×

NMB BANK
NIC ASIA

वुहानमा अक्टोबर महिनामै मानिसहरू बिरामी परेको खुलासा

जेठ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनको वुहान शहरमा सन् २०१९ को अक्टोबर महिनामै एक खेल प्रतियोगितामा भाग लिएका खेलाडीहरू बिरामी परेको खुलासा भएको छ । चीनले डिसेम्बर महिनामा मात्र कोरोनाभाइरसको नयाँ स्ट्रेन देखिएको र मानिसबाट

Muktinath Bank

मानिसमा सर्ने गरेको भनी निकै पछि मात्र स्वीकार गरेको भए पनि त्यसभन्दा दुई महिनाअगावै त्यो देखिएको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अक्टोबर महिनामा वर्ल्ड मिलिटरी गेम्स प्रतियोगितामा १०० भन्दा बढी देशका लगभग १० हजार प्रतियोगीले भाग लिएका थिए । 


Advertisment
Nabil box
Kumari

जर्मनीको भलीबल टोलीकी खेलाडी ज्याकलिन बोकले वुहानमा आफू र आफ्ना साथीलाई कोभिड–१९ लागेको बताइन् । 

Vianet communication
Laxmi Bank

‘केही दिनपछि मेरो टोलीका केही खेलाडीहरू बिरामी परे,’ उनले भनिन् । ‘म अन्तिम दुई दिनमा बिरामी परें ।’

उनी देश फर्केपछि उनका पिता पनि बिरामी परे । 

‘मलाई यसअघि यस्तो गाह्रो कहिले पनि भएको थिएन । कि त त्यो कडा रुघा थियो कि त कोभिड–१९ थियो ।’

अनि फ्रान्सको पेन्टाथलिट खेलाडी एलोडी क्लाउभेलले पनि उनी र उनका पार्टनर भ्यालेन्टिन बेलाउदलाई उक्त प्रतियोगितामा नै भाइरस संक्रमण भएको बताइन् । इटलीका फेन्सिङ खेलाडी म्यात्तियो ताग्लिआरिओलले वुहानमा रहेको अपार्टमेन्टमा सबैजना कोभिड–१९ कै जस्तो लक्षण देखिएर बिरामी परेको बताए । पछि त्यो संक्रमण उनको छोरो र प्रेमिकामा पनि सरेको थियो । 

बेलायतको डेली मेल पत्रिकाको मेल अन सन्डेले उक्त प्रतियोगितामा भाग लिएका अन्य खेलाडीसँग पनि सम्पर्क गरेको थियो । तीमध्ये केहीले कुनै टिप्पणी नगर्नू भनी आफूहरूलाई बताइएको जानकारी दिए । 

लक्जेम्बर्गका ट्रायथलिट ओलिभर गोर्जेजले आफू रुघा जस्तो लक्षणका साथ बिरामी परेको र यसै हप्ता एन्टीबडी परीक्षण गर्न लागेको बताए । आफूलाई त्यतिबेला कोरोनाभाइरस लागेको थियो कि भनी उनी जाँच्न खोज्दैछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x