कोरोनाभाइरसको लक्षण मानिसमा देखिनुअघि नै सुँघेर थाहा पाउन कुकुरहरूलाई दिइयो तालिम

मानिसमा कोरोनाभाइरसका लक्षणहरू देखिनुअघि नै सुँघेर पत्ता लगाउनका लागि बेलायतमा कुकुरहरूलाई तालिम दिइएको छ । 

यसको परीक्षण शुरू गर्न लागिएको छ । सरकारले यसका लागि पाँच लाख पाउन्ड रकम छुट्ट्याइसकेको छ । 


Advertisement

यो परीक्षण सफल भएमा कुकुरहरूले एक घन्टामा २५० जनासम्मलाई सुँघेर पत्ता लगाउँछन् र परीक्षणमा सहायता गर्छन् । यसले भाइरस पत्ता लगाउने प्रक्रियामा क्रान्तिकारी परिवर्तन ल्याउने बताइएको छ । 

लाब्राडोर र ककर स्पानियल प्रजातिका कुकुरहरूले क्यान्सर, औलो र पार्किन्सन्स डिजीज जस्ता ज्यानमारा रोग पत्ता लगाइसकेका छन् । 


Advertisement

अब उनीहरूलाई लक्षण देखिनुअघिको कोभिड–१९ पत्ता लगाउन कठोर तालिम दिइनेछ । 

अनुसन्धानमा कुकुरहरूले यस रोगको गन्ध चाल पाएको देखिएको छ । 

पहिलो चरणको परीक्षण लन्डन स्कूल अफ हाइजिन यान्ड ट्रपिकल मेडिसिनका अनुसन्धाताले गर्नेछन् । उनीहरूले मेडिकल डिटेक्सन डग्स र डरहम विश्वविद्यालयसँग यसका लागि साझेदारी गरेका छन् । 

लन्डन स्कूलको रोग नियन्त्रण विभागका प्रमुख प्राध्यापक जेम्स लोगनले सफलतामा आशावादी रहेको बताए ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्