×

NMB BANK
NIC ASIA

‘बीउ र मल नपाए भोकमरीको भाइरस आउँछ

जेठ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भोक नै सबैभन्दा ठूलो रोग हो ।’ धम्मपदमा उल्लिखित शाक्यमुनि बुद्धको उक्त  वचनलाई स्वीकार्दै रुपन्देहीका जनप्रतिनिधिले सरकारको ध्यानकर्षण गराएका छन् । भैरहवामा आइतबार आयोजित कार्यक्रममा भेला भएका  जनप्रतिनिधिले बीउबिजन समयमै नपाए मुलुकमा भोकमरी आउने उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Muktinath Bank

रुपन्देही जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद तथा १६  पालिकाका प्रमुखले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर विशेष कार्यक्रम ल्याउन सरकारलाई आग्रहसमेत गरेका छन् । कृषिको पकेट क्षेत्र जिल्लाको मर्चवार क्षेत्रबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्य बसीउद्धिन खानले किसानलाई यतिबेला बीउको समस्या रहेको जनाउँदै सहज ढंगले उपलब्ध हुने गरी योजना बनाउनुपर्ने बताए । मर्चवारकै प्रदेशसभा सदस्य अष्टभुजा पाठकले कृषिमा विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने बेला आएकामा जोड दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशसभा सदस्य सुनिताकुमारी ठठेरले गाउँ फर्केकाहरुलाई सामाजिक दूरी कायम गर्दै कृषि उद्यममा लगाउनुपर्ने बताए । अर्का प्रदेशसभा सदस्य पुष्पा चौधरीले खेती गने समयमा बीउ र मल अभाव भए  भोकमरीको भाइरस सिर्जना गर्ने बताए । प्रदेशसभा सदस्य सन्तोष पाण्डेले कृषिमा सरकारको विशेष योजना आवश्यक रहेकामा जोड दिए । 


Advertisment
Nabil box
Kumari

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अध्यक्षतामा सम्पन्न  जिल्लास्तरीय कोभिड –१९ संकट व्यवस्थापन समितिको बैठकमा सहभागी प्रदेशसभा सदस्यले मात्रै होइन गाउँपालिकाका अध्यक्ष तथा नगर प्रमुखले पनि कोभिड –१९ सँग जुध्दै गर्दा कृषि क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने बताए । सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीले तत्कालै बीउको व्यवस्थापनमा सरकार लाग्नुपर्ने सुझाव दिए ।

Vianet communication
Laxmi Bank

शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीले कोरोेनाविरुद्ध एक भएर लडिरहँदा कृषिको विकासका लागि पनि एक हुन जरुरी रहेको धारणा राखे । सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुले कृषिका लागि साल्ट ट्रेडिङ र कृषि सामग्री लिमिटेडसँग मलखाद र बीउ भए तापनि वितरण नगर्दा समस्या भएको बताए ।  कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण क्षेत्रीले क्वारेन्टिन अवधि पूरा गरेका प्रवासीलाई कषि  क्षेत्रमा क्रियाशील बनाउने योजना आवश्यक रहेको बताए ।

बैठकमा बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी, रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादव, तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरे, सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी, देवदह नगर प्रमुख हिराबहादुर केसी, सैनामैना नगर प्रमुख चित्रबहादुर केसी, गैडहवा गाउँपालिका अध्यक्ष बछुलाल केवट, मर्चवारी गाउँपालिका अध्यक्ष केशवानन्द बानियाँ, कोटही गाउँपालिका अध्यक्ष चन्द्रभूषण यादवलगायत जिल्लाका १६ पालिकाका अध्यक्ष र १० प्रदेशसभा सदस्यले कृषिमा वैज्ञानिक योजनासहित अगाडि बढ्न नसके भोकमरी आउने खतरा रहेको धारणा राखे । 

बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक दूरीलाई कायम गर्दै कृषि कर्मलाई निरन्तरता दिने गरी पालिकास्तरमा काम अगाडि बढाउन आग्रह गर्नुभएको थियो । यसअघि मन्त्रिपरिषद्को बैठकले प्रदेश नं ५ मा कोभिड कृषि विशेष कार्यक्रम घोषणा गरेको छ ।   

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x