मंसिर ३, २०८०
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
यदि कोभिड- १९ अर्थात् कोरोना महामारीबारे केही कुरा निश्चित छ भने त्यो हो - कुनै दिन यसको अन्त्य हुनेछ । हामीलाई ठ्याक्कै थाहा छैन कहिले, तर अन्ततः मानवजातिले यो महामारीविरुद्ध विजय हासिल गर्नेछ । दुर्भाग्यवश, हामीमध्ये केही यसको शिकार हुनेछौं, तर धेरै त यहीँ नै रहने छौं । महामारीपछिका यावत समस्याहरूको समाधान गर्ने र मानव इतिहासको नयाँ अध्याय लेख्ने काम हामी बाँच्नेहरूको हुनेछ ।
निश्चय नै यो महामारीले हाम्रो आर्थिक र राजनीतिक भविष्यलाई एउटा नयाँ आकार दिनेछ । साथसाथै यसले गहिरो सांस्कृतिक र मनोवैज्ञानिक प्रभाव पनि छाड्नेछ । हामी लामो समयसम्म यो संकटको सम्झना गरिरहने छौं- यसलाई बुझ्ने प्रयास गर्दै, यसबाट सिक्ने प्रयास गर्दै र सम्भवतः यसलाई बिर्सने प्रयास गर्दै ।
यो महामारीले हाम्रो विचार, हाम्रो अभिव्यक्ति, हाम्रो कला र हाम्रो साहित्यलाई समेत फरक बनाउनेछ । यही महामारीका वरिपरि चलचित्रहरू बनाइनेछन्, पुस्तकहरू लेखिनेछन्, गीतहरू गाइनेछन् र ती सबैले हामीलाई यो भयानक समयको सम्झना दिलाउनेछन्- एउटा यस्तो भयानक महामारी जसले एक्काइसौं शताब्दीको मानवलाई भित्रैदेखि हल्लाइदियो ।
यो महामारी सकिएसँगै हामीसँग आउँदो पुस्तासँग साट्ने अनेकन कथाव्यथा र सम्झनाहरू हुनेछन् । जीतका कथा, पीडाका कथा र बलिदानका कथा । हामी सम्झने छौं लकडाउनमा परि भित्रभित्रै गुम्सिनु परेको पीडा । हामी सम्झनेछौं बेरोजगार हुनुपरेको र भोकभोकै रहनु परेको पीडा । हामी सम्झनेछौं बाहिर चहकिलो घाम लागेको, चराहरू आकाशमा निश्फिक्री भएर उडेका, तर हामीचाहिँ साँघुरो कोठाभित्र निसास्सिँदै इन्टरनेट र टिभीमा झुण्डिएर दिन बिताएको ।
तर यो संकटले हामीलाई केबल सम्झनाहरू मात्र दिएर जाने छैन । यसले हामीलाई एउटा अनिश्चित धरातलमा पुर्याउने छ र अन्ततः हाम्रो आर्थिक र राजनीतिक भविष्य नै पुनर्परिभाषित गर्नेछ ।
कोरोना महामारीको संकट बढ्दै जाँदा हाम्रा सामु धेरै प्रश्नहरू तेर्सिएका छन् । यो विपत्तिको अन्त भएपछि के हुन्छ? हामीलाई कसले नेतृत्व प्रदान गर्छ? व्यापक बेरोजगारी र विश्वव्यापी आर्थिक मन्दीका बीच हाम्रो भविष्य कता जान्छ? हाम्रो जीवनमा केवल पीडा र भयमात्र हुनेछन् वा केही आशाका किरणहरू पनि ?
अर्कोतर्फ यो महामारीले हाम्रा मानकहरू र हाम्रा सिद्धान्तहरूलाई कस्तो असर पार्नेछ भन्ने प्रश्नहरू पनि छन् । हामीले प्रयोग गर्दै आएको स्वतन्त्रताको भविष्य के हुनेछ ? के हाम्रो गोपनीयता र अभिव्यक्ति स्वतन्त्रताको हक सुरक्षित रहिरहने छ ? के हाम्रा लोकतन्त्रहरू यो महामारीको आघातबाट बच्न सक्षम हुनेछन् ?
