धनुषाका संक्रमितले झुक्याए,  चितवनबाट नभई भारतको मुम्बईबाट आएको खुलासा

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

धनुषाका संक्रमित दुई जना ब्यक्ति चितवनबाट नआएर भारतको मुम्बईबाट आएको खुलेको छ ।

धनुषाको नगराइन नगरपालिकाको क्वारेनटाइनमा रहेका ती दुबै जना संक्रमितले स्वास्थ्यकर्मी देखि सुरक्षाकर्मी समेतलाई झूठो विवरण दिएका थिए । यसअघि आफूहरू चितवनबाट आएको बताएका थिए ।  संक्रमित दुबै जना धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोरघास गाउँका हुन् । 


Advertisement

क्वारेनटाईनका संयोजक संतोष ठाकुरका अनुसार उनीहरूलाई पटक पटक सोध पूछ गर्दा झूठो विवरण दिएका थिए । तर, उनीहरूलाई मोटरसाइकलमा चढाएर सीमा बाट क्वारेनटाईन सम्म ल्याएको कुरा मोटरसाइकल चालकले नै बताए पछि उनीहरू चितवनबाट नआएर भारतको मुम्बई बाट आएको कुरा खुलेको हो ।  

मुम्बईमा उनीहरू मजदूरी गर्ने गरेका थिए । बेला भन्ने गाउँ मा खाना समेत खाएको कुरा खुलेको ठाकुरले बताए । संक्रमितहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरको कोविड अस्पतालमा पठाई सकिएको छ । 
 


Advertisement

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्