×

NMB BANK
NIC ASIA

कोरोना सन्दर्भमा झुक्कियो स्वास्थ्य मन्त्रालय, पुरानो विज्ञप्तिकै मानिस फेरि दोहोर्‍याएर संख्या थपियो

जेठ १, २०७७

NTC
Sarbottam
मन्त्रालयले पहिले र अहिले जारी गरेको विज्ञप्ति
Premier Steels
Marvel

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संख्या बारे जारी गर्ने विज्ञप्तिमा गम्भीर त्रुटी देखिएको छ । पुरानो विज्ञप्तिमा आएका उही मानिसको संख्या थापर नयाँ तथ्यांक देखाइएको छ । प्रदेश २ मा ५ जना ब्यक्ति संक्रमित भएको बैशाख ३० गते नै जारी गरेको विज्ञप्ति फेरि जेठ १ गते जारी गरिएको छ ।

Muktinath Bank

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समीर कुमार अधिकारीले बैशाख ३० गते राति १०ः १५ बजे जारी गरेको विज्ञप्तिमा कुल संख्या २१७ पुगेको बताइएको थियो ।  कुल थपिएको नयाँ संख्या २६ मध्ये प्रदेश २ का समेत ५ जनाको नाम राखिएको थियो ।  महोत्तरी जिल्ला निवासी १६ र ३५ बर्षीय पुरुषहरु, धनुषा जिल्ला निवासी २० बर्षीय महिला र ४० बर्षीय पुरुष र सर्लाही निवासी ४५ बर्षीय पुरुष रहेको कुरा उक्त विज्ञप्तिमा उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले फेरि जेठ १ गते बिहान ७: ४५ बजे  सह प्रवक्ता अधिकारीले नै जारी गरेको विज्ञप्तिमा त्यही ५ जनाको ठेगाना राखेर नयाँ संक्रमित भन्दै थपेको छ । उक्त विज्ञप्तिमा नयाँ पुष्टि भएको ५ जनाको संख्या जोडेर कुल संक्रमितको संख्या २५० पुगेको उल्लेख छ । सर्लाही धनकौल निवासी ४० बर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगर निवासी ४० बर्षीय पुरुष र मिथिला नगरपालिका निवासी २० बर्षीय महिला, महोत्तरीको जलेश्वर नगरपालिकाका १६ बर्षीय र बलवा नगरपालिकाका ३५ बर्षीय पुरुष रहेको उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

जेठ १ गते बिहान जारी गरिएको उक्त विज्ञप्तिमा पहिलेकै मानिस दोहोरिएको जस्तो देखिएको कुरा धनुषाका प्रमुख जिल्ला अधिकारी कोश हरी निरौलाले समेत बताएका छन् ।  बैशाख ३० गते राति जारी गरिएको विज्ञप्ति र अहिले बिहान जारी गरिएको विज्ञप्ति उही भएको तथा ती मानिसहरुलाई हिजो नै प्रादेशिक अस्पताल जनकपुरको कोविड बिशेष अस्पतालमा भर्ना समेत गरी सकिएको उनले बताए । विज्ञप्ति सचयाउने बारे मन्त्रालय संग कुरा गर्ने समेत उनले लोकान्तरलाई बताएका छन् । 

Vianet communication
Laxmi Bank

एटा सह प्रवक्ता अधिकारीलाई पटक पटक फोन गर्दा समेत उनको फोन उठेको  छैन । जनकपुर उपमहानगर निवासी ४० बर्षीय पुरुष भनिएको एक जना पत्रकार, मिथिला नगरपालिकाको वडा नम्बर १० निवासी लालगढका एक जना महिलालाई बैशाख ३१ गते नै अस्पतालमा भर्ना गरिएको छ ।

त्यसै गरी महोत्तरीका भनिएका २ जनामध्ये जलेश्वरका ३५ बर्षीय मानिस पनि पत्रकारहरुको टोलीमा नै सवाब संकलन गराएका थिए र उनी पनि जनकपुर बाट नै अस्पतालमा  भर्ना भएका छन । त्यसै गरी महोत्तरीको बलवा नगरपालिका निवासी १६ बर्षीय युवक पनि धनुषाको नगराइन नगरपालिकाको गंगुली स्थित प्रादेशिक क्वारेन्टाइनबाट नै पुष्टि भएर अस्पतालमा भर्ना भएका छन् ।     


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x