×

NMB BANK
NIC ASIA

वुहानमा १ करोड १० लाखको कोरोना परीक्षण गरिने

बैशाख ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल मानिएको चीनको वुहानमा सबै बासिन्दाको परीक्षण गरिने भएको छ । वुहान सहरले १ करोड १० लाख बासिन्दाको परीक्षण गर्ने योजनाको तयार पारेको हो ।

Muktinath Bank

वुहानमा पछिल्लो समय कोभिड–१९ का संक्रमित देखिन थालेपछि परीक्षण विस्तार गर्न लागिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१९ को डिसेम्बर ३१ मा कोभिड १९ देखिएपछि वुहान ११ सातासम्म कडा लकडाउनको अवस्थामा थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकारीहरूले भाइरस पूर्णरूपमा नियन्त्रणमा आएको भन्दै अप्रिल ८ मा लकडाउन खुला गरेका थिए । त्यसयता वुहानमा शिक्षण संस्था, व्यापार व्यवसाय तथा सार्वजनिक यातायात खुलेपछि जनजीवन सामान्य हुँदै आएको थियो ।
तर एउटै आवासीय क्षेत्रमा पुनः सामूहिक संक्रमण भेटिएपछि अवस्था सामान्य नहुने चिन्ता व्यक्त भएको छ । प्रारम्भिक चरणमा रहेको योजनाअन्तर्गत नै रहेको बुझिएको छ । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार वुहानभरि १० दिनभित्र परीक्षण गरिसक्ने बताइएको छ ।


Advertisment
Nabil box
Kumari

‘द पेपर’ नामक पत्रिकाले आन्तरिक दस्तावेजलाई उल्लेख गर्दै वुहानका प्रत्येक जिल्लालाई मंगलबारसम्म १० दिने परीक्षण योजना तयार पार्न भनिएको थियो । ती जिल्लाका अधिकारीलाई जनसंख्या र संक्रकमणको आशंकाका आधारमा कार्ययोजना तयार पार्न निर्देशन दिइएको हो । दस्तावेजमा बढी जनसंख्या भएको क्षेत्र तथा बढी उमेरका बासिन्दालाई परीक्षणका लागि पहिलो प्राथमिकता दिन भनिएको छ ।

Vianet communication
Laxmi Bank

तर ग्लोबल टाइम्स समाचारपत्रले वरिष्ठ स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै त्यसरी सहरभरिका सम्पूर्ण बासिन्दाको परीक्षण गर्नु खर्चिलो हुनुका साथै असम्भवजस्तो देखिएको उल्लेख गरेको छ ।

वुहान विश्वविद्यालयको झोंगनान अस्पतालको सघन उपचार एकाइका निर्देशक पेङ झियोङले त्यस्तो परीक्षण सहरभरिका बासिन्दाको साटो स्वास्थ्य कर्मचारी, जोखिममा रहेका मानिस र संक्रमितसँग प्रत्यक्ष सम्पर्कका आएकालाई लक्षित गर्नुपर्ने बताए । वुहान विश्वविद्यालयका अर्का निर्देशकले सहरको जनसंख्यामध्ये ३० देखि ५० लाखको परीक्षण भइसकेको छ र वुहान बाँकी ६० देखि ८० लाखलाई १० दिनमा परीक्षण गर्न सक्षम रहेको जनाए । अमेरिकाले हाल दैनिक ३ लाख मानिसका परीक्षण गरिरहेको छ । ह्वाइटहाउसका अनुसार अमेरिकामा ९० लाखभन्दा बढी मानिसको परीक्षण गरिसकिएको छ ।

चिनियाँ सामाजिक सञ्जाल वेइबोका प्रयोगकर्ताहरूले केही दिनभित्र सम्पूर्ण बासिन्दाको परीक्षण कसरी सम्भव हुन्छ भन्दै विभिन्न प्रश्नहरू उठाएका छन् । ‘त्यति धेरै मानिसको परीक्षण गर्न असम्भव छ,’ एकजना टिप्पणीकारले भनेका छन् । उनले यसका लागि लाग्ने खर्चबारे पनि प्रश्न उठाएका छन् । अर्का टिप्पणीकर्ताले वुहानको लकडाउन हटाउनुअघि नै त्यस्तो परीक्षण हुनुपर्ने बताएका छन् ।

चीनमा सोमबार एक जना मात्र नयाँ संक्रमित थपिएका थिए । कोभिड १९ का कारण चीनमा हालसम्म ४ हजार ६ सय ३७ जनाको ज्यान गएको छ ८४ हजार ११ जनामा संक्रमण पुष्टि भइसकेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x