×

NMB BANK
NIC ASIA

भारतमा मजदूरको पीडाको प्रतिनिधित्व गर्छ यस तस्वीरले, गुमाए छोरो

जेठ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

दिल्लीको एक सडक किनारामा बसेर रोइरहेका रामपुकार पण्डितको तस्वीरले भारतमा मजदूरको पीडाको प्रतिनिधित्व गरेको छ । बिहारका पण्डित छोरो मर्नुअघि उससँग भेट्न नपाएपछि रोएका थिए ।  

Sagarmatha Cement
Muktinath Bank

‘हामी मजदूरहरूको कुनै जीवन छैन । हामीहरू चक्काको दाँत जस्ता मात्र हौं । जीवन नटुंगिउन्जेल हामी घुमेको घुम्यै गर्छौं,’ ३८ वर्षीय पण्डितले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिल्लीमा बनिरहेको एक सिनेमाघरमा मजदूरी गरिरहेका ृनी निजामुद्दीन पुलको छेउमा फोनमा बोल्दै रोइरहेको अवस्थामा तस्वीर खिचिएको थियो । प्रेस ट्रस्ट अफ इन्डियाका फोटोग्राफर अतुल यादवले गत सोमवार यो तस्वीर खिचेका थिए । 


Advertisment
Nabil box
Kumari

१२ सय किलोमिटर पर रहेको बेगुसराइ पुग्नका लागि संघर्ष गरेका यी मजदूरको शक्तिशाली तस्वीरलाई विभिन्न मिडियामा व्यापक शेयर गरिएको थियो । सहायता नआइपुगुन्जेल तीन दिनसम्म उनी त्यहीँ अड्किएका थिए । 

Vianet communication
Laxmi Bank

तस्वीर खिचिएको बेलामा उनी छोरोलाई समयमै देख्न नपाउने हो कि भनी पीर गरिरहेका थिए । फोटो खिचेको केही समयपछि उनको छोरोको मृत्यु भयो । छोरो एक वर्ष पनि पुगेको थिएन । 

‘मैले प्रहरीलाई घर जान दिनुस् भनेको थिएँ तर कसैले पनि सहायता गरेन,’ उनले पीटीआईलाई फोनमा बताए । ‘एउटा प्रहरीले त यस्तोसम्म भने– तिमी घर गयौ भने तिम्रो छोरो फेरि बाँच्छ र ? अहिले लकडाउन छ, तिमी हिँडडुल गर्न मिल्दैन ।’

दिल्लीकी एक महिला र एक फोटोग्राफरले आफ्नो उद्धार गरेको उनले बताए । ‘एक पत्रकारले मलाई किन यति धेरै चिन्तित भनी सोधे र मलाई आफ्नो कारमा राखेर लैजान खोजे । तर प्रहरीले उनलाई त्यसो गर्ने अनुमति दिएन । महिलाले मलाई खानेकुरा, ५५ सय भारु दिइन् अनि विशेष ट्रेनमा मेरो टिकट काटिदिइन् । यसरी म घर आउन सकें ।’

‘धनीले सबै किसिमका सहायता पाउँछन्, उद्धार गरिन्छन् र विदेशमा विमानमा राखेर ल्याइन्छन् । हामी जस्ता गरीब प्रवासी मजदूरहरूले आफ्नो बन्दोबस्त आफैं गर्नुपर्छ । हाम्रो जीवनको मूल्य यत्ति नै छ,’ उनले भने । ‘हामी मजदूरहरूको कुनै देश हुँदैन ।’

पण्डितका तीन छोरी पनि छन् । उनले आफ्नो छोरोको नाम रामप्रवेश राखेका थिए । ‘कुनै पनि बुवाले आफ्नो छोरोको मृत्युको शोक परिवारसँग मनाउन घर जान चाहँदैन होला र ?’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x