पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
लकडाउनको ५० औं दिनका दिन अर्थात् बुधवार एकैचोटी ८३ जनामा कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण पुष्टि भएपछि खुकुलो हुँदै जाने अपेक्षा गरिएको जनजीवन पुनः घरभित्रै थुनिने परिस्थिति बनेको छ ।
विश्वका धेरै देशहरूमा कोभिड– १९ को संक्रमणसँग लड्न प्रमुख हतियारका रूपमा ‘लकडाउन’लाई प्रयोग गरिएको थियो ।
लकडाउन कुनै उपचारको विधि नभएको भएतापनि यसले कोरोना संक्रमणसँग लड्न सरकार र स्वास्थ्य अधिकारीहरूलाई पर्याप्त समय छुट्याउने गर्छ । अर्थात् संक्रमितहरूबाट थप संक्रमण नहोस् भन्नका लागि लकडाउनलाई प्रयोग गरिएको हो ।
तर नेपालको हकमा भने लकडाउन एउटा भद्दा मजाक बनेर रह्यो । यो समाचार टिप्पणी लेख्दासम्म ५१औं दिनमा दौडिरहेको आन्तरिक लकडाउनको पूर्ण पालना त भएन नै, नेपाल-भारत सीमा पनि पूर्णरूपमा बन्द गर्न सकेन सरकारले । उताबाट संक्रमितहरू लुकेर आउन थाले ।
अझ नमज्जाको कुरा के भयो भने लकडाउनलाई सरकारले दुरुपयोग गर्यो । जति परीक्षण हुनुपर्थ्यो, त्यति भएको छैन । लकडाउन भनेको सरकारले गर्ने ‘टाइम बाइ’ थियो । यो समयमा सरकार जनताको स्वास्थ्यप्रति बिल्कुलै संवेदनशील देखिएन ।
बरू प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमणको स्थिति न्यून देखिनुलाई सरकारको सफलता भनेर प्रचार गरे । न्यून परीक्षणले न्यून संक्रमण पुष्टि गर्छ भन्ने सामान्यज्ञानको अभाव प्रधानमन्त्रीमा पनि स्पष्ट देखियो ।
तातोपानी पिउने, आइसक्रिम नखाने जस्ता ‘रद्दी’ प्रेसक्रिप्सन त प्रधानमन्त्रीले पहिल्यै पनि दिने गरेका थिए ।
प्रधानमन्त्री मात्र नभएर राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कोरोना संक्रमण न्यून देखिनुमा सरकारको भूमिका रहेको सतही टिप्पणी गरिन् ।
त्यसले जनतामा भ्रम फैल्याउन सहयोग गर्यो । प्रधानमन्त्री र राष्ट्रपतिबाटै यस्ता कुराहरू आएपछि आमनागरिक सरकारप्रति बढी आशावादी बने ।
सरकारले गरिरहेको छ भन्ने ठूलो भ्रम जनमानसमा पैदा भयो । वास्तविकता भने उल्टो थियो ।
नेपालमा साँच्चिकै कोरोना संक्रमण नियन्त्रणमा रहेको जनतामा भ्रम पर्यो । तर वास्तविकता त्यस्तो थिएन । परीक्षण नै नगरेपछि संक्रमितको संख्या बढ्ने सम्भावना थिएन ।
काठमाडौंमा तेस्रोपटक सन्त्रास
गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै आएकी काठमाडौं घर भएकी १९ वर्षीय युवती काठमाडौंको पहिलो संक्रमित थिइन् । उनी नेपालकै दोस्रो संक्रमित थिइन् । अहिले ती युवती निको भएर घर फर्किसकेकी छिन् ।
कतारबाट एउटै जहाजमा आएका अरूमा पनि संक्रमण देखिएको थियो । उनीहरू विदेशबाट आएर होटेलमा बसेको, पार्टी दिएको, सार्वजनिक यातायातको प्रयोग गरेको जस्ता तथ्यहरू पनि खुले ।
ती तथ्यहरूले काठमाडौंबासीलाई त्रासमा राख्यो तर पनि काठमाडौंमा संक्रमण देखिएन । जहाज चढेर आएकाहरूबाट काठमाडौं जसो-तसो सुरक्षित रह्यो ।
एक महिनाअघि काठमाडौं दोस्रोपटक सन्त्रास फैलियो । वैशाख १ गते पेप्सीकोलास्थित सनसिटी पार्टमेन्टमा बेलायतबाट आएका ३ जनामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) पोजिटिभ देखियो । तर तीमध्ये ८१ वर्षीय वृद्धासहित २ जनामा मात्र संक्रमण भएको पुष्टि भए ।
त्यतिबेला उक्त अपार्टमेन्टमा अर्थमन्त्री युवराज खतिवडासमेत कुनै कार्यक्रमका क्रममा भेला भएको हल्ला फैलियो । अपार्टमेन्ट पुरै सिल गरियो । तर त्यसपछि थप कुनै संक्रमण देखिएन ।
बुधवार काठमाडौं खाल्डोमा थप ३ जनामा संक्रमण देखिएको छ । २ जना भक्तपुर र १ जना काठमाडौं निवासीमा संक्रमण पुष्टि भएपछि काठमाडौं पुनः त्रासमा छ ।
ललितपुरस्थित निदान अस्पताल र आरोग्य प्रतिष्ठानमा काम गर्ने नर्समा कोरोना संक्रमण पाइएपछि काठमाडौं खाल्डो पुनः तनावमा छ ।
ती नर्स लकडाउनलाई दुरुपयोग गर्दै सुनसरीबाट काठमाडौं आएकी थिइन्, भक्तपुरमा बसी ललितपुर अफिस आउने गरेकी थिइन् ।
निकम्मा सरकार !