यस्ता प्रश्नहरू धेरै छन् । कोरोना महामारीपछिको विश्वमा बहुपक्षीयता र भूमण्डलीकरणको अवस्था के हुनेछ? के पहिले जस्तै स्वतन्त्र व्यापार निर्वाधरूपमा चलिरहने छ? लगभग पूरै विश्व महामारीले आक्रान्त भएको अवस्थामा कसलाई कसले सहयोग गर्नेछ ? के यो महामारीसँगै गरीब देशहरूले पाउँदै आएको विकास सहायता समाप्त हुनेछ ?
अनि यो महामारीले विश्वव्यवस्था र अन्तर्राष्ट्रिय शक्ति संरचनाहरूमा कस्तो परिवर्तन गर्नेछ? विश्व व्यवस्थाको उच्च स्थानमा को बस्ने छ ? के हामी अमेरिकाको पतन र चीनको अप्रत्याशित उदय देख्नेछौं ? त्यसो हो भने पुँजीवादको भविष्यचाहिँ कस्तो हुनेछ ? के महामारीले थला परेको पूँजीवाद फेरि तंग्रिने छ ? वा हामी पूँजीवादको विकल्प खोज्नेछौं, एउटा यस्तो विकल्प जसमा समानता र सामाजिक न्याय पनि हुनेछ । यदि त्यसो हो भने, त्यो विकल्प के हुनेछ ?
कोरोनाको महामारी सकिएपनि जलवायु परिवर्तनको महामारी मानवजातिको अस्तित्वमै संकट पार्ने हिसाबले देखा पर्नेछ । के यो महामारीसँगै हाम्रो जलवायु परिवर्तन हेर्ने आँखा पनि बदलिने छ ? के महामारीपछिका मानवहरूको ध्यान मिथ्यांकमा भन्दा विज्ञान र तथ्यहरूमा बढी पर्नेछ ?
यस्ता प्रश्नहरू धेरै छन् र कठिन पनि । यद्यपि महामारीपछिका मानवहरू अर्थात् हाम्रो पुस्ताले यी प्रश्नहरूको सामना नगरी सुखै छैन । हामीसँग समय थोरै छ र विकल्प पनि थोरै ।
कोरोना महामारीपछिका यस्तै सम्भावित परिस्थितिहरूको आंकलन गर्नु यो लेखको मुख्य उद्देश्य हो । लेखको पहिलो भागमा वर्तमान विश्व व्यवस्थामा कोरोना महामारीले पार्न सक्ने प्रभावको विश्लेषण गरिएको छ । भाग- २ मा कोरोना महामारीले विभिन्न मुलुकहरूको राष्ट्रिय राजनीतिमा पार्नसक्ने असरको चर्चा गरिनेछ ।
कोरोना महामारीकै कारण प्रजातन्त्र, व्यक्तिगत स्वतन्त्रता, गोपनीयता र राष्ट्रिय सुरक्षा कसरी प्रभावित हुनेछन् भन्ने विश्लेषणका साथै भूमण्डलीकरण, स्वतन्त्र-व्यापार र वैदेशिक सहायताजस्ता विषयहरूमा यसको कस्तो प्रभाव रहनेछ भन्ने आंकलन पनि भाग-२ मै गरिनेछ ।
लेखको अन्तिम भाग अर्थात् भाग -३ मा कोरोना महामारीले सतहमा ल्याएको गहिरो सामाजिक असमानताको चर्चा गर्दै विभेदकारी पूँजीवादी अर्थव्यवस्थाको विकल्प खोज्न र विश्वलाई मौलिक रूपमै रुपान्तरण गर्न यो महामारी एउटा अभूतपूर्व अवसर हुनसक्छ भन्ने तर्क पेश गरिनेछ ।
वर्तमान विश्वव्यवस्थामा कोरोना महामारीको प्रभाव
