फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
जेठ ५, २०७७
नेपाली कांग्रेसका सांसद एवं केन्द्रीय सदस्य प्रदीप गिरीले आफ्नो ३० वर्षे संसदीय इतिहासमा सरकरका नीति तथा कार्यक्रमले पहिलोपटक सर्वाधिक निराश बनाएको बताएका छन् ।
राष्ट्रपतिले संसद्मा पेश गरेका सरकारका नीति तथा कार्यक्रम किमकर्तव्यविमुढताको ठोस प्रमाण भएको उनले आरोप लगाए ।
सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा आइतवारको छलफलमा भाग लिँदै नेता गिरीले अनिश्चित बन्दै गइरहेको लकडाउनका कारण मानिस रोगभन्दा भोकले मर्ने अव्स्था आउँदा पनि सरकारले गरीबीलाई सम्बोधन गर्ने कार्यक्रम नल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
‘नशा लागेको हो ? यो दस्तावेजमा मानवजातिको इतिहासमा आज अघि कहिल्यै नभएको संकट आइपरेको छ । कार्यक्रममा भनिएको छ, कसैलाई भोकै रहन दिन्नौं । म चेतावनी दिन चाहन्छु– रोगभन्दा भोकले नै मर्ने अवस्था आइसक्यो,’ गिरीले भने, ‘भनिन्छ, रक्सीको नशा खाएपछि, पैसाको नशा पाएपछि र सत्ताको नशा गाएपछि लाग्दो रहेछ, ओहो तपाईं कति ठूलो मान्छे भन्दिएपछि हुँदो रहेछ । मानवताको इतिहासमा यति ठूलो संकट आएको छ, कार्यक्रममा मात्र भनिएको छ– गरिनेछ । यस्तै हो भने केही दिनपछि मरिनेछ भनेर लेख्नुपर्छ ।’
उनले नेपाल सरकारको अकर्मण्यता दोस्रो विश्वयुद्ध पहिलेको बेलायती प्रधानमन्त्रीसँग तुलना गरे ।
‘यो सरकारको अकर्मण्या त्यस्तै छ, जस्तो दोस्रो विश्वयुद्धको समयमा प्रधानमन्त्री नेबिल चेम्बरलाइनलाई हटाउन उनकै पार्टीका लर्ड एमेरी र विन्स्टन चर्चिलले उठेर भन्नुपएको थियो– इनअफ, इनअफ । हामीमाथि दया गर त्यो कुर्सी छाडिदेऊ,’ सांसद गिरीले भने, ‘प्रधानमन्त्रीको तथाकथित देशभक्तिमा मलाई शंका छैन, उहाँको वचन र राष्ट्रवादका अनुसार जनसेना बनाएर प्रचण्डसँग हातमा हात मिलाएर चीन र भारतलाई सबक सिकाउन बेर छैन । तर आज समस्या छ भोकमरीको, जनता बाँचेर बलियाबांगा भए भने अमरसिंह थापा जसरी खुकुरी चम्काएर सतलज पुगेका थिए, त्यसै गरौंला अहिले विदेशमा अलपत्रलाई ल्याउन आँट देखाउनुस् ।’
उनले राष्ट्रपतिलाई सबैको साझा बन्न सुझाव दिए । ‘सरकारले समस्या समाधान गर्दैन भने ठाउँ छाडोस्, म द्वितिय विश्वयुद्धको चर्चिल बोल्दैछु ।
अन्यथा प्रधानमन्त्रीले सीमामा र विदेशी भूमिमा अलपत्रलाई भन्न सक्नुपर्छ, मसँग दिनका लागि केही छैन । हामी केहीदिन दुःख पाएर बसौं, प्रधानमन्त्रीले झुठो ललिपप दिने होइन ।’
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...