'नेपालको आफ्नै ध्वजाबाहक पानीजहाज भारतीय जलमार्ग हुँदै समुद्रसम्म'

सरकारले नेपालको आफ्नै ध्वजाबाहक पानीजहाज भारतको जलमार्ग हुँदै समुद्रसम्म पुर्‍याउने गरी काम भइरहेको जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारको नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कुरा उल्लेख गरेकी हुन् ।


Advertisement

'नेपालको आफ्नै ध्वजाबाहक पानीजहाज भारतको जलमार्ग हुँदै समुद्रसम्म जाने गरी कम भैरहेको छ । यस जलमार्ग प्रयोग गरेर नेपालले व्यापार गर्न कानूनी व्यवस्था गरिनेछ,' सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, 'गण्डकी नदीलाई भारतको आन्तरिक जलमार्गमा जोडिनेछ र तीन वर्षभित्र जलायातायात शुरू गरिनेछ ।'

'आगामी वर्ष कोशी, कमला, नारायणी र कर्णाली नदी नियन्त्रणका विशेष कार्यक्रम सञ्चालन गरिनेछ, त्यसका लागि स्थानीय सामग्री प्रयोग गरेर जैविक विधि प्रयोग गरिनेछ,' सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।


Advertisement

मौसम तथा बाढीसम्बन्धी पूर्व सूचनालाई समयमै सम्पन्न गरी जोखिम न्यून गर्न थप दुई स्थानमा मौसमी राडार सञ्चालन गरिने तथा सीमा क्षेत्रमा हुने कटान र डुबानको समस्यालाई दिगो रूपमा समाधान गरिने पनि सरकारले जनाएको छ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्