कोरोना महामारीले विश्व शक्ति संरचनाहरूमा ठूलै उथलपुथल ल्याउने देखिन्छ र महामारीपछिको विश्वव्यवस्था बहुध्रुवीय हुने देखिन्छ ।
अमेरिकी स्वास्थ्यकर्मीहरू पीपीईको अभावमा फोहोर फाल्ने प्लाष्टिकलाई सुरक्षाकवचको रूपमा प्रयोग गरेका तस्विरहरू इन्टरनेटमा भाइरल भइरहँदा चीनले भने आफूलाई कोरोनायुद्धको विजेताको रूपमा प्रस्तुत गरिरहेको छ ।
यसको मनोवैज्ञानिक प्रभाव धेरै समयसम्म रहनेछ । अमेरिका अब पहिलेको जस्तो 'शर्वशक्ति' त्यसैपनि छैन र यो महामारीको शुरूदेखि नै ट्रम्प प्रशासनको कमजोर प्रदर्शनीले अमेरिकाको अन्तर्राष्ट्रिय शाखलाई झन्झन् कमजोर बनाउँदै गएको छ ।
कोरोना महामारीपछिको विश्वमा चीन र अमेरिकाले एक अर्काप्रति कस्तो रवैया अपनाउनेछन् त्यो अझै स्पष्ट छैन । यद्यपि यी दुई देशहरूबीचको खिचातानी, व्यापार युद्ध र वर्चस्वको दौड अझै तीव्र हुँदै जान सक्छ ।
तर यो महामारीले अमेरिका र चीनलाई शत्रुको रूपमा नभई साझेदारको रूपमा काम गर्ने दुर्लभ अवसर पनि प्रदान गरेको छ । अमेरिका र चीनबीच साझेदारीका केही संकेतहरू पनि नदेखिएका होइनन् । गत महिना चीनले अमेरिकालाई १,००० थान भेन्टिलेटरहरू सहयोगस्वरूप प्रदान गर्यो भने अमेरिकी हार्वर्ड विश्वविद्यालय र चिनियाँ वैज्ञानिकहरूले कोरोनाभाइरसको संयुक्त अनुसन्धान पनि शुरू गरेका छन् ।
विश्व जटिल अवस्थाबाट गुज्रिरहेको अवस्थामा चीन र अमेरिकाबीचको साझेदारी अझै व्यापक हुनुपर्ने हो, तर हालको अमेरिकी प्रशासन साझेदारीको भाषा खासै बुझ्दैन र बोल्दैन पनि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहयोग र साझेदारीमा होइन टकरावमा रमाउँछन् ।
पछिल्लो समय ट्रम्प प्रशासनको कूटनीतिक प्रदर्शनी यति फितलो देखिन्छ कि चीनजस्ता प्रतिस्प्रर्धीहरू त परै जाउन् अमेरिकाले आफ्ना मित्रहरूसँग पनि सुमधुर सम्बन्ध राख्न सकेको छैन । गत महिना फ्रान्स र जर्मनीतर्फ जाँदै गरेका अत्यावश्यक मेडिकल सामाग्रीका ढुवानीहरू अमेरिकाले बीच बाटोमै 'जफत' गरी आफ्नो मुलुकतिर फर्कायो । फ्रान्स र जर्मनीले अमेरिकालाई 'मोर्डन पाइरेसी' अर्थात 'आधुनिक डकैती' गरेको आरोप लगाए ।
सन् २०२१ अर्थात अर्कोवर्ष अमेरिकीहरूले डोनाल्ड ट्रम्पको सट्टा डेमोक्र्याटिक पार्टीका जो बाइडेनलाई नयाँ राष्ट्रपतिको रूपमा चुने भने त्यसले विश्व राजनीतिलाई केही राहत प्रदान गर्नेछ । डोनाल्ड ट्रम्प नै राष्ट्रपति चुनिएपनि वैज्ञानिक र शैक्षिक फ्रन्टहरूमा अन्तर्राष्ट्रिय साझेदारी चाहिँ जारी रहिरहने देखिन्छ ।
