×

NMB BANK
NIC ASIA

‘भारतले सडक खनेको थाहै पाइनँ’

बैशाख ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय रक्षामन्त्रीले उद्घाटन गरेको खबर सार्वजनिक हुनुअघि भारतले नेपाली भूमिमा सडक खनेको भन्ने आफूले थाहा नपाएको बताएका छन् । ‘लिपुलेक र कालापानीमा भारतले सडक खन्दै छ भन्ने मलाई कुनै जानकारी थिएन,’ मंगलबारको मन्त्रिपरिषद् बैठकमा ओलीले भने, ‘पत्रपत्रिकामा खबर आएपछि पो बल्ल थाहा भो, म त छक्क परें ।’

Muktinath Bank

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने भारतले सन् २०१२ देखि नेपालको पश्चिमी भूमिमा सडक बनाइरहेको सूचना सरकारलाई रहेको भनेर संसदलाई जानकारी गराइसकेका थिए । उनले आइतबार सरकारका तर्फबाट संसद् र संसदीय समितिलाई भारतले कालापानी र लिपुलेक क्षेत्रमा बाटो बनाइरहेको सूचना पहिले नै थाहा भएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रिपरिषद् बैठकमा ओलीले नेपाल र भारतबीचको सीमा समस्या पहिलेदेखि नै रहेको उल्लेख गर्दै त्यसलाई कूटनीतिक माध्यमबाट हल गर्नुपर्ने बताए । ‘५४/५५ सालतिर अनेरास्ववियुका तत्कालीन अध्यक्ष योगेश भट्टराईजी र दीपकप्रकाश भट्टजीको छुट्टाछुट्टै टोलीले त्यो ठाउँमा मार्चपास पनि गरेका थिए, त्यसअघि संसद्मा पनि सीमा समस्याबारे कुरा उठेको थियो,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै एक मन्त्रीले भने ।


Advertisment
Nabil box
Kumari

‘भारतले हामीमाथि बलमिच्याइँ गरेको पहिलेदेखि नै हो तर यो समस्याको समाधान बाटोघाटोमा उफ्रेर हुन्न, कूटनीतिक तवरबाट गर्नुपर्छ, हामी सबै जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ, मन्त्रीज्यूहरूले पनि तथ्यपरक कुरा गरौं,’ उनले भने ।
ओलीले अहिलेसम्म थाहा पाएको र पढेको इतिहासमा नेपालको कुनै पनि नक्साले लिम्पियाधुरा नसमेटेको स्मरण पनि मन्त्रीहरूलाई गराएका थिए । ‘अब हामीले थाहा पाएदेखि नै नेपालको नक्सामा लिम्पियाधुरा छापेको थाहा छैन, संविधान बनाउँदा छापिएको नक्सा पनि लिम्पियाधुराबाहेककै नक्सा छ,’ बैठकमा उनले भने, ‘सुगौली सन्धि र त्यसयताका अध्ययन दस्ताबेजअनुसार पनि लिम्पियाधुराभन्दा पूर्वपट्टिको सबै भाग नेपाल नै हो, यसमा त हाम्रो स्पष्ट अडान हुनैपर्छ ।’ उनले सीमा रक्षाका सन्दर्भमा एकताबद्ध भएर अघि बढ्न मन्त्रीहरूलाई निर्देशन पनि दिए ।

Vianet communication
Laxmi Bank

‘द्विपक्षीय कूटनीतिक वार्ता र सहमतिको माध्यमबाटै सीमा विवाद हल गर्नॅपर्छ । त्यसका लागि वार्ता गर्न पहल भइरहेको छ,’ ओलीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले सीमा विवादबारे मन्त्रीहरूले आफूखुसी बोल्ने गरेकामा असन्तुष्टि प्रकट गरेका थिए । उनले कूटनीतिक वार्ताबाहेक सीमा विवाद समाधान गर्ने अर्को विकल्प नरहेको उल्लेख गर्दै सबै मन्त्रीलाई त्यसबारेमा जथाभावी सार्वजनिक अभिव्यक्ति नदिन र जिम्मेवार बन्न निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले सीमा विवाद टुंग्याउन सरकारले पटकपटक पहल गर्दै आए पनि भारतको नियत ठीक नभएकाले समाधान हुन नसकेको बताए । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले नेपाली भूमि अतिक्रमण गरी सडक बनाएको विषयमा ईपीजीका तत्कालीन भारतीय पक्षका सदस्य भगतसिंह कोसियारी (हाल महाराष्ट्रका गभर्नर) सित वार्ता गरेको भए पनि सकारात्मक जवाफ नआएको उनले बताए ।

बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाली भूमि लिपुलेक र कालापानी हुँदै भारतले चीनको मानसरोवर जाने सडक बनाएको बारेमा ब्रिफिङ गरेका थिए । उनले भारतीय राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर लिखित पत्र दिई नेपाली भूमि अतिक्रमणको विरोध प्रकट गरिसकेको उल्लेख गर्दै समस्या समाधानका लागि भारतसित तत्काल वार्ता गर्ने प्रयास भइरहेको जानकारी गराएका थिए । कान्तिपुर दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x