×

NMB BANK
NIC ASIA

सिमाना (कविता)

जेठ ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

केशव सिग्देल

Muktinath Bank

ध्यानस्थ भएर अविरल बगिरहेको नदीलाई 
अभियुक्तजस्तो कँठालो समातेर 
समयको कठघरामा उभ्याइदियो भने
आफ्नै उद्गमको प्रमाण जुटाउन
के गर्छ होला नदी ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नदीलाई राम्रै थाहा छ
फर्कि गए पनि आफ्नो शिरसम्म
हिमालमा जोडिएको छ उसको नाभि 
हिमालका चट्टानहरुलाई पनि थाहा छ
आकाशबाटै हो सहस्र झर्ने हिउँ र पानी 
आकाशलाई पनि थाहा छ 
महासागरमा समाधिस्थ छ
बादल उत्पन्न गर्ने तेजमय वाष्प र ध्वनी । 


Advertisment
Nabil box
Kumari

आफ्नो उद्गम खोज्दाखोज्दै 
नदी जब पुग्छ–– 
हिमालसम्म,
आकाशसम्म,
सागरसम्म,
साँध भत्काइरहेका मानिसहरु 
के नापिसक्लान् हिउँको आयतन ?
के तोक्न सक्लान् आकाशको सिमाना ?
अथवा, समुन्द्रको ज्वारभाटामा 
के भेट्टाउलान् सन्धीसर्पनको न्याय ?

Vianet communication
Laxmi Bank

नदीलाई 
सम्झाइरहनु पर्दैन उसको धर्म
बगिरहन्छ नित्य 
अनन्तसम्म । 
तर जुन दिन
आफ्नै उद्गमको प्रमाण खोज्न
आफ्नै शिरतिर बग्न विवश हुनेछ नदी 
त्यसपछि 
सहस्र धमनी बनेर दौडाउनेछ 
हाम्रो शरीरको रगत
र ति सबै धमनीहरु छिनालिएपछि मात्र
कोरिनेछ भूगोलको नयाँ सिमाना ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x