ग्लोबल आइएमई बैंकको नाफा तीन अर्ब १५ करोड

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो तैमाससम्म आईपुग्दा तीन अर्ब १५ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । 

जनतासँग मर्जपछि ग्लोबलको सबै सूचकमा उल्लेख्य सुधार आएको हो । बैंकको निक्षेप संकलन ७६ प्रतिशतले बढेको छ भने कर्जा लगानीमा ७९ प्रतिशतको सुधार भएको छ । चैत मसान्तसम्म बैंकले दुई खर्ब एक अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ९५ अर्ब रुपैया कर्जा बिस्तार भएको बैंकले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ ।


Advertisement


बैंकको चुक्ता पुँजी १८ अर्ब ९७ करोड छ, योसँगै सबैभन्दा धेरै पुँजी भएको बाणिज्य बैंक बन्न सफल भएको छ । यो अवधिमा चुक्ता पुँजी ८४ प्रतिशतले बृद्धि भएको हो । त्यस्तै जगेडा कोषमा ९ अर्ब १४ करोड रुपैयाँ पुगेको छ भने पुँजी कोष अनुपात ११.२ प्रतिशत पुगेको छ ।


ज्नता बैंकसँग मर्ज भएपछि भने बैंकको खराव कर्जा बढेको छ । हाल बैंकको खराब कर्जा ०.३८ प्रतिशत बिन्दुले बढेर १.१४ प्रतिशत पुगेको छ । त्यसैगरी, प्रतिशेयर आम्दानी दुई रुपैयाँले घटेर २२ रुपैयाँमा आएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्