाल र नेपाल होमियोप्याथिक एसोसिएशनका अध्यक्ष डा घनश्याम सुवेदीले उदयपुरको त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीलाई नगरपालिकामा आयुर्वेदिक औषधि हस्तान्तरण भयो।


Advertisement

कोभिड–१९ बाट उदयपुर जिल्ला उच्च जोखिममा रहेको पहिलो चरणमा भुल्केमा औषधि लगिएको डा विशालले बताए। प्रत्येक दिन बिहान खाली पेटमा तीन दिनसम्म आयुर्वेदिक औषधि खानुपर्ने अखिल नेपाल होमियोप्याथिक एसोसिएशनका केन्द्रीय अध्यक्ष डा घनश्याम सुवेदीले बताए । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोभिड– १९ व्यवस्थापन तथा रोकथामसम्बन्धी मापदण्ड अनुसारको औषधि त्रियुगा नगरपालिका–३ भुल्केका बासिन्दाका लागि हस्तान्तरण गरिएको हो।

आयातित औषधि खपत गरेर कोरोना जित्न सम्भव नभएकाले स्थानीय स्रोत साधनलाई परिचालन गरेर रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि प्रयोग गर्ने प्रोटोकल तयार गरिएको डा विशालले जानकारी दिए। उक्त औषधिको विशेषता र गर्ने कार्यका सम्बन्धमा स्थानीयवासीलाई जानकारी गराइएको थियो । प्रदेश सदस्य सांसद अम्बिका थापा र सुनिता चौधरी, जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले औषधिको गुणस्तरियता र उपयोगिताका बारेमा जानकारी लिनुभएको थियो । टोलीले त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाइनमा बसेका २० जना र भुल्केका सबैलाई तीन दिनसम्म पुग्ने औषधि उपलब्ध गराएको हो । 


Advertisement

कमेन्ट गर्नुहोस्