वरिष्ठ फिजिसियन डाक्टर सुन्दरमणि दीक्षितले सरकार निकम्मा भएको आरोप लगाएका छन् । बिहीवार लोकान्तरसँग कुरा गर्दै डाक्टर दीक्षितले सरकार कोरोना संक्रमण नियन्त्रणमा बिल्कुलै संवेदनशील नभएको र निकम्मा देखिएको आरोप लगाएका हुन् ।
‘मैले धेरै अगाडि नै परीक्षण नभएको भन्दै प्रश्न उठाएको थिएँ, तर त्यतिबेला मलाई हल्ला फैलाएको आरोप लाग्यो,’ डाक्टर दीक्षितले भने, ‘यहाँ परीक्षण नभएर कोरोना नदेखिएको हो भन्ने त पुष्टि भइसक्यो । अझै पनि सरकारले परीक्षणमै जोड दिनुपर्छ । परीक्षण गरेपछि नियन्त्रण गर्न सजिलो हुन्छ ।’
उनले लकडाउन पूर्णरूपमा पालना गराउन सरकार असफल भएको प्रतिक्रिया दिए ।
‘आन्तरिक लकडाउन त खुकुलो भइहाल्यो, सीमामा पनि सरकारको उपस्थिति देखिएन,’ उनले भने, ‘आर्मी हुन्छ कि सशस्त्र प्रहरी हुन्छ कि सबैलाई परिचालन गरेर सीमाबाट बिल्कुलै कसैलाई छिर्न दिनु हुने थिएन । सरकार त्यस मामिलामा पनि असफल भयो ।’
पछिल्लो समयमा परीक्षण केही बढेको देखिएको भएपनि त्यो सन्तोषजनक नभएको उनले बताए । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ हजारको हाराहारीमा परीक्षण भएको छ भने आरडीटी विधिबाट करीब ६० हजारको परीक्षण भएको छ ।
डाक्टर दीक्षितले अन्य देशमा संक्रमणको दर घट्दै जाने तर नेपालमा बढ्दै जाने स्थिति राम्रो नभएको बताए । ‘सरकारसँग कुनै योजना छैन, कुनै नीति छैन र कुनै तथ्यांक विश्लेषण छैन,’ उनले भने, ‘कोरोना संक्रमण नियन्त्रणबाहिर गयो भने यसको सम्पूर्ण दोष सरकारलाई जान्छ ।’
उनले आजैको मितिबाट सीमा सम्पूर्ण रूपमा बन्द गर्नुपर्ने बताए । ‘उताबाट नेपाल आउन कुरिरहेका नेपालीहरूलाई केही दिन पर्ख भन्नुपर्यो, त्यो समय चाहिँ तयारीमा लगाउनुपर्यो । डब्लुएचओको मापदण्ड पूर्णरूपमा कार्यान्वयन गरेर लाखौँलाई राख्न सक्ने क्वारेन्टाइन बनाएरमात्र उताबाट नेपालीहरूलाई ल्याउन सकिन्छ,’ उनले भने ।
त्यसका लागि तत्काल तयारी थाल्नुपर्ने उनको भनाइ छ । 'यता क्वारेन्टाइन रेडी गरेपछि सरकारले भारतबाट आउने प्रत्येक नेपाली नागरिकको स्क्रीनिङ गर्दै सम्बन्धित क्वारेन्टाइनमा पठाउनुपर्छ,' उनले भने ।
प्रदेश सरकार र स्थानीय निकायहरूले पनि केन्द्रसँग समन्वय गरेर आ-आफ्नो क्षेत्रमा नियन्त्रण र निगरानी बढाउनुपर्ने उनले बताए ।
उनले जहाँबाट जसरी भएपनि परीक्षण गर्ने सामग्री जुटाउन सरकारलाई आग्रह गरे । ‘मागेर हुन्छ कि किनेर हुन्छ कि जे गरेर भएपनि परीक्षण गर्ने किटहरू ल्याउनुपर्छ,’ उनले भने, ‘दिनको एक लाख टेस्ट गर्ने क्षमता सरकारले केही दिनमै बनाउनु पर्छ । अन्यथा महामारीको चपेटामा पुरै देश आउन सक्छ ।’
सरकार सूक्ष्म व्यवस्थापन गर्न चुक्यो !