कोरोना महामारीले थलिएको अमेरिका महामारीपछि पनि आर्थिक र मानसिकरूपमा कमजोर चाहिँ देखिनेछ । यद्यपि अमेरिका कमजोर हुँदैमा विश्वमा चीनको वर्चस्व स्वत: कायम हुने भन्ने हुँदैन ।
चीनका आफ्नै समस्या र सीमाहरू छन् । कोरोना महामारीले चीनको निर्यात-केन्द्रित अर्थतन्त्रलाई ठूलै धक्का पुर्याएको छ र ४० वर्षमा पहिलोपटक चिनियाँ अर्थतन्त्र खुम्चेको छ । विश्व गम्भीर आर्थिक मन्दीमा फस्दा चीन एक्लै चोखो रहन सक्दैन । जब सिंगो संसार संकटमा धकेलिन्छ, चीन एक्लै समृद्ध रहिरहन पनि सक्दैन ।
पहिलोपटक चीनको वुहानमा देखिएको नोभेल कोरोनाभाइरसको बारेमा पर्याप्त जानकारी नदिएको र कोरोना महामारीले चीनमा पुर्याएको वास्तविक क्षतिबारे सही रिपोर्टहरू नदिएको आरोप चीनले खेपिरहेको छ । यसका अलावा चीनमा मानव अधिकारको कमजोर स्थिति, वाक स्वतन्त्रतामा लगाइएको कडा सेन्सरशिप र अल्पसंख्यक र आलोचकहरूप्रति चीनले देखाउँदै आएको असहिष्णुताका बारेमा पनि चीनको व्यापक आलोचना हुँदै आएको छ ।
त्यसअर्थमा विश्व अहिले नै चीनको पोल्टोमा परिहाल्ने देखिँदैन । बरु कमजोर हुँदै गएको अमेरिका, अझै पूर्णत: बलियो र सर्वमान्य भइनसकेको चीन, आफैंभित्र विभाजित ईयू तथा रूस, भारत र ब्राजिलजस्ता उदीयमान शक्तिहरूको पनि विश्वलाई नेतृत्व गर्ने सक्ने शक्ति नभएको अवस्थामा हामी विश्वव्यवस्थाको यस्तो चरणमा प्रवेश गर्दैछौं जहाँ कुनै एक राष्ट्रको दबदबा हुनेछैन । विश्व एकध्रुवीय वा द्वीध्रुवीय हैन, बहुध्रुवीय हुनेछ ।
बहुध्रुवीय विश्व केही अस्तव्यस्त देखिन सक्छ र यो धेरै लामो समयसम्म नरहन पनि सक्छ । यद्यपि बहुध्रुवीय विश्वमा संयुक्त राष्ट्रसंघ जस्ता संस्थाहरूले अझ बढी अर्थपूर्ण भूमिका खेल्न सक्नेछन् र नेपाल जस्ता साना र तुलनात्मक रूपमा कमजोर राष्ट्रहरूले पनि अन्तर्राष्ट्रिय महत्त्वका मुद्दाहरूमा केही बढी प्रभाव पार्न सक्नेछन् ।
विश्व संकटमा गुज्रिरहेको अवस्थामा शक्तिशाली मुलुकहरू एक ठाउँमा आएर काम गरुन् भन्ने आशा हुनु स्वाभाविक हो, तर अन्तर्राष्ट्रिय राजनीति त्यसरी चल्दैन । यसअघिका महामारीहरूले अन्तर्राष्ट्रिय शक्तिसंघर्षका नियमहरूमा कुनै मौलिक परिवर्तन गर्न सकेनन् र यो महामारीले पनि त्यो गर्ने सम्भावना न्यून छ ।
(यो लेख भुसालले अंग्रेजीमा लेखेको द वर्ल्ड अफ्टर कोभिड- १९ को नेपाली भावानुवाद हो ।)
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...