×

NMB BANK
NIC ASIA

नारायणी अस्पताल वीरगंजमा उपचार गराउन भर्ना भएका संक्रमित बिरामीमध्ये भागेका २ जना बिरामीलाई पक्राउ गरेर पुनः अस्पतालमा भर्ना गराइएको छ ।

Muktinath Bank

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव डा. राम प्रसाद घिमिरेले जेठ २ गते गरेको मिडिया ब्रिफिङमा उनले उक्त कुरा बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फरार भएकामध्ये एक जना अन्य कुनै पनि व्यक्तिको सम्पर्कमा नआएको तथा अर्को एक जना सम्पर्कमा आएका मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

पर्सा जिल्लाको धोबिनी गाउँपालिकाका एक जना मानिसमा ३ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । धोबिनी गाउँ पालिकाका अध्यक्ष सुरेशप्रसाद कुर्मीका अनुसार वीरगंजको छपकैया स्थित एउटा कारखानामा काम गर्दै आएका उनी भारतको दिल्लीस्थित मर्कसबाट फर्कर आएका जमातीहरुको सम्पर्कमा रहेका कारण कोरोना संक्रमित भएका थिए ।

Vianet communication
Laxmi Bank

वैशाख ३१ गते अस्पतालको माथिल्लो तल्लामा भर्ना भएका उनी शौचालयको पाइपबाट ओर्लेर भागेको कुरा आफूलाई जानकारीमा आएपछि उनको खोजी कार्यमा लागेको अध्यक्ष कुर्मीले लोकान्तरलाई बताए ।

‘केही दूरी उनी पैदल नै आई रहेका थिए भने केही समयपछि उनी आफ्नो एक जना आफन्तको मोटरसाइकलमा बसेर गाउँ आएका थिए,’ अध्यक्ष कुर्मीले भने,‘त्यति मात्र होइन संक्रमित व्यक्ति उनको घरमा बसेको तथा दिनमा खाना समेत खाएका थिए ।’

संक्रमित व्यक्तिलाई मोटरसाइकलमा चढाएर ल्याउने व्यक्ति भने दूध बिक्रीवितरण गर्ने काम गर्छन् । दूध बेच्न प्रत्येक दिन वीरगंजसम्म मोटरसाइकलमा जाने गर्छन् ।

‘चिनजान तथा आफन्त नै भएका कारण उनले संक्रमित व्यक्तिलाई मोटरसाइकलमा चढाएर आफ्नो घरसम्म लगेर खाना खुवाएका थिए,’ अध्यक्ष कुर्मीले भने,‘बुधबार राति साढे ९ बजे उनलाई प्रहरीको सहयोगमा पक्राउ गरेर उनलाई फेरि वीरगंजस्थित नारायणी अस्पतालमा पठाएका थियौं ।’

मोटर साइकल चालकसहित उनका घर परिवारका कुल ५ जना सदस्यलाई गाउँको विद्यालयमा संचालित क्वारेन्टाइनमा राखिएको छ ।

‘चालकको ३ महिनाको छोरासमेत भएका कारण उनका श्रीमती र काखे छोरालाई आजबाट घरमै क्वारेन्टाइन गराउने तयारी गरेका छौं,’ अध्यक्ष कुर्मीले भने, ‘यूएनआई सहित बाँकी ३ जनालाई भने विद्यालयको क्वारेन्टाइनमै राखिएको छ ।’

सम्पर्कमा आएका सबै जनाको स्वाब संकलन समेत गरिएको छ ।

उनीहरु किन भागे भन्ने कुरा खुल्न सकेको छैन । अर्को मानिसलाई भागेको केही समयपछि नै बाटो बाट नै पक्राउ गरेर अस्पतालमा पुनः ल्याइएको थियो । भाग्ने दुवै जना वीरगंजकै थिए ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x