जनस्वास्थ्यविज्ञ डाक्टर रविन्द्र पाण्डेले काठमाडौंमा को–को आए भनेर सरकारले कुनै सूचना नराखेकोमा आपत्ति जनाए ।
‘केही दिनअघिसम्म पनि काठमाडौंमा संक्रमित क्षेत्रबाट धेरै मान्छेहरू आएका छन्,’ डाक्टर पाण्डेले लोकान्तरसँग भने, ‘को–को आए इन्फर्मेसन राखेको भए हुन्थो । कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो हुन्थ्यो । सरकारी संयन्त्र एकदम कमजोर भएको देखियो ।’
डाक्टर पाण्डेले अहिले कोरोना लक्षणविहीन देखिएकाले धेरैमा संक्रमण भएको हुन सक्ने आशंका गरेका छन् । ‘कोरोना अहिले लक्षणविहीन देखिएको छ,’ उनले भने, ‘यसलाई जित्ने मुख्य हतियार भनेको परीक्षणको दायरा बढाउनु नै हो । तर सरकारले परीक्षणको दायरा बढाउन सकेको देखिएन ।’
उनले सरकार सूक्ष्म व्यवस्थापनमा पनि चुकेको टिप्पणी गरे । ‘कतिबेला मान्छेलाई किनमेल गर्न जान दिने, कतिबेला घरमै रोक्नेजस्ता स–साना कुराहरूमा ध्यान दिएर सरकारले नीति बनाउन सक्नुपर्थ्यो, तर त्यो भएको देखिएन,’ उनले भने ।
नेपालमा कम्युनिटी ट्रान्समिसनको पहिलो चरण देखियो !
सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डाक्टर जगदीश जोशीले नेपालमा तेस्रो स्टेजमा संक्रमण प्रवेश गरिसकेको बताए ।
विहीवार लोकान्तरसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘दोस्रो चरणलाई क्लस्टर ट्रान्समिसन भन्न मिल्छ भने तेस्रो चरण भनेको कम्युनिटी ट्रान्समिसन हो । पछिल्ला दिनहरूमा जसरी ठूलो संख्यामा एकैपटक संक्रमण देखिएको छ, यसलाई तेस्रो चरणको शुरूवाती अवस्था भन्न मिल्छ ।’
डाक्टर जोशीले अहिले पनि कसलाई परीक्षण गर्ने, कसलाई नगर्ने भन्ने द्विविधा उत्पन्न हुँदा परीक्षण प्रभावकारी हुन नसकेको बताए ।
‘कसलाई टेस्ट गर्ने, कसलाई नगर्ने भन्नेमै द्विविधा देखिएको छ,’ उनले भने, ‘सरकारले अहिलेसम्म डब्लुएचओकै प्रोटोकल फलो गरिरहेको छ । यसमा मेरो आपत्ति छ । कन्ट्याक्ट हिस्ट्री या ट्राभल हिस्ट्री भएको मान्छेमा मात्र यो परीक्षण गरिएको जस्तो देखिन्छ । त्यो नभएर सबैको टेस्ट गर्नुपर्यो । क्वारेन्टाइनमा बसेका सबैको टेस्ट गर्नुपर्यो ।’
डाक्टर जोशीले थपे – ‘जति बढी केसलाई कभरिङ गरिन्छ, त्यति धेरै डिटेन गर्ने हो । रेड, एल्लो र ग्रीन जोनहरू छुट्याएर कुन जोनमा कुन प्रोटोकल फलो गर्नुपर्छ भन्ने तय गर्नुपर्छ ।
हिमाली र पहाडी जिल्लाहरूमा त्यति केस देखिएका छैनन् । त्यो भन्दा बढी बोर्डर एरियामा संवेदनशील देखिएको छ । सरकारले त्यतातिर ध्यान दिनुपर्यो ।’
सीमा व्यवस्थापनमा सरकार चुकेकै कारणले आम जनता त्रसित हुनुपरेको उनको धारणा छ ।
‘लुकीछिपी आउने क्रम रोकिएको छैन । कसलाई संक्रमण छ, कसलाई छैन भन्ने पत्ता लगाउन सकिएको छैन । सुदूरपश्चिममै पनि ५ जना संक्रमित निको भए, अब ढुक्क हुन सकिन्छ भन्ने स्थिति छैन,’ उनले भने ।